आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

रातमा दम्पत्ति अलग्गै सुत्नू, चुम्बन पनि नगर्नू भन्दै सडकमा उत्रिए चिनियाँ स्वास्थ्यकर्मी

प्रकाशित
357
SHARES

सांघाइ। कोभिड–१९ का कारण लकडाउनमा परेको सांघाईका स्थानीय बासिन्दा निकै कष्टकर जीवन बिताइरहेका छन्। सांघाई कोभिड १९ को हटस्पट बनेको छ।

प्रतिबन्धको समयमा सहरका सर्वसाधारणले झेल्नु परेका समस्या र उनीहरूलाई दिइएका निर्देशनका झलकहरू सामाजिक सञ्जालहरूमा पोष्ट हुन थालेका छन्। कतिपय पोस्ट भाइरल बनेका छन्।

सांघाई कोभिड १९ को हटस्पट बनेको छ। पछिल्लो केही दिनयता दैनिक संक्रमितको संख्यामा कमी आए पनि अन्य देशको तुलनामा संक्रमण दर उच्च छ। सहरका २ करोड ६० लाख मानिसहरूलाई घरभित्रै बस्न भनिएको छ।

सांघाईका बासिन्दाहरूले पोस्ट गरेका भिडियोहरूमा ड्रोनहरूले सूचना दिएको देखिन्छ। ड्रोनहरू आकाशमा देखा परेपछि बासिन्दाहरू आफ्नो बार्दली बाहिर निक्लिएर आपूर्तिको अभावमा विरोध गरेका देखिन्छन्।

चीनको सामाजिक सञ्जाल विबोमा पहिलो पटक सेयर गरिएको सो भिडियोलाई पछि ट्विटरमा राखिएको थियो।ड्रोनहरूले मानिसहरूलाई कोभिड प्रतिबन्ध पालना गर्न र ‘स्वतन्त्रताको लागि आफ्नो इच्छालाई नियन्त्रण गर्न’ निर्देशन दिएका छन्।

मानिसहरूलाई झ्याल नखोल्न र गीत नगाउन भनिएको छ।यस्तै अर्को भिडियोमा स्वास्थ्यकर्मीहरूले सांघाईको सडकमा सार्वजनिक घोषणा गर्न मेगाफोन प्रयोग गरेका देखिन्छन्।

आज रातिदेखि जोडीहरू छुट्टै सुत्नु पर्छ। चुम्बन गर्नु हुँदैन। अंगालो हाल्न अनुमति छैन। छुट्टै खाना खानु पर्छ। तपाईंको सहयोगका लागि धन्यवाद’, स्वास्थ्य कार्यकर्ताहरूले स्थानीय बासिन्दाहरूलाई भने। एनडीटीभी

तेस्तै, जर्मनीमा एक ६१ वर्षीय पुरुषले आफ्नो शरीरमा कोभिडको ९० डोज लगाएको बताएका छन्। खोप लगाउन नचाहने मानिसहरूलाई खोप प्रमाणपत्र बेचेर पैसा कमाउन सकियोस् भनेर उनले खोप लगाएको बताइएको छ।

नाम सार्वजनिक नगरिएका पूर्वीजर्मनीको म्याक्डेबर्गका ती व्यक्तिले यसै महिनाको सुरुमा पक्राउ पर्नुअघि पूर्वीराज्य स्याक्सोनका विभिन्न खोप केन्द्रहरूमा पुगेर ९० पटक खोप लगाएका थिए।

खोप लगाउन आग्रह गर्दै लगातार दोस्रो दिन स्याक्सनीको आइलेनबर्गमा रहेको खोप केन्द्रमा पुग्दा अन्ततः उनका क्रियाकलाप ‘एक्सपोज’ भएका थिए।

खोप लगाउन नचाहने व्यक्तिहरूलाई वास्तविक खोप ब्याच नम्बरसहितको नक्कली खोप कार्डहरू बेच्न उनले बारम्बार कोभिड १९ का खोपहरू लगाइरहेका थिए।

फ्रि प्रेस पत्रिकाका अनुसार ६१ वर्षीय ती वृद्धाले दिनमा तीनपटकसम्म खोप लगाएका थिए। स्याक्सोनी राज्यमा मात्र उनले कोभिडविरुद्ध ८७ पटक खोप लगाएका थिए।

फरक फरक ब्रान्डका ९० डोज खोप लगाउँदा उनलाई कस्तो असर रह्यो भन्नेबारेमा केही प्रष्ट पारिएको छैन। खोप लगाउन जाँदा उनले हरेक पटक आफ्नो साथमा नयाँ, खाली खोप कागजात लैजाने गर्थे।

खोप लगाएपछि उनले ब्याच नम्बरहरूको जानकारीसहितका पृष्ठहरू हटाएर खोप नलगाइ खोपको प्रमाणपत्र देखाउन चाहने व्यक्तिहरूलाई बेचिदिएका थिए।

खोप अपोइन्टमेन्टका लागि उनले आफ्नो नाम र जन्ममिति प्रयोग गरेर दर्ता गर्थे। तर अपोइन्टमेन्टहरूमा कहिल्यै आफ्नो स्वास्थ्य वीमा कार्ड प्रस्तुत गरेनन्, जसका कारण उनीतर्फ शंकाको सुई तेर्सिएको थियो।

तेस्तै, संयुक्त राष्ट्रसंघको महासभामा रुसलाई मानव अधिकार परिषदबाट हटाउने विषयमा बिहीबार मतदान हुँदै छ। अमेरिकी प्रस्तावमा रुसलाई मानव अधिकार परिषदबाट हटाउने विषयमा मतदान हुन लागेको हो।

बीबीसीका अनुसार ४७ मुलुक सदस्य रहेको मानव अधिकार परिषदबाट कुनै मुलुकलाई हटाउन दुई तिहाइ बहुमत आवश्यक हुन्छ। यसमा मतदानमा सहभागी नहुने मुलुकको पनि गणना हुन्छ।

पश्श्चििमा मुलुकले १९३ सदस्य रहेको महासभामा यो प्रस्ताव पारित हुन सक्ने बताएका छन्। रोयटर्सका अनुसार सन् २०११ मा लिबियामा प्रदर्शनकारीमाथि तत्कालीन तानाशाह मुआमार गद्दाफीको सेनाले गरेको हिंसापछि लिबियालाई मानव अधिकार परिषदबाट हटाइएको थियो।

रुसले युक्रेनमा आक्रमण गरेयता अमेरिका र पश्चिमा राष्ट्रहरु रुसविरुद्ध आक्रमक देखिँदै आएका छन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ