आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चीनले ताइवानमाथि आक्रमण गर्ने मिति तोकियो, विश्वभर उथलपुथल

प्रकाशित
10.6K
SHARES

वासिङ्टन। अमेरिकी नौसेनाको ‘प्यासिफिक फ्लिट’का कमान्डरले चीनले कहिले ताइवानमाथि आक्रमण गर्छ भनेर मिति नै तोकिदिएका छन्।नौसेनाको ‘प्यासिफिक फ्लिट’का कमान्डरले गोप्य सूचना पाएको भन्दै पेन्टागन लाई रिपोर्टिंग गरेको जनाइएको छ।

यस्तो खुलासा गरेपछि अनुमान सहजै गर्न सकिने बताएका छन्। उनले युक्रेनमाथि रुसको आक्रमणबाट पनि बेइजिङले पाठ सिक्ने बताए। एड्मिरल स्यामुएल पापारोले ताइवानमाथि चीनको आक्रमणको समय अप्रत्याशित हुने भएकाले निरन्तर चनाखो रहनुपर्ने बताए।

गतवर्ष इन्डो–प्यासिफिक कमान्डका पूर्वप्रमुख फिलिप डेविडसनले चीनले आगामी ६ वर्षभित्र ताइवानमा आक्रमण गर्ने’ दाबी गरेका थिए। एड्मिरल पापारोले भने त्यसरी समयसीमा तोक्न नसकिने बताए।

मलाई लाग्छ, बलपूर्वक एकीकरणको सम्भावित समय अत्यन्तै अप्रत्याशित हुन्छ, पापारोले वासिङ्टनमा पत्रकारहरुसँग भने । बेइजिङको निर्णयलाई अनेक जटिल पक्षहरुले प्रभावित तुल्याउने उनको भनाइ थियो।

ताइवान र मुख्यभूमि चीनमा १९४९ देखि नै अलगअलग शासन सञ्चालन हुँदै आएको छ। बेइजिङले भने ताइवानलाई आफ्नै भूमि मान्छ। रुसले युक्रेनमाथि आक्रमण गरेसँगै ताइवानमा पनि चीनले आक्रमण गर्न सक्ने अनुमान गर्न थालिएको थियो।

तेस्तै, रूसी विदेश मन्त्री सर्जेई लाभरोभ चीन पुगेका छन्। रूसी विदेश मन्त्रालयका अनुसार लाभरोभ बुधबार चीनको आन्हुई प्रान्तको तुन्सी पुगेका हुन्।तुन्सीमा चिनियाँ विदेश मन्त्री वाङ यीले अफगानिस्तानमा मानवीय सहायतासम्बन्धी छिमेकी मुलुकहरूको सम्मेलन आयोजना गरेका छन्।

ग्लोबल टाइम्सका अनुसार अप्रिल ३० र ३१ मा हुने उक्त सम्मेलनमा पाकिस्तान, इरान, रूस, ताजिकस्तान, तुर्कमेनिस्तान र उज्वेकस्तानका विदेश मन्त्री सहभागी हुनेछन्। तालिबानका कार्यवाहक विदेश मन्त्री पनि सम्लेनमा सहभागी हुने बताइएको छ।

गत साता चिनियाँ विदेश मन्त्री यीले अचानक काबुलको भ्रमण गरेका थिए। चीन पुगेका रूसी विदेश मन्त्री लाभरोभ शुक्रबार बेइजिङ हुँदै यता भारतको नयाँदिल्ली आइपुग्ने भारतीय समाचार पत्र द हिन्दुले उल्लेख गरेको छ।

दिल्लीमा हुँदा लाभरोभले महत्वपूर्ण राजनीतिक भेटघाट गर्ने छन्। रूसले छिमेकी युक्रेनमाथि आक्रमण गरेको एक महिना नाघेको छ। संसारभरिबाट युक्रेनमाथि रूसी आक्रमणको विरोध भइरहँदा भारत र चीनले भने मौनता साँधेका छन्।

संयुक्त राष्ट्रसंघमा भएका विभिन्न मतदानमा चीन रूसको पक्षमा उभिएको छ भने भारत तटस्थ बस्दै आएको छ। सीमामा तनाव भए पनि भारत र चीनले युक्रेनमाथि रूसी आक्रमणबारे उस्ताउस्तै धारणा राखेका छन्।

यस्तो बेला एकैपटक दुई देशमा हुन लागेको रूसी विदेश मन्त्रीको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ। यसअघि गत बिहीबार चिनियाँ विदेश मन्त्री यी र भारतीय समकक्षी एस जयशंकरबीच नयाँदिल्लीमा तीन घन्टासम्म कुरा भएको थियो।

विश्वका २० शक्तिशाली राष्ट्रको समूह जी–२० बाट रुसलाई निस्कासित गर्न पश्चिमा राष्ट्रहरुले तयारी थालेका छन्। तर चीनले भने पश्चिमा राष्ट्रको त्यस्तो तयारीको विरोध गरेको छ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता वांग वेनबिनले बुधबार भनेका छन्,‘जी–२० बाट कसैलाई पनि कसैले निस्कासित गर्ने अधिकार राख्दैनन्।’रोयटर्सका अनुसार जी–२० बाट रुसलाई हटाउन अमेरिकासहितका पश्चिमा राष्ट्रले परामर्श थालेका छन्।

जी–२० विश्वको सबैभन्दा बढी अर्थव्यवस्था भएका राष्ट्रको समूह हो। यसको उद्देश्य विश्वलाई प्रभावित गर्ने वैश्विक अर्थव्यवस्था, जलवायु परिवर्तन र विकासका काममा मिलेर अगाडि बढ्नु हो।

यदी रुसलाई जी–२० बाट हटाइए रुसले ठूलो आर्थिक प्रतिबन्धहरु झेल्नसक्छ। यद्यपी भारत, चीन र साउदी अरबजस्ता राष्ट्रले त्यसो हुन नदिन भिटो शक्तिको प्रयोग गर्नसक्छन्। किनभने युक्रेनलाई रुसले आक्रमण गरिरहँदा यी राष्ट्रले रुसको आलोचना गरेका छैनन्।

भने रुसमाथि कुनै किसिमको प्रतिबन्ध पनि लगाएका छैनन्।यस्तै यता रुसले अतिक्रमण गरेको एक महिना पुग्नै लाग्दा युक्रेनी सेनाले कतिपय ठाउँमा सफलतापूर्वक प्रत्याक्रमण गरिरहेको अमेरिकाले बताएको छ।

युक्रेनी सेनाले खासगरि दक्षिणी भेगमा त्यस्ता कारबाही गरिरहेको पेन्टागनले जनाएको छ। अमेरिकी रक्षा मन्त्रालयका अनुसार अतिक्रमणकारी रुसी सेनाको कब्जामा पुगेका केही भूभागमा पुनः नियन्त्रण कायम गर्नेगरी युक्रेनी सेनाले सफलतापूर्वक कारबाही गरिरहेको छ।

पेन्टागनका प्रवक्ता जोन कर्बीले युक्रेनीहरू खासगरि दक्षिणी भूभागका केही क्षेत्रमा प्रत्याक्रमणमा उत्रिएको बताएका छन्।राजधानी किएभस्थित बीबीसी सम्वाददाता लीज डुसेटले अतिक्रमण सुरु हुँदाताका पूर्णतः रक्षात्मक अवस्थामा रहेका युक्रेनीहरू अहिले ठाउँठाउँमा प्रत्याक्रमणमा उत्रिएको बताइन्।

“क्राइमियाको सबभन्दा नजिक रहेको र रुसी कब्जामा गएको खेअरसन सहरलाई आफ्नो नियन्त्रणमा लिन युक्रेनीहरू प्रयत्नरत रहेका छन्,“ उनले बताइन्।
दक्षिणको अर्को सहर भोज्नेसेन्स्कमा स्थानीय नागरिक तथा युक्रेनी सेनाले रुसी ट्याङ्कको एक लहरलाई नै ध्वस्त पारेर सहरमा आक्रमण गर्न खोज्ने रुसी सेनालाई पछि हट्न बाध्य पारेका छन्।

राजधानी किएभको पश्चिममा रहेको माकारिभ नगरमा फेरि युक्रेनी झन्डा फहराइएको विवरण आएका छन्। तर दक्षिणी बन्दरगाह सहर मारिओपोलमा भने सहरको केन्द्रमै चर्को लडाइँ भइरहेका छन्।

त्यहाँ रुसी बमबारी रोकिएको छैन। युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले मारिओपोल सहर नै अब बाँकी नरहेको समेत बताएका छन्।

युक्रेनकी उपप्रधानमन्त्रीले इरिना भेरेस्चुकले ६ दिन अगाडि बमबारीमा परेको थिएटरमा फसिरहेको ठानिएका सयौँ मानिसलाई उद्धार गर्नबाट अझैपनि उद्धारकर्मीहरूलाई रोकिएको बताएकी छन्।

कम्तीमा एक लाख मानिस मारिओपोल सहरबाट भाग्न खोजिरहेको र उनीहरू खाना र पानीको अभावबाट गुज्रिरहेको उनले बताइन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ