आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भर्खरै युक्रेनको सैनिक मुख्यालयमा रुसको मिसाइल हमला, ४० कमाण्डरको मृत्यु

प्रकाशित
6.4K
SHARES

काठमाडौँ। युक्रेनको सैनिक मुख्यालयमा रुसी सेनाले मिसाइल हमला गरेको छ। युक्रेनले रुसको बेल्गोरोदस्थित डिपोमा हमला गरेसँगै रुसी सैनिकले युक्रेनमा हमलालाई तेज बनाएको छ। रुसको यो शहर युक्रेन सीमाबाट ३० किलोमिटर नजिक छ।

रुसी सेनाले युक्रेनको राजधानी किएभमा रहेको कमाण्ड फोर्सको अखडामा शक्तिशाही क्रुज मिसाइलबाट हमला गरेको हो। रुसी रक्षा मन्त्रालयले हमलामा परी युक्रेनका ४० सैनिकको ज्यान गएको दाबी गरेको छ।

उक्त स्थानमा युक्रेनी कमाण्ड फोर्सका कमाण्डरले रुसविरुद्ध योजना बनाइरहेका थिए। किएभमा रहेका भारतीय पत्रकार गौरव सावंतका अनुसार रुस र युक्रेनबीच वार्ता वा कुटनीतिक रुपमा शान्ति कायम गर्न नसके किएभ लगायतका क्षेत्रमा अबको केही हप्तामा भिषण हमला हुनेछ।

वार्तापछि रुसले हमला घटाउँदै केही क्षेत्रबाट पछि हटेपनि युक्रेनले हमला जारी राखेको छ। युद्धलाई झनै चर्काउन युक्रेनले रुसी तेल डिपोमा हमला गरेको छ। यसले बार्ताको माध्यमबाट शान्ति कायम गर्न चाहेपनि यो युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नेटोसँग थप हतियार मागेका छन्।

जेलेन्स्कीको यो भनाईसँगै रुसले खार्किवमा पनि हमला गरेको छ। ग्यास लाइनमा आगो लागेको छ। युक्रेनको पछिल्लो कदम उसैको लागि घातक हुने भारतीय सैन्य विज्ञहरुको विश्लेषण छ।

उनीहरुले राष्ट्रपति जेलेन्स्की युद्ध छोड्याउने वा शान्ति कायम गरेर देश र जनतालाई जोगाउने भन पनि पश्चिमा देशहरुको स्वार्थमा काम गरिरहेको रक्षा विज्ञहरु बताउँछन।

वार्तापछि पत्रकार राजेश पावरका अनुसार रुसीले सेना मरियोपोल लगायतका क्षेत्रमा हमला कम गरेको बेला रुसी भूमिमाथि युक्रेनको हमलाले झन् युद्ध चर्किन सक्ने बताउँछन् । उनले युक्रेनले रुसी भूमिमा हमला गरेन् भन्न पनि गारो हुन सक्ने बताए।

पत्रकार गिता मोहनका अनुसार मारियोपोलको ७० प्रतिशत भूभाग रुसी सैनिकको नियन्त्रणमा रहेको बताउँछिन्। उनले युक्रेनी सैनिकको घेरा साँधुरो हुँदै गएको छ। तर, रुसी हमलाको हमलाको सापना गरिरहेका छन्।

यसैबीच रुसी विदेशमन्त्री विदेशमन्त्रीको भारत भ्रमण परिणामुखी हुने अपेक्षा गरिउको छ। नेपाल युक्रेनको पक्षमा उभिएपनि अहिलेसम्म भारत कुनै पक्षमा खुलेको छैन। यो कारणले गर्दा अमेरिका भारत संग आक्रोसित बनेको छ।

भारतले रुससँगको लामो सैन्य र राजनीतिक सम्बन्ध तोड्न नसक्ने भारतीय रक्षा विज्ञहरुको भनाई छ। यसैबीच चीनले युक्रेन यु’द्धको मुख्य दोषी नेटो रहेको बताएको छ। चिनियाँ अधिकारीहरुले नेटोले युक्रेनका राष्ट्रपतिलाई उक्साई रहेको दाबी गरेका छन्।

तेस्तै,रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमरिकी डलरमा आफ्नो कारोबार नगर्ने निर्णय गरेका छन् । पुटिनले युरोपमा अबदेखि आफ्नै देशको मुद्रा रुबोलमा मात्रै कारोबार गर्ने निर्णय गरेका छन्।

पुटिनको यो निर्णयसँगै अब यूरोपमा रुबोलमा मात्रै इन्धनको कारोबार हुनेछ। युरोपमा ग्यासको मूल्य बढ्ने बताइएको छ । पुटिनले डलरलाई असुरक्षित मुद्रा भएको बताएका छन्। युरोपमा रुसले ग्यास नपठाउने बित्तिकै ठूलो हाहाकार हुनेछ।

विश्वकै धेरै इन्धनको सबैभन्दा बढी धनी देश रुसको यो निर्णयसँगै युरोपलाई ठूलो झट्का लागेको छ। अब ग्यासको मूल्य तिर्न युरोपेली देशहरुले पहिला डलरलाई रुसी मुद्रा रुबलमा बदल्नु पर्नेछ।

अमेरिका र युरोपेली देशहरुले रुसलाई बैंकिङ चेनबाट रुसी मुद्रालाई प्रतिबन्ध लगाएको थिए। त्यसैको जवाफमा पुटिनले यो निर्णय गरेको बताइएको छ ।युक्रेन– रुस युद्धलाई थप भड्काउन अमेरिकी राष्ट्रपति जो बाइडन पश्चिम भ्रमण निस्केका छन्।

उनले रुस र युक्रेन सीमासँग जोडिएको पोल्याण्ड पुगे। उनले रुसको चर्को विरोध गर्दै युक्रेनको प्रसंशा गरे। नेटो देशको बैठकमा सहभागी हुन बाइडन बेल्जियम पुगेका छन्। आज नेटो देशको बैठक छ।

सो बैठकले रुसमाथि थप प्रतिबन्ध लगाउने बताइएको छ। त्यस्तै नेटाले युक्रेनमा शान्ति सेना पठाउने समेत बताइएको छ। यदि युक्रेनको सेना पठाएर सहयोग गरेमा त्यसको मूल्य महंगो पर्ने पुटिनले चेतावनी दिएका छन्।

यसअघि नै पुटिनले आफ्नो परमाणु अस्त्रलाई तयारीमा अबस्थामा राख्न आदेश दिइसकेका छन्। अमेरिकी राष्ट्रपतिको अभिव्यक्ति र भ्रमण रुसलाई थप उत्तेजित पार्ने नियत रहेको पत्रकार राजेश पावर बताउँछन्।

रुसलाई उत्तेजित बनाउने नेटो सेनाको लडाकु विमान पोल्याण्डनको सीमा क्षेत्रमा उडान भरेको छ। आज रुसले युक्रेनमाथि हमला गरेको २९ दिन भएको छ। रुसी सेनाले राजधानी किभलाई घेराउलाई साँघुरो बनाउँदै लगेको छ भने अन्य शहरहरु करिब करिब नियन्त्रणमा दिइसकेको छ।

त्यहाँ फाटफुट झडप भइरहेको विवरण आइरहेका छन्। केही क्षेत्रमा अझै युक्रेनी सेनाको उपस्थिति रहेको छ, त्यस्ता क्षेत्रमा रुसी सेनाले हवाई हमला गरिरहेको छ। रुसले मानव करिडोर बनाएर हमला जारी राखेको छ। मानव करिडोरमा हमला गरेको छैन।

युद्धमा फसेका नागरिकलाई रुसी सैनिकले बाहिर निकालेर रुस पठाएको छ। रुसी सेनाले २० हजार युक्रेनीलाई रुस पठाएको बताइएको छ। फसेका नागरिकको लागि रुसी सैनिकहरुले आफै खाना र पानी पनि पुर्याइरहेका छन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ