• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    काठमाडौंका एसएसपी जिम्मेवारीबाट हटाइएर थापालाई पठाइयो

    421
    SHARES

    काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुख फेरिएका छन् । गृह मन्त्रालयले जिल्ला प्रहरी परिसर, काठमाडौका एसएसपी विश्वराज अधिकारीलाई हटाएर उनको ठाउँमा एसएसपी रमेश थापालाई पठाइएको छ । थापा हाल प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत् थिए ।

    उनीले यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीको कमाण्ड समेत गरिसकेका छन् । २३ भदौको जेनजी प्रदर्शनमा प्रहरीले व्यापक बल प्रयोग गर्दा स्थिति नियन्त्रणबाहिर गएको थियो ।

    भोलिपल्ट प्रदर्शनकारी संसद् भवन प्रवेश गरेका थिए, तोडफोड र आगजनी गरेका थिए । पछि सिंहदरबारसहित महत्वपूर्ण संरचनाहरुमा समेत तोडफोड र आगजनी भएको थियो ।

    जेनजी प्रदर्शनको सुरक्षामा प्रहरीबाट गम्भीर चुक भएको विश्लेषण त्यही दिन गरिएका थिए । अधिकारीलाई भने प्रहरी प्रधान कार्यालयमा तानिएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ