• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सिंहदरबारभित्र सफाइ र क्षतिको विवरण संकलन सुरु

    39
    SHARES

    काठमाडौँ । हालै भएको ‘जेन-जी’ आन्दोलनका क्रममा तोडफोड र आगजनीले क्षतिग्रस्त बनेको सिंहदरबारभित्र सफाइ तथा क्षतिको विवरण संकलन सुरु गरिएको छ। शनिबार कर्मचारीहरू आ-आफ्नो मन्त्रालयमा पुगेर सरसफाइमा लागेका छन् भने महत्वपूर्ण फाइल र सामानहरू सुरक्षित गर्ने काम पनि थालिएको छ।

    आन्दोलनका कारण सिंहदरबारभित्रका विभिन्न मन्त्रालयका परिसरमा रहेका सवारीसाधनहरू समेत ध्वस्त भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आगजनीबाट क्षति पुगेपछि त्यसलाई गृह मन्त्रालयको नवनिर्मित भवनमा सारिएको छ।

    सिंहदरबारबाहिर रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भवन पनि आगजनीले पूर्णरूपमा जलेको छ। प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र अर्थ मन्त्रालय लगायतका भवनमा क्षति पुगेको छ।

    यसैगरी, शिक्षा, सामान्य प्रशासन, स्वास्थ्य, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्र मा पनि ठूलो क्षति भएको बताइएको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ