आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

महन्त ठाकुरको अबस्था गम्भीर, हेलिकोप्टरबाट काठमाडौं ल्याइयो

प्रकाशित
1K
SHARES

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरको स्वास्थ्य अवस्था बिग्रिएपछि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ। उनी पार्टीकोकार्यक्रमका लागि भैरहवामा थिए। स्वास्थ्य अवस्था बिग्रिएपछि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको हो।

अध्यक्ष महन्थ ठाकुर अचानक अस्वस्थ भएपछि उनलाई ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ। पार्टीले आयोजना गरेको कार्यक्रममा सहभागी हुन नवलपरासी र रुपन्देही गएका अध्यक्ष ठाकुर आज अचानक अस्वस्थ भएपछि हेलिकप्टरबाट उनलाई ग्राण्डी अस्पताल ल्याइएको लोसपाका कार्यकारिणी सदस्य अकवाल अहमदले बताए।

अहिले स्वास्थ्य अवस्था सामान्य छ, यहाँका स्थानीय डाक्टरले थप उपचारका लागि काठमाडौँ लग्न भनेपछि हेलिकप्टरबाट ग्राण्डी अस्पताल पठाइएको हो’ उनले भने। अध्यक्ष ठाकुर हिजो नवलपरासीमा आयोजित आमसभालाई सम्बोधन गरेका थिए।

आज रुपन्देहीको भैरहवामा पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी हुने कार्यतालिका थियो तर बिहान चार बजे अचानक स्वास्थ्यमा समस्या देखिएको थियो। अध्यक्ष ठाकुरलाई मुटुसम्बन्धी समस्या छ। उनले नियमित चेकअप गराउन गराइ रहेका थिए।

तेस्तै, निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा चुनावी कार्यक्रमका लागि समय तोकेको छ। आयोगले स्थानीय तह निर्वाचनको सन्दर्भमा मंगलबार एक निर्देशन जारी गर्दै जुलस, प्रचारप्रसासहितका कार्यक्रमका लागि समय तोकेको हो।

आयोगले जारी गरेको निर्देशनको १७ औं नम्बरमा यस्ता कार्यक्रमका लागि विहान ८ बजेदेखि साँझ ७ बजेसम्मका लागि समय तोकिएको हो। जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा प्रचार प्रसारको कार्यक्रम गर्दा विहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्ने।

आयोगले जारी गरेको निर्देशनमा भनिएको छ। त्यस्तै आयोगले अनुमति बिना कार्यक्रम गर्न रोक लगाएको छ। आयोगले स्थानीय तह निर्वाचनको सन्दर्भमा मंगलबार एक निर्देशन जारी गर्दै जुलुस,

आमसभा, कोणसभा, बैठक एवम् भेला गर्नु अघि स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानको बारेमा कम्तीमा ७२ घण्टा अगावै जानकारी गराउनुपर्ने व्यवस्था गरेको हो।

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले अहिलेको पाँंचदलीय गठबन्धन कुहिएको गठबन्धन भएको बताएका छन्। यो गठबन्धन कुहिसकेकाले चाँंडै टुट्ने उनले दाबी गरेका छन्।

जसरी फल कुहिनेवित्तिकै झर्दैन र केही समय लाग्छ, यो गठबन्धनको हालत पनि यस्तै भइसक्यो,’ उनले भने, ‘कुहिएको फल छुट्न थालेसँंगै गठबन्धन छुट्न थाल्छ।’

भक्तपुरको सूर्यविनायक नगरपालिका८ सिपाडोलस्थित शान्ति निकेतन माविको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बुधबार उनले गठबन्धन किन टुट्छ भन्ने विषयमा भने कुनै उल्लेख गरेनन्।

तर पनि निर्वाचनमा संयुक्त उम्मेदवारी दिने बेलामा गठबन्धन टुटने उनको आशय थियो। ओलीले अबको निर्वाचनपछि विकासको लहर सुरु हुने दाबी पनि गरे। चुनावपछि एमाले विजयी हुने र त्यसपछि शिक्षा, स्वास्थ्य सबैमा विकासको लहर चल्ने उनको भनाइ थियो।

विद्यार्थीलाई देशभक्तिबारे अहिलेदेखि नै सिकाउनुपर्ने आवश्यकता रहेको उनले औंल्याए। स्थानीय निर्वाचन आउन लागेको र सबै घोषणापत्र लिएर आउने भन्दै उनले अरुको घोषणापत्र हावाको हुने सुनाए।

मेरो टेम्पो उड्यो भने म तपाईलाई जापान उडाइदिन्छु भन्ने प्रकारको अरुको घोषणापत्र हुन्छ, उनले भने, ‘जबकि न ट्याम्पो उड्छ न त जापान नै जान पाइन्छ।’ एमालेको घोषणापत्र जनतासँंग मिलेर गर्नसक्ने कुराहरू राखेर मात्र बनाइने उनले दाबी गरे।

प्रतिक्रिया

आजको ट्रेन्डिङ