• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    दशैंको अग्रिम टिकट बुकिङ खोल्न आज यातायात मन्त्रालयमा छलफल

    227
    SHARES

    काठमाडौं । दशैंका लागि काठमाडौंबाट घर फर्किनेहरुका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज सरोकारवालाबीच छलफल हुँदै छ ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यातायात व्यवसायी, ट्राफिक प्रहरीका प्रतिनिधि लगायतसँग छलफल गरी अग्रिम टिकट बुकिङ खोल्ने विषयमा छलफल गर्न लागिएको हो ।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज)ले सरकारले दशैंको अग्रिम टिकट बुकिङको विषयमा छलफल गर्न आज दिउँसो बोलाएको बताए ।

    उनका अनुसार जेनजी युवाको प्रदर्शनको क्रममा भएको हिंसा, तोडफोड, आगजनी र लुटपाटपछि लागेको कर्फ्यु हट्दै गए पनि शान्ति सुरक्षाको अवस्थामा यातायात व्यवसायीमा अझै संशय बाँकी नै छ ।

    यदि सुरक्षित र यात्रुमैत्री वातावरणको ग्यारेन्टी भए अग्रिम टिकट बुकिङ खुलाउन यातायात व्यवसायीहरु तयार छन् । यस वर्षको दशैंको टीका असोज १६ गते परेको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ