बिबिसी। कंगोस्थित संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा खटिएका नेपाली सेनाका ७२ जना सिपाहीले दोहोरो गोली हानाहानमा परि ज्यान गुमाएका छन्। यस्तै एक जना नेपाली सैनिकको मंगलबार मृत्यु भयो, मृत्यु हुनेमा सुर्खेतको गुर्माकोट–१४ का सिपाही अनिल गुरुङ रहेका छन्।
कंगोको विद्रोही समूहले चलाएको गोली लागि उनको मृत्यु भएको हो। नेपाली सेनाका प्रवक्ता सहायक रथि नारायण सिलवालका अनुसार गुरुङ्गको मृत्युसँगै राष्ट्रसंघको शान्ति मिसनमा खटिने क्रममा वीरगती प्राप्त गर्ने नेपाली सैनिकको संख्या ७२ पुगेको हो।
नेपाल सन् १९५५ मा राष्ट्रसंघको संघको सदस्य भएपछि त्यसको चार वर्ष बित्न नपाउँदै शान्ति सैनिक पठाउन थालेको हो। नेपालले पहिलो पटक सन् १९५८ मा सैन्य पर्यवेक्षकको रुपमा पाँच जना सैनिकलाई लेबनानमा पठाएको थियो।
नेपालले राष्ट्रसंघको शान्ति मिसनमा शान्ति सेना पठाउन थालेको ६४ वर्ष पुगेको छ। यो अवधिमा १ लाख ४० हजार २०२ जना नेपाली शान्ति सैनिक राष्ट्रसंघीय मिसनमा खटिएका छन्, जसमध्ये ७२ जनाको शान्तिस्थापनाका क्रममा ज्यान गुमाएका हुन्।
नेपालले हालसम्म राष्ट्रसंघका ४३ वटा मिसनमा आफ्ना सैनिक पठाइसकेको छ। अहिले राष्ट्रसंघको शान्ति मिसनमा सबैभन्दा बढी सैनिक पठाउने राष्ट्रको सूचीमा नेपाल दोस्रो नम्बरमा रहेको सेनाले जनाएको छ।
‘नेपाली सेनाले जहिले पनि चुनौतीलाई स्वीकार गर्दै कठिन अपरेशनमा भाग लिएको छ। यस सिलसिलामा आजसम्म ७२ जना सैनिकले वीरगती प्राप्त गरेका छन् भने ६६ जना अपाङ्ग भएका छन्,’ नेपाली सेनाका प्रवत्ता सिलवालले जानकारी दिए।
हाल विश्वका ११ देशका रहेका १२ वटा राष्ट्रसंघीय शान्ति मिसनमा करिव ५ हजार ५ सय नेपाली सेना खटिएको उनले जनाए । खटिने सैनिकमा २५० जना महिला सैनिक रहेका छन्।
अहिले सिरिया, वेस्टर्न सहारा, माली, कंगो, सेन्ट्रल अफ्रिकन रिपब्लिक, लेबनान, इराक, लिविया, इजरायल, यमन, सुडान र दक्षिण सुडानमा रहेका शान्ति मिसनमा नेपाली सेना खटिएका छन्।
सिरियामा ४११, वेस्टर्न सहारामा ३, मालीमा १७५, कंगोमा १ हजार १५४, सेन्ट्रल अफ्रिकन रिपब्लिकमा ७५६, लेबनानमा ८७२, इराकमा ७७, लिवियामा २३५, इजरायलमा ३, सुडानमा २१ र दक्षिण सुडानमा १ हजार ७५२ जना।
सैनिक हाल तैनाथ रहेको प्रवक्ता सिलवालले जनाए। यसको अलवामा हाल राष्ट्रसंघको शान्ति मिसनमा नेपालको तर्फबाट १९६ जना सशस्त्र प्रहरी र ३७ जना नेपाल प्रहरी खटिएका छन्।
त्यस्तै, रुसले युक्रेनमा आक्रमण थालेको दोस्रो महिनामा प्रवेश गरेको छ। शान्तिवार्ता जारी रहेता पनि युद्ध भने रोकिएको छैन। पश्चिमा राष्ट्रहरुले युक्रेनलाई हतियारहरु सहयोग गरिरहेका छन्।
यस क्रममा अमेरिकी सेनाले रुसी सेनालाई एन्टी–ट्यांक ड्रोन चलाउन सिकाइरहेको छ।अमेरिकी रक्षा अधिकारीहरुका अनुसार अमेरिकी एडभान्स एन्टी–ट्यांक स्विचब्लेड ड्रोन चलाउन युक्रेनी सेनाहरुलाई प्रशिक्षण दिन जारी राखिएको छ।
यो ड्रोन बम रुसी ट्यांकलाई ध्वस्त बनाउन प्रयोग गरिनेछ।युक्रेनी सेनाको लागि यो ड्रोन हतियार नयाँ हो। अमेरिकाले १६ मार्चमा युक्रेनलाई सयभन्दा बढी स्विचब्लेड ड्रोन पठाउने जानकारी दिएको थियो।
तेस्तै, युक्रेनमाथि आक्रमणको जवाफस्वरूप अमेरिकाले बुधबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकी छोरी मारिया भोरोन्तोभा र कातेरिना तिखोनोभामाथि प्रतिबन्ध लगाएको छ।
पुटिनकी छोरीबाहेक अमेरिकाले प्रधानमन्त्री मिखाइल मिसुस्तिन, रुसी विदेशमन्त्री सर्गेई लाभरोभकी श्रीमती तथा छोराछोरी र पूर्वराष्ट्रपति तथा पूर्वप्रधानमन्त्री दिमित्री मेदभेदेवलगायत रुसको सुरक्षा परिषद्का सदस्यलाई पनि निशाना बनाएको छ।
अमेरिकाले रुसी वित्तीय संस्थाहरुमाथि पनि उत्तिकै कडाइ गरेको छ।प्रतिबन्धसँगै पुटिनका परिवारका सबै नजिकका सदस्यहरू अमेरिकी वित्तीय प्रणालीबाट अलग हुनेछन्। अमेरिकामा रहेको उनीहरूको सम्पत्ति रोक्का हुनेछ।
रुसी राष्ट्रपतिका छोरीहरु ३७ वर्षीया मारिया भोरोन्तोभा र ३५ वर्षीया कतरिना तिखोनोभा पूर्वपत्नी ल्युडमिला पुटिनातर्फ जन्मिएका हुन् । त्यसो त पुटिनका छोरीहरूबारे थोरै मात्र जानाकारी सार्वजनिक हुने गरेको छ ।
उनीहरूको विवरण प्रायः गोप्य राखिन्छ ।मारियाको जन्म सन् १९८५ मा सेन्ट पिटर्सबर्गमा भएको हो। अर्को वर्ष, कतरिनाको जन्म भएको थियो। कतरिनाको जन्मको समयमा पुटिको परिवार जर्मनीमा थिय।
त्यतिबेल पुटिन रूसको गुप्तचर सेवा केजीबीमा विदेशी गुप्तचर अधिकारीकोरूपमा कार्यरत थिए। पुटिनको पुटिनासँग सन् २०१३ मा सम्बन्ध विच्छेद भएको थियो।
मारियाले सेन्ट पिटर्सबर्ग स्टेट युनिभर्सिटीबाट जीवविज्ञानमा स्नातक र २०११ मा मस्को स्टेट युनिभर्सिटीबाट जीवविज्ञानमा स्नातकोत्तर गरेकी थिइन्। रिपोर्टअनुसार उनी बाल चिकित्सक हुन्।
मारिया र उनको डच व्यापारी श्रीमान जोरिट फासेनबीच गत महिना सम्बन्ध विच्छेद भएको बताइन्छ।अर्कोतर्फ कतरिना मस्को स्टेट युनिभर्सिटीको इन्स्टिच्युट फर म्याथेमेटिकल रिसर्च अन कम्प्लेक्स सिस्टम्सकी उपनिर्देशक हुन।
उनी विगतमा एक्रोबेटिक डान्सर पनि थिइन्। उनको व्यक्तिगत जीवन धेरै हदसम्म गोप्य छ। यी सबै घटनाक्रमका विच रुसी सेनाले पूर्वीयुक्रेनको दोनबास र दोनेत्स्क क्षेत्र पूर्ण नियन्त्रणमा लिने प्रयास गरिरहेको युक्रेनले बताएको छ।
सी सेनाले पूर्वीयुक्रेनको दोनबास क्षेत्रमा आक्रमणको लागि पुनः संगठित र अनुसन्धान सञ्चालन गरिरहेको छ’, युक्रेनी सशस्त्र बलहरूले युद्धको ४२औँ दिनमा आफ्नो अपडेटमा भनेको छ।
रूसी सेनाको मुख्य प्रयास दोनेत्स्क क्षेत्रमा युक्रेनी फौजको प्रतिरक्षा तोड्नु रहेको पनि अपडेटमा उल्लेख छ। रुसी फौजले उत्तरपूर्वी खार्किभमा निरन्तर गोलाबारी गरिरहेका छन्।
सैन्य कार्गो द्रुत रूपमा सार्न रूसी सेनाहरूले रेलवे लाइनहरू प्रयोग गरिरहेका छन्। हतियार र अन्य उपकरणहरू रूसको बेलगोरोडको भालुयकी स्टेसनबाट उत्तरपूर्वी युक्रेनको कुप्यान्स्क रेलवे स्टेसनमा पुगेको छ।
प्रतिक्रिया