आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पाकिस्तानमा अमेरिका र रूसको भिडन्त, भारतमा समेत तरङ्ग

प्रकाशित
685
SHARES

एजेन्सी। पाकिस्तानको बिषयलाई लिएर रुस र अमेरिकाको वाकयुद्ध चलेको छ। रुसले अमेरिकाले पाकिस्तानको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने मात्र नभई ‘जिद्दी’ इमरान खानलाई पाठ सिकाउने प्रयास गरेको बताएको छ।

रुसी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पाकिस्तानमा हालैका राजनीतिक घटनाक्रमबारे यस्ता धेरै कुराहरु विस्तृत रुपमा भनिएको छ जसले कूटनीतिक वृत्तमा ठूलो हलचल ल्याउन सक्छन्।

सोमबार साँझ जारी विज्ञप्तिमा रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले भनिन्, पाकिस्तानका राष्ट्रपति डा। आरिफ अल्वीले प्रधानमन्त्री इमरान खानको सल्लाहमा अप्रिल ३ मा देशको नेशनल एसेम्बली विघटन गरेका थिए र त्यसअघि जे भयो ती कुराहरू रूसको जानकारीमा छन्।

विज्ञप्तिमा थप भनिएको छ, यस वर्षको फेब्रुअरी २३ र २४ मा प्रधानमन्त्री इमरान खानको मस्को भ्रमणको घोषणा हुनेबित्तिकै अमेरिका र पश्चिममा रहेका उसका सहयोगीहरूले प्रधानमन्त्रीमाथि अभद्र तरिकाले आफ्नो भ्रमण रद्द गर्न अनावश्यक दबाब दिन थालेका थिए।

तर यसका बाबजुद पनि उनी हामीकहाँ आएपछि अमेरिकी विदेश मन्त्रालयका दक्षिण एसियाका लागि विदेश मन्त्रालयका उपसचिव डोनाल्ड लुले वासिङ्टनका लागि पाकिस्तानी राजदूतलाई बोलाएर इमरान खानको मस्को भ्रमण तत्काल रद्द गर्न माग गरे, जसलाई अस्वीकार गरियो।

पाकिस्तानी समाचार मिडियाका अनुसार, यस वर्ष मार्च ठ मा पाकिस्तानी राजदूत असद माजिदसँगको कुराकानीमा, एक उच्च श्रेणीका अमेरिकी अधिकारीले सम्भवतः उही डोनाल्ड लु युक्रेनको घटनाक्रममा पाकिस्तानको सन्तुलित प्रतिक्रियाको कडा आलोचना गरे।

रुसको विदेश मन्त्रालयको सोही वक्तव्यमा यो पनि दावी गरिइको छ कि सोही भेटमा अमेरिकी अधिकारीले पाकिस्तानी राजदूतलाई इमरान खानलाई सत्ताबाट हटाएपछि मात्रै अमेरिकासँगको साझेदारी सम्भव हुने दाबी गरेक थिए ।

त्यसपछिको अवस्थाले अमेरिकाले ‘जिद्दी’ इमरान खानलाई पाठ सिकाउने निर्णय गरेको हो भन्ने कुरामा कुनै शङ्का छैन। त्यसपछि इमरान खानको पार्टीका केही नेताहरू अचानक विपक्षीहरूसँग मिले र सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याइयो ।

जसमा अप्रिल ३ मा मतदान हुने थियो। आफ्नो स्वार्थ पूरा गर्न स्वतन्त्र देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने यो अमेरिकाको अर्को निर्लज्ज प्रयास हो। त्यहाँ रहेका तथ्यहरूले यसको स्पष्ट प्रमाण दिन्छन्।

पाकिस्तानका प्रधानमन्त्री आफैंले बारम्बार भनेका थिए कि विदेशबाट उनी विरुद्ध षड्यन्त्र भएको थियो र यसका लागि पैसा पनि बाहिरबाट आएको थियो। नेशनल एसेम्बली विघटन भएको ९० दिनभित्र निर्वाचन हुनेछ।

र हामी आशा गर्छौं कि पाकिस्तानी मतदातालाई यी अवस्थाबारे जानकारी गराइनेछ।रुसी विदेश मन्त्रालयको विज्ञप्तिमा अमेरिकी अधिकारी डोनाल्ड लुको उल्लेख गरिएको छ, पाकिस्तानको राजनीतिमा पछिल्लो समय उनको नाम बारम्बार चर्चामा छ।

द्दड मार्चमा, इमरान खानले एक ¥यालीमा उनको सरकारलाई पतन गर्न विदेशी सहयोगमा षड्यन्त्र रचिएको बावी गर्दै आफूसँग यसको प्रमाण पनि भएको दावी गरेका थिए ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार इमरान खानले जुन प्रमाणको कुरा गरेका थिए त्यो एक कूटनैतिक पत्र थियो। पाकिस्तानी अखबार डनको रिपोर्टका अनुसार यो डिप्लोमेटिक केबल मार्च ७ मा पठाइएको थियो।

र त्यसको एक दिनपछि विपक्षीले नेशनल एसेम्बलीमा इमरान खान सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका थिए। त्यसपछि अमेरिकाका लागि तत्कालीन पाकिस्तानी राजदूत असद माजिदले अमेरिकी विदेश मन्त्रालयका,

अधिकारी डोनाल्ड लुसँग भेटेपछि यो केबल पठाएको खुलासा भएको थियो। अहिले असद माजिदलाई ब्रसेल्स पठाइएको छ भने उनको ठाउँमा मसूद खानलाई अमेरिकामा पठइएको छ।

यसैबीच अमेरिकी विदेश मन्त्रालयले पाकिस्तानको वर्तमान राजनीतिक अवस्थाका सम्बन्धमा आफ्नो तर्फबाट वा अन्य कुनै सरकारी निकायबाट कुनै पनि प्रकारको कूटनीतिक केबल नपठाएको स्पष्ट पारेको छ।

हालै, एक पत्रकारले डोनाल्ड लुलाई पाकिस्तानको बारेमा सीधा प्रश्न सोध्दा, उनले मात्र यति भने कि हामी पाकिस्तानको घटनाक्रममा नजर राखिरहेका छौं। हामी पाकिस्तानको संवैधानिक प्रक्रिया र कानूनको शासनको सम्मान गर्छौं।

इमरान खानले २४ फेब्रुअरीमा मस्को भ्रमणका क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेका थिए। यो दिन राष्ट्रपति पुटिनले युक्रेन विरुद्ध विशेष सैन्य अभियान’ लाई अनुमोदन गरे।

इमरान खान विगत २३ वर्षमा रुस भ्रमण गर्ने पहिलो पाकिस्तानी प्रधानमन्त्री हुन्। यसअघि नवाज सरिफले सन् १९९९ मा रुसको भ्रमण गरेका थिए।मार्चमा नै युक्रेनमा रुसको आक्रमण रोक्न संयुक्त राष्ट्रसंघको महासभामा प्रस्ताव पेश हुँदा पाकिस्तान मतदानमा अनुपस्थित थियो।

युक्रेनको मुद्दामा पाकिस्तानको आधिकारिक अडान दुवै देशले आपसी विवाद वार्ता र कूटनीतिबाट समाधान गर्नुपर्छ भन्ने रहेको छ। अमेरिकाले पाकिस्तानमा हात हालेपछि एसियन देशहरमा रडाको मचिएको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ