आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

…त्यसपछि एमालेसँग एकता गर्ने झलनाथ खनालको घोषणा

प्रकाशित
877
SHARES

काठमाडौं। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेकपा एमालेसँग एकता गर्ने घोषणा गरेका छन् तर एउटा शर्तमा। नेता खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षबाट राजीनामा दिएपछि मात्रै एकता गर्ने घोषणा गरेका हुन्।

दाङमा जिल्ला स्तरीय कार्यकर्ता प्रशिक्षणमा बोल्दै उनले स्थानीय तह निर्वाचनमा एमाले पराजित भएपछि ओलीले राजीनामा दिने र त्यसपछि मात्रै एकता हुने बताए।

उनले भने, ‘स्थानीय तहको चुनावमा चारैतिरबाट हारेपछि एमाले अध्यक्ष ओलीले राजीनामा दिन्छन् र ओलीले राजीनामा दिएपछि एमालेसहितका वामपन्थी दलबिच पार्टी एकता हुन्छ।

स्थानीय निर्वाचनमा एमालेलाई देशभरिबाटै बढार्नुपर्ने उल्लेख गर्दै खनालले संविधान च्यात्ने र संसद् विघटन गर्ने केपी ओली र उनको समूहलाई स्थानीय चुनावको बाकस खालि गराएर जनताले सजाय दिनुपर्छ भने।

उनले एमालेलाई औपचारिक र अनौपचारिक रूपमा दक्षिणपन्थीहरूसँग मिलेर साँठगाँठ र तालमेल गर्न खोजेको आरोप पनि लगाए। सबैदल मिलेर आउदो चुनावमा एमाले पत्तासफा बनाउने रणनीति बनाएका छन्।

एमालेले राप्रपाका दाहिने र देब्रे समुहसंग चुनावी तालमेल गरेर दरबारियाहरुसँग मिलेर जनताको अभिमतविरुद्ध जाने खोजेको उल्लेख गर्दै खनालले लोसपा र सिके राउतसँगको समूहसँग चुनावी तालमेल गर्न ओलीले वार्ता टोली नै बनाएको बताए।

तेस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि गठबन्धन फुटाउने चेतावनी दिएका छन्। भरतपुरमा रेणु दाहाललाई मेयर नदिए गठबन्धन तोड्न सक्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चेतावनी दिएका हुन्।

भरतपुरमा मेयरको टिकट माओवादी केन्द्रलाई नदिए गठबन्धन तोड्न सक्ने प्रचण्डको भनाईलाई उदृत गर्दै माओवादीका एक नेताले भने। उनले कांग्रेसले नछोडे एमालेसँग मिलेर भएपनि भरतपुरमा मेयर उठेरै छाड्ने बताए।

चितवन कांग्रेसको आइतबार बसेको जिल्ला कार्य समितिको बैठकले भरतपुरमा मेयर नपाए एकल रूपमै चुनावमा जाने घोषणा गरिसकेको छ।सोही कुरालाई लिएर प्रचण्ड यति बेला गठबन्धन तोड्न पनि पछि नहटने मुडमा पुगेको ती नेताले बताए।

कांग्रेस लचिलो भएन भने गठबन्धन दुर्घटनामा जान सक्ने ती नेताको भनाई छ। अहिले महानगरको मेयर माओवादी केन्द्रकी रेणु दाहाल रहेकी छन्। दाहाललाई मेयर बनाउन २०७४ सालमा कांग्रेसले नै सहयोग गरेको थियो।

कांग्रेससँग तालमेल गरेरै दाहालले चुनाब जितेकी थिइन्। अघिल्लो स्थानीय चुनावमा मनोनयन फिर्ता लिने दिनमा तालमेल घोषणा भएको थियो। पहिलेका चुनावहरूको नतिजाको आधारमा तुलनात्मक रूपमा वाम घटकभन्दा भरतपुरमा कांग्रेस बलियो मानिन्छ।

तर बलियो भए पनि मेयर पद छाडेका कारण त्यस बेलादेखि चुलिएको असन्तुष्टि अझै कायम छ। त्यसैले यस पटक कुनै पनि हालतमा कांग्रेस मेयरको पद छोड्ने पक्षमा छैन। भरतपुरमा माओवादी केन्द्र र कांग्रेस मध्य कसले मार्ला बाजी त्यो भने त्यो भने समयले देखाउला नै।

यतिबेला स्थानिय तहको चुनावका लागि दलहरु तालमेल देखि चुनावी प्रचारप्रसारका लागि अहोरात्र खटिन थालेका छन् । प्रमुख दलहरु एउटाबाट अर्कोमा नेताकार्यकर्ताहरु प्रवेश गर्नेको लहर नै चलेको हो ।

यसैबीच बालकोटमा तनाव हुने खबर बाहिरिएको छ । नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य नै माधव कुमार नेपाल नेतृत्वको नेकपा एसमा हुईकिएका हुन्। नेकपा एमालेका पूर्वकेन्द्रीय सदस्य एवं पूर्व ताप्लेजुङ जिल्ला इन्चार्ज भाष्कर काफ्ले नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्।

एमालेले लोकतान्त्रिक मूल्यमान्यता त्यागेको र पार्टीभित्र केपी शर्मा ओलीको अधिनायकवाद हाबी भएको भन्दै काफ्लेले एमाले त्यागेको घोषणा गरेका छन्। पार्टीभित्र आन्तरिक एकताका लागि गरिएको प्रयत्न सफल नभएकाले नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेको उनले बताए।

एमालेभित्रै रहेर यसलाई लोकतान्त्रिक पार्टी बनाउन कोसिस गरियो तर चितवन महाधिवेशनबाट ओलीले पार्टीलाई अधिनायकवादतिर लगे ।जनवर्गीय संगठनमा पनि चुनाव हुन नदिई खल्तीबाट नाम झिकेर पढ्न थालेपछि एमाले कम्युनिष्ट आन्दोलनका लागि अयोग्य भयो भन्ने निष्कर्षका साथ नयाँ यात्रामा लागेको छु, काफ्लेले भने।

एमाले विभाजनका बेला सनाखतमा अनुपस्थित भएर १० बुँदे पक्षधर बन्दै काफ्ले समाजवादीमा लागेका थिएनन् । एकीकृत समाजवादीले उनलाई पोलिटब्यूरो सदस्यको जिम्मेवारी दिने निर्णय गरिसकेको छ ।

झापा क्षेत्र नम्बर २ का काफ्लेले आगामि निर्वाचनमा ओलीविरुद्ध चुनाव लड्ने घोषणा समेत गरेका छन् । ‘झापामा केपी ओली जुन क्षेत्रबाट चुनाव लडेपनि उनीविरुद्ध उभिने संकल्प गरेको छु, काफ्लेले भने ।

यता पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले के भने ? नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले स्थानीय चुनावबारे दलहरूसँग परामर्श नगरेको बताएका छन्। आयोग सत्तारूढ गठबन्धनको दबाबमा रहेको पनि ओलीको भनाइ छ ।

आज काठमाडौंमा पार्टी पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मतपत्रमा हुने दलहरूको चुनावी चिन्हको रङ बदल्दा सत्तागठबन्धनसँग छलफल भए पनि अरू दलसँग आयोगले परामर्श नगरेको दाबी गरेका छन्।

आयोगले दलहरूसँग परामर्श गरेको छैन। मतपत्रको रङ बदल्दा सत्तागठबन्धनसँग छुट्टै छलफल भएको छ। भित्रभित्र रङ बदलेर हरियो रूख किन राख्नुपर्थ्यो। सकेदेखि अरू पनि हरियो बनाउन पर्थ्यो। सूर्य कसरी हरियो हुन्छ,’ उनले भने, हामीलाई रातो सूर्य देऊ न त।

सरकारले आयोगसँग छलफल गरेर मतपत्रमा हुने चिन्हको रङ हरियो बनाएको दाबी ओलीको थियो। उनले यसपालि चुनावमा मतपेटिका आफूहरूकै वरपर हुनुपर्ने बताएका छन्।‘यसपल्ट मतपेटिका हाम्रो आँखाबाट पर हुँदैन। हाम्रो आँखा अगाडि मतपेटिका हुनुपर्छ।

उनले भने, ‘यसपल्ट मतपेटिका मत गनेर नसकिँदासम्म छोड्ने होइन। पहिले सुनसरी ३ मा यस्तै भएको छ। सजगता अपनाउनुपर्छ।’ उनले पार्टी प्रवेशको लहर नै चलेको बताए। उनले केही मुद्दा सर्वोच्चमा रहे पनि एमालेले कुनै पनि दबाब नदिने बताए।

हामी अहिलेको गठबन्धनले जस्तो अदालतलाई प्रहार गर्दैनौं, उनले भने, ‘सर्वोच्च साँच्चिकै सम्मानित हुन सकोस्। यो स्वच्छ थलोका रूपमा आम जनताले सम्मान गर्न पाउन भन्ने चाहन्छौं।

प्रतिक्रिया

आजको ट्रेन्डिङ