आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

देउवाको मुड अफ गराउने प्रचण्डको त्यो कल, गठबन्धनमा भूकम्प

प्रकाशित
756
SHARES

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि गठबन्धन तोड्ने चेतावनी दिन थालेका छन्। प्रचण्डले चितवनको भरतपुर महानगरपालिकाको बिषयलाई लिएर गठबन्धनभित्र भाडभैलो मच्चाउन थालेका हुन्।

भरतपुरमा विशेषगरी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आफूखुशी चुनावी अभियान सुरु गरिसकेका छन्।प्रधानमन्त्री  देउवालाई दवाबमा राखन प्रचण्डले त्यो रणनीति अपनाएको बुझिएको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेनु दाहाल फेरि एकपटक मेयर बन्ने दाउमा रहेकी र नेपाली कांग्रेसले पनि कुनै पनि हालतमा आफूहरुले भरतपुरमा छाड्न नसक्ने अडान लिएपछि यो महानगरपालिका अहिले विशेष चासोको रुपमा हेरिएको छ।

भरतपुर कांग्रेसले नै भरतपुरमा कांग्रेसलाई नछाड्ने हो भने तालमेल नगर्ने भनेर औपचारिक निर्णय नै गरेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई फोन गरेका छन्।

उनले देउवासँग भने, भरतपुरमा कांग्रेसको जिल्ला समितिले कुनै पनि हालतमा नछाड्ने भनेर निर्णय नै गरिसकेको रहेछ, तपाईले केन्द्रबाट त्यसैअनुसारको दबाब दिनुपर्यो।

माओवादीले भरतपुर महानगरको टिकट नपाउने हो भने त हामी कांग्रेससँग गठबन्धन गर्दैनौँ । जवाफमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवाले आफूले साथिहरुको चित्त बुझाउने काम गरिरहेको र अहिले नै चुनावी तालमेल भत्काउने कुरा नगर्न भनेका थिए।

उनीहरुबीच स्थानीय तहसहित संघीय चुनावमा समेत केन्द्रबाटै उम्मेदवारी बाँडफाँड हुनुपर्ने र केन्द्रबाटै हस्तक्षेप हुनुपर्ने भन्नेबारेसमेत कुराकानी भएको स्रोतले जनाएको छ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवालाई फोन गरेलगत्तै कांग्रेसले तत्काल उम्मेदवार तय नगर्न भन्दै नयाँ सर्कुलरसमेत जारी गरेको छ। कांग्रेसले सबै जिल्ला समितिलाई अहिले नै उम्मेदवारको टुंगो नलगाउन सर्कुलर गरेको हो।

कांग्रेसले केन्द्रीय तहमा सत्ता साझेदार दलबीच गठबन्धनको मोडालिटी बन्दै गरेका कारण तत्काल उम्मेदवार नतोक्न जिल्ला समितिलाई निर्देशन दिएको हो।

केन्द्रमा तालमेलको मोडालिटी बन्दै छ, अहिले नै उम्मेदवार तय गर्दा तालमेलमा असर पर्न सक्छ, त्यही कारण केन्द्रबाट निर्देशन नुहँदासम्म प्रमुख उपप्रमुख नतोक्न भनिएको हो, कांग्रेस स्रोतले भन्यो।

तेस्तै, सत्ता गठबन्धनका कारण नेपाली कांग्रेसको केन्द्रीय विवाद सरुवा हुन थालेको छ। आसन्न चुनावमा तालमेल गर्न नहुने मत राख्दै आएको कांग्रेसभित्रको शेखर कोइराला पक्ष तल्लो तहसम्म पुगेको छ।

सत्ता गठबन्धनलाई लिएर कांग्रेसको केन्द्रीय विवाद तल्ला तहमा पुग्दा थप चर्किन थालेको छ। काँग्रेस केन्द्रीय कमिटीको निर्णयविपरित शेखर कोइराला समूहका नेता–कार्यकर्ता गठबन्धनविरुद्ध बोल्न थालेपछि जिल्ला तहमा विवाद बढेको हो।

संस्थापन निकट केही नेताले त गठबन्धनविरुद्ध बोल्ने कोइराला पक्षका नेता–कार्यकर्तालाई पार्टी छोड्न चुनौतीसमेत दिएका छन्। काङ्ग्रेस हेटौंडा उपमहानगर समितिले हिजो आयोजना गरेको बृहत कार्यकर्ता भेलामा बागमती प्रदेश समितिको सभापतिसमेत रहेका संस्थापनपक्षीय नेता,

इन्द्रबहादुर बानियाँले गठबन्धनको विपक्षमा नबोल्न चेतावनी दिँदै अन्यथा पार्टी छोडेर जान सुझाए ।बानियाँले पार्टी छोडेर अन्तै जान ठाडो चेतावनी दिएपछि भेलामा सहभागी मकवानपुरका कांग्रेसी कार्यकर्तामा सन्नाटा छाएको थियो।

कम्युनिष्टको लालकिल्ला मानिएको मकवानपुरमा पछिल्लो समय काङ्ग्रेस तुलनात्मक रुपमा बलियो बनेको भनिएका बेला प्रदेश सभापतिले नै खुलेआम कार्यकर्तालाई पार्टी छोड्न चेतावनी दिएपछि चुनावी परिणामसमेत प्रभावित हुनसक्ने बताउन थालिएको छ।

स्वर्गमा इन्द्र गर्जंदा पानी पर्छ,यता इन्द्र गर्जंदा काङ्ग्रेसमा खडेरी लाग्ने भो!’, बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडा उपमहानगरमा नेपाली काङ्ग्रेस बलियो शक्तिका रुपमा स्थापित छ।

तर,बानियाँले गठबन्धनका नाममा अमूक दललाई काखी च्यापेर आफ्नै कार्यकर्ता चिढ्याएको आरोप कांग्रेसीहरुको छ ।स्वर्गमा इन्द्र गर्जंदा पानी पर्छ,यता इन्द्र गर्जंदा काङ्ग्रेसमा खडेरी लाग्ने भो!’,एक जिल्ला नेताले कटाक्ष गर्दै भने।

बानियाँले केन्द्रमा प्रकाशमान सिंहको सिको गर्दै हेटौंडा आएर कार्यकर्ताको मनोबल गिराउने मन्तब्य दिएको भन्दै उनले चर्को असन्तुष्टी जनाए। यसअघि बानियाँले नुवाकोटमा पनि त्यस्तै अभिव्यक्ति दिएका थिए।

१४ औँ महाधिवेशनपछि संस्थापनतिर लागेका प्रकाशमानले पनि काठमाडौँको एक कार्यक्रममा पार्टीको निर्णय सबैले मान्नुपर्ने भन्दै अन्यथा छोडेर जान सुझाव दिएका थिए।

प्रतिक्रिया

आजको ट्रेन्डिङ