• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा, प्रत्येकका परिवारलाई १० लाख राहत

    197
    SHARES

    काठमाडौं । जेनजी युवाको आन्दोलनमा मृत्यु भएकाहरुलाई सरकारले शहीद घोषणा गरी प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने भएको छ ।

    आज पदभार ग्रहण गरेकी प्रधानमन्त्री सुशीला कार्कीले यही निर्णयमा हस्ताक्षर गरेको मुख्य सचिव एकनारायण अर्यालले जानकारी दिए ।उनका अनुसार नयाँ सरकारलाई सरकारी सेवा प्रवाह चुनौतीका रूपमा रहेको छ ।

    ‘धेरैजसो सरकारी कार्यालयहरू अधिकांश ड्यामेज भएको अवस्था छ’, मुख्यसचिव अर्यालले भने, ‘बजेट र प्राथमिकताका आधारमा पुननिर्माणको आवश्यकता छ । मन्त्रालय, अदालत, सिडिओ कार्यालयहरू तोडफोड र आगजनी भएका छन् ।’

    उनले आगजनी र तोडफोड हुन बाँकी रहेका कार्यालयबाट सेवा प्रवाह गर्नुपर्ने भन्दै त्यसका लागि काययोजना बनाएर अघि बढ्नुपर्ने अवस्था रहेको बताए । त्यस्तै उनले सुरक्षा र कर्मचारीको मनोबल उच्च बनाएर काम गर्नुपर्ने अहिलेको आवश्यकता रहेको जोड दिएका छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ