आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

युद्धको २ महिना नपुग्दै युक्रेनबारे आयो अर्को नमिठो खबर, सबै स्तब्ध

प्रकाशित
9.1K
SHARES

किभ। रुसी सेनाले दोनबासलाई पूर्ण नियन्त्रणमा लिने प्रयास गरिरहेको युक्रेनले बताएको छ। रुसी सेनाले पूर्वीयुक्रेनको दोनबास क्षेत्रमा आक्रमणको लागि पुनः संगठित र अनुसन्धान सञ्चालन गरिरहेको छ,

युक्रेनी सशस्त्र बलहरूले युद्धको ४२औँ दिनमा आफ्नो अपडेटमा भनेको छ।रूसी सेनाको मुख्य प्रयास दोनेत्स्क क्षेत्रमा युक्रेनी फौजको प्रतिरक्षा तोड्नु रहेको पनि अपडेटमा उल्लेख छ। रुसी फौजले उत्तरपूर्वी खार्किभमा निरन्तर गोलाबारी गरिरहेका छन्।

सैन्य कार्गो द्रुत रूपमा सार्न रूसी सेनाहरूले रेलवे लाइनहरू प्रयोग गरिरहेका छन्। हतियार र अन्य उपकरणहरू रूसको बेलगोरोडको भालुयकी स्टेसनबाट उत्तरपूर्वी युक्रेनको कुप्यान्स्क रेलवे स्टेसनमा पुगेको छ।

युक्रेनी सेनाले युक्रेनको दक्षिणमा खेर्सननजिक रहेको ओसोकोरिभकालाई रुसी सेनाबाट फिर्ता लिएको जनाएको छ, यद्यपी यसको स्वतन्त्र पुष्टि हुन बाँकी छ।

रुसले युक्रेनमा आक्रमण थालेको दोस्रो महिनामा प्रवेश गरेको छ। शान्तिवार्ता जारी रहेता पनि युद्ध भने रोकिएको छैन। पश्चिमा राष्ट्रहरुले युक्रेनलाई हतियारहरु सहयोग गरिरहेका छन्।

यस क्रममा अमेरिकी सेनाले रुसी सेनालाई एन्टी–ट्यांक ड्रोन चलाउन सिकाइरहेको छ।अमेरिकी रक्षा अधिकारीहरुका अनुसार अमेरिकी एडभान्स एन्टी–ट्यांक स्विचब्लेड ड्रोन चलाउन युक्रेनी सेनाहरुलाई प्रशिक्षण दिन जारी राखिएको छ।

यो ड्रोन बम रुसी ट्यांकलाई ध्वस्त बनाउन प्रयोग गरिनेछ। युक्रेनी सेनाको लागि यो ड्रोन हतियार नयाँ हो। अमेरिकाले १६ मार्चमा युक्रेनलाई सयभन्दा बढी स्विचब्लेड ड्रोन पठाउने जानकारी दिएको थियो।

युक्रेनलाई ट्यांक पठाउने नेटोको पहिलो सदस्य मुलुक चेक गणतन्त्र बनेको छ । उसले राष्ट्रपति भालोदीमीर जेलेन्स्कीको अनुरोधमा टी–७२ र सशस्त्र वाहनहरू पठाएको हो । युक्रेनमा नेटोको ईन्ट्री भएसँगै तेस्रो विश्वयुद्ध हुने नै भयो भन्दै विश्लेषण हुन थालेका छन् ।

बीभीपी–१ इन्फान्ट्री फाइटिङ भेहिकल, हावित्जर आर्टिलरी पीस र एक दर्जनभन्दा बढी टी–७२ ट्यांकहरू मंगलवार युक्रेन जाने मालवाहक ट्रेनमा राखिएको हो ।

नेटोका साझेदार मुलुकहरूले युक्रेनलाई उपहार दिने सहमति जनाएपछि यो ट्यांक दिइएको बताइएको छ । एक महिनासम्म तटस्थ बसेपछि अब नेटो रुसविरुद्धको युद्धमा होमिने डर उत्पन्न भएको छ ।

नेटो मुलुकहरूले युक्रेनलाई एन्टी ट्यांक र एन्टी क्राफ्ट क्षेप्यास्त्रका साथै ससाना हतियार र रक्षात्मक उपकरण उपलब्ध गराएका छन् । तर उनीहरूले भारी हतियार वा लडाकू विमान दिएका छैनन् ।

स्लोभाकियाले पनि युक्रेनको सैन्य उपकरणलाई मर्मत र रिफिटिङ गर्ने विषयमा सहयोग दिन विचार गरिरहेको छ । जर्मनीले दर्जनौं इन्फान्ट्री फाइटिङ भेहिकल युक्रेन पठाउने भएको छ र बेलायतले २० वटा एम्बुलेन्स दिने भएको छ । –एजेन्सी

तेस्तै, संयुक्त राष्ट्रसंघको महासभामा रुसलाई मानव अधिकार परिषदबाट हटाउने विषयमा बिहीबार मतदान हुँदै छ।अमेरिकी प्रस्तावमा रुसलाई मानव अधिकार परिषदबाट हटाउने विषयमा मतदान हुन लागेको हो।

बीबीसीका अनुसार ४७ मुलुक सदस्य रहेको मानव अधिकार परिषदबाट कुनै मुलुकलाई हटाउन दुई तिहाइ बहुमत आवश्यक हुन्छ।यसमा मतदानमा सहभागी नहुने मुलुकको पनि गणना हुन्छ।

पश्श्चििमा मुलुकले १९३ सदस्य रहेको महासभामा यो प्रस्ताव पारित हुन सक्ने बताएका छन्।रोयटर्सका अनुसार सन् २०११ मा लिबियामा प्रदर्शनकारीमाथि तत्कालीन तानाशाह मुआमार गद्दाफीको सेनाले,

गरेको हिंसापछि लिबियालाई मानव अधिकार परिषदबाट हटाइएको थियो। रुसले युक्रेनमा आक्रमण गरेयता अमेरिका र पश्चिमा राष्ट्रहरु रुसविरुद्ध आक्रमक देखिँदै आएका छन्।

तेस्तै, युक्रेनको बुचा सहरमा हालसम्म ४ सय भन्दा बढी सर्वसाधारणको शव भेटिएको युक्रेन सरकारले जनाएको छ।पछिल्लो समय रुसी र युक्रेनी अधिकारीबीचको शान्तिवार्तामा रुसले आक्रमण कम गर्ने वाचा गरेको थियो।

यतिबेला रुसी सेना राजधानी किभबाट फिर्ता गइरहँदा सयौं सर्वसाधारणको शव भेटिरहेको छ।अधिकाँश सर्वसाधारणको हाँत बाँधिएको र टाउकोमा गोली लागेको पाइएको छ। हालसम्म ४१० को शव भेटिएको जनाइएको छ।

मस्कोले युद्ध अपराध गरेको युक्रेनी अधिकारीहरूले बताउँदै आएका थिए। हालको घटनालाई नरसंहारको संज्ञा दिइएको छ।रुसले गरेको यस युद्ध अपराधको विश्वभरबाट विरोध भइरहेको छ।

यतिबेला बुचा क्षेत्रमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पुगेको बीबीसीले जनाएको छ। उनले पीडितका परिवार भेटिरहेका छन्। तर, ती घटनाहरूमा आफ्नो संलग्नता नभएको रुसी सेनाले बताउँदै आएको छ।

रुसी रक्षा मन्त्रालयले एक विज्ञप्तिमा जारी गर्दै युक्रेनी अधिकारीहरूले सार्वजनिक गरेका सबै तस्बीर र भिडियो उत्तेजना फैलाउने खालका भएका र बुचामा कुनै पनि बासिन्दाले रुसी सेनाको हातबाट हिंसा भोग्नु नपरेको दाबी गरेको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ