आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

धनगढीबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज अन्तै पुग्यो, कति थिए यात्रु ?

प्रकाशित
485
SHARES

काठमाडौं । धनगढी विमानस्थलबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजमा काठमाडौँ पुगेन तर अन्तरे गएर आकस्मिक अवतरण भयो । यो बुधबारको खबर हो ।

जहाजमा यात्रा गरिरहेका एक यात्रुको स्वास्थ्यमा समस्या देखा परेपछि धनगढी विमानस्थलबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण गर्नु परेको हो ।

बुद्ध एयरका अनुसार धनगढीबाट काठमाडौंका लागि उडेको उडान नम्बर २५२ जहाजमा यात्रुको स्वास्थ्यमा अकस्मात समस्या देखिएको थियो । सो जहाजलाई धनगढीबाट नजिकैको नेपालगञ्ज विमानस्थलमा अवतरण गराइएको छ ।

विमानस्थलमा एम्बुलेन्स र स्वास्थ्यकर्मीको समेत व्यवस्था गरिएको थियो । यात्रुको चेकजाँच र यात्रुले ठिक छ भने पछि बिरामी आफन्तका साथमा बाहिर निस्किएको कम्पनीले जनाएको छ । उतानेपाल एयरलाइन्सको एयरबस आरए-४०० को दुबै टायर पड्किँदा चार दिनदेखि यात्रुहरू बैंककमा अलपत्र परेका छन्।

नेपाल वायुसेवा निगमको कमजोर व्यवस्थापनका कारण एयरबसको टायर समयमै फेर्न नसकेका कारण यात्रुहरू बैंककको सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलनजिक बसिरहेका छन्।

निगम स्रोतका अनुसार शुक्रबार बैंककको स्थानीय समयअनुसार अपराह्न ५ बजे एयरबसको पछाडिका दुबै टायर पड्केका थिए। निगमका एक वरिष्ठ पाइलटका अनुसार जहाजमा १५५ जना यात्रु थिए। जहाज क्याप्टेन प्रशान्त राई र कोपाइलट ग्रीष्म श्रेष्ठले उडाउन लागेका थिए।

तर, जहाज टेकअफ हुन लाग्दा ककपिटमा ‘ब्रेक टेम्प्रेचर हाई’ रहेको म्यासेज आयो। यस्तो अवस्थामा जहाज टेकअफ गर्नु खतरा ठानेर पाइलटले आकस्मिक रूपमा ब्रेक लगाएर जहाजलाई सुरक्षित गराए।

‘टेकअफ गर्नै लागेको जहाजमा बेस्सरी ब्रेक लगाउँदा पछाडिपट्टिका चारमध्ये एक एक वटा टायर पड्किए,’ ती पाइलटले भने। उनका अनुसार ब्रेक सिस्टममा रहेको तेल तीन सय डिग्री भन्दा बढी ताते पाइप नै फुटेर जहाजमा आगो लाग्ने जोखिम हुन्छ।

यसरी, ब्रेक सिस्टम हिट हुँदा चिस्याउने यन्त्र जहाजहरूमा पनि हुन्छ। तर, नेपाल वायुसेवा निगमका एयरबसमा कुनै पनि चिस्याउने उपकरण छैनन्।

‘हिमालय एयरलाइन्सको जहाजमा पनि यस्तो यन्त्र छ, विश्वभरि नै जहाज चिस्याउने यन्त्र हुन्छ। तर यी जहाज खरिद गर्दा यो पाटो हेरेको देखिँदैन,’ ती पाइलटले भने, ‘यो व्यवस्थापन पक्षको गम्भीर लापरबाही हो।’

उड्न लागेको एयरबसलाई पाइलटले बुद्धिमतापूर्वक रोकेर ठूलो जोखिम किनारा लगाएको ती पाइलटले जानकारी दिए। ‘पाइप फुटेर तेल चुहिएको भए आगो लाग्ने सम्भावना अत्यधिक हुन्छ, धन्य धावनमार्गमै जहाजलाई कन्ट्रोल गर्न सकियो,’ उनले भने।

पाङ्ग्रा फेर्न आइतबार राति नै प्राविधिक टोली थाइल्याण्ड पठाइए पनि अहिलेसम्म जहाज तयार भइनसकेको उनले बताए। ‘चार-चार दिनसम्म पाङ्ग्रा फेर्न नपाएर यात्रु अलपत्र पार्नु लापरबाही हो, उनले भने।

उनका अनुसार जहाजको हरेक गन्तव्यमा आकस्मिक रूपमा चाहिने चिजहरू राखिनुपर्ने हो। ‘नेपाल वायुसेवा निगमले त्यतिसम्म गरेको छैन, गाडीमा त एक्स्ट्रा पाङ्ग्रा राखिन्छ, हाम्रो जहाजको अवस्था यस्तो छ, उनले भने।

नेपालबाट पाङ्ग्रा पठाएपछि फेर्न पनि विलम्ब भएको विषय आफूले नै नबुझेको ती पाइलट बताउँछन्। नेपाल वायुसेवा निगमका सहायक प्रवक्ता ज्ञान अर्यालले भन्सार जाँचपासमा ढिलाइ भएका कारण समयमै टायर पठाउन नसकिएको बताए।

विमान उड्ने बाटो: शको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अत्यन्त व्यस्त रहन्छ । यो विमानस्थलमा हरेक दिन पाँच सय वटाभन्दा बढी उडान तथा अवतरण हुने गर्छ । हजारौँ यात्रुलाई पाइलटले विमान उडाएर गन्तव्यसम्म पुर्याउँछन् । ती पाइलटलाई कन्ट्रोल रुममा बसेका एयर ट्राफिक कन्ट्रोलर (एटीसी)ले बाटो देखाउँछन् ।

धेरैलाई लाग्नसक्छ, खुला आकाशमा विमान जता उडाएपनि भइहाल्यो नि ! तर, त्यसरी विमान उडाउन सकिन्न, मिल्दैन । विमानको पनि एउटा निश्चित मार्ग हुन्छ । त्यसैअनुसार उडान गरे मात्र हवाई सेवा सुरक्षित हुन्छ ।

यसरी विमान उड्ने हवाई मार्ग नेपालको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले तय गर्ने गर्छ । हवाई मार्ग कसरी निश्चित गरिन्छ ? त्यो मार्गमा सुरक्षित उडानका लागि पाइलट र एटीसीले कसरी सहकार्य गर्छन् ? काठमाडौँ भित्रिने र यहाँबाट बाहिरिने हवाई मार्ग कति वटा र कस्ता छन् ?

सुरक्षित उडानका लागि अन्य कस्ता उपाय अपनाइन्छन् ? यिनै जिज्ञासाको जवाफ खोज्न हामीले प्राधिकरणका महानिर्देशक राजन पोखरेल, एटीसी ज्ञानेन्द्र भुल, इन्स्ट्रक्टर पाइलट प्रमोद थापा र बुद्ध एयरका अप्रेसन डाइरेक्टर सुवर्ण खरेलसँग कुराकानी गरेका छौँ ।

हवाई मार्गमा पाइलटलाई विमान उडाउन एटीसीले सघाउँछ । गत ६ वर्षदेखि एटीसीका रुपमा कार्यरत ज्ञानेन्द्र भुलका अनुसार प्राधिकरणले निमार्ण गरेको हवाई मार्गका आधारमा एटीसीले पाइलटलाई गाइड गर्दछ ।

उनका अनुसार सामान्यतः हवाई रुट चार प्रकारका हुन्छन् । कन्ट्रोल (एयर वे) रुट, अनकन्ट्रोल रुट र टर्मिनल रुट पर्दछन् । कन्ट्रोल रुट ११ हजार ५ सय फिटभन्दा माथिको उचाइमा हुन्छ । यो रुटमा उडिरहेको विमान पूर्ण रुपमा एटीसीको नियन्त्रणमा हुन्छ । अनकन्ट्रोल रुटमा भने एटीसीको कुनै नियन्त्रण हुँदैन ।

यस प्रकारको रुटमा पाइलटले आफ्नै आँखाले बाहिरी वातावरण हेरेर (भिजुअल फ्लाइट रुलका आधारमा) विमान उडाउँछ । त्यस्तै, एडभाइजरी रुट हुन्छ । यसमा केही स्थानमा एटीसीले नियन्त्रण गर्ने र केही ठाउँमा पाइलटले आफ् नो विवेकले उडान गर्ने गर्छ । यीबाहेक विमानस्थलबाट उडेपछि मुख्य रुट सुरु हुने ठाउँसम्म पु¥याउने र अवतरण गर्दा विमानलाई मुख्य रुट सकिएपछि विमानस्थलसम्म पुग्ने रुटलाई टर्मिनल रुट भनिन्छ ।

नेपालमा रहेका हवाई मार्गलाई विभिन्न नाम दिइएको भुल बताउँछन् । नेपालबाट बाहिर जाने एउटा रुटको नाम हो, लिमा ६२६ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धार्के कम्पलसरी रिपोर्टिङ प्वाइन्ट, भरतपुर, पाल्पा, सुर्खेत, धनगढी हँुदै महेन्द्रनगर (ओनिसा) विन्दुबाट विमान बाहिरिने रुट हो यो । यही रुट हँदै भरतपुर, धनगढी,

महेन्द्रनगर लगायतका विमानस्थलमा आन्तरिक उडान पनि हुने गर्छ । ब्राभो ३४५ रुट भने धार्के रिपोर्टिङ प्वाइन्ट, भरतपुर, मेघौली हुँदै भैरहवा (लुम्बी) विन्दुबाट लखनऊतर्फ जान्छ ।

गल्फ ३३६ रुट गुराँस रिर्पोटिङ प्वाइन्ट, हुँदै सिमरा विन्दुबाट पटना जान प्रयोग गरिन्छ । सिमराबाट गल्फ ३३६ संगै अन्य तीन वटा रुट छन् । ती रुटबाट दिल्ली, लखनऊ, बनारस र कोलकाता जान सकिन्छ ।

रोमियो ३२५ र गल्फ ३३५ रुट इग्रिस कम्पलसरी रिपोर्टिङ प्वाइन्ट हँुदै जनकपुर (जनक) विन्दुुबाट बाहिरिन्छ भने रोमियो ३४४ रुट इग्रिस, आहाले, चुरे हँुदै विराटनगर (विराट) विन्दुबाट दिल्लीतर्फ लाग्छ । गल्फ ३४८ रुट इग्रिस प्वाइन्ट, खिम्ती, फाप्लु, तुमलिङटार, हुँदै मेचीबाट भुटानतर्फ जान्छ भने ब्राभो ३४५ मेचीबाट नुनिम विन्दुबाट ल्हासातर्फ जान्छ ।

नेपालबाट बाहिरने यी सबै मार्गबाट विमानले नेपाल प्रवेश गर्न भने पाउँदैनन् । नेपाल भित्रिने जम्मा दुई वटा मात्र हवाई मार्ग छन् । जसमध्ये एक हो, नुनिम विन्दु हुँदै आउने ब्राभो ३४५ रुट । चीनबाट आउने सबै विमान यही रुटबाट आउँछन् ।

त्यस्तै सिमरा विन्दु हुँदै जाने गल्फ ५९० नेपाल प्रवेशको अर्को रुट हो । पश्चिमबाट आउने सबै विमान यही रुटबाट भित्रिन्छन्। दुवैतर्फबाट आउने विमान गुराँस विन्दुबाट काठमाडौँ छिर्छन्। अन्तर्राष्ट्रिय उडानका लागि तय भएका रुटबाट आन्तरिक उडान पनि गर्न सकिन्छ,

एटीसी भुल भन्छन्, ‘तर ‘आन्तरिक उडानका लागि पनि छुट्टै रुट पनि तोकिएको छ। आन्तरिक उडानका लागि तराई भेगमा निश्चित रुट तोकिएको हुन्छ । तर, पहाडी भेगमा भने त्यस्तो निश्चित रुट हुँदैन, भूगोल हेरेर पाइलटले आफैँ बाटो तय गर्नुपर्छ।

आन्तरिक उडानका लागि ह्विस्की ४१, ह्विस्की १७, ह्विस्की १९ जस्ता निश्चित मार्ग तोकिएका छन्। ह्विस्की ४१ रुट काठमाडौंबाट धार्के, पालुङटार, पोखरा, दाङ हुदै नेपालगन्जसम्म जान्छ। भरतपुरबाट दाङसम्म जानु परेमा ह्विस्की १७ रुट प्रयोग गरिन्छ । ह्विस्की १९ रुट भैरहवाबाट दाङ जाँदा प्रयोग हुन्छ।

विमान इन्स्टु«मेन्ट फ्लाइट रुल आईएफआर प्रणालीमा उडेको बेलामा १५ हजार फिट भन्दा माथि र २९ हजार फिटभन्दा तल रहेर उडान गर्नु पर्ने हुन्छ। भिजुअल फ् लाइट रुल भीएफआर उडानको बेलामा भने विमान डाँडाकाँडामा नठोक्किने गरी २० हजार फिटसम्मको उचाइमा रहेर उडान गर्नुपर्ने हुन्छ।

आईएफआर प्रणालीमा विमान उडाउँदा पूर्व दिशातर्फ जाँदा अड थाउजेन्ड अर्थात् १५, १७, १९ हजार फिटमा रहेर उडान गर्नु पर्ने हुन्छ। पश्चिम दिशातर्फ जाँदा इभन थाउजेन्ड अर्थात् १६, १८, २० हजार फिटमा उडान गर्नुपर्छ । भीएफआरमा रहेर उडान गर्नु परेमा पूर्वतर्फ उडान गर्दा अड थाउजेन्ड प्लास फाइव हन्ड्रेड अर्थात १९ हजार ५००, १७ हजार ५०० फिट मा रहेर उडान गरिन्छ।

भुलले भने, ‘पश्चिमतर्फ उडान गर्दा इभन थाउजेन प्लस फाइव हन्ड्रेडको उचाइमा उडान गर्ने व्यवस्था छ। यी दुईमध्ये जुनसुकै प्रणालीमा उडान गर्दा पनि दुई विमानबीच एक हजार फिटको दूरी रहनुपर्छ।

माउन्टेन फ्लाइटमा भने आईएफआर प्रणालीमा उडाए २५ हजार र भीएफआरमा उडाए २४ हजार फिटसम्म मात्र उडाउन पाइने प्रावधान छ ।हरेक रुटमा निश्चित रिपोर्टिङ प्वाइन्ट हुन्छन्, एटीसी भुल भन्छन्, ‘त्यहाँ पुगेपछि पाइलटले एटीसीलाई विमानको अवस्थाबारे रिपोर्ट गर्नुपर्छ ।’ उनका अनुसार काठमाडौँबाट पोखरा जाँदा धार्के र पालुङटारमा रिपोर्टिङ प्वाइन्ट छन्।

त्यस्तै अन्य रुटमा पनि छुट्टाछुट्टै रिपोर्टिङ प्वाइन्ट रहेको उनको भनाइ छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका विमानले धार्के र इग्रिस रिपोर्टिङ प्वाइन्टबाट भने अनिवार्य रिपोर्ट गर्नुपर्छ । त्यसैले यी दुई स्थानलाई कम्पलसरी रिपोर्टिङ प्वाइन्ट नाम दिइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमानलाई १० देखि १८ किमि (५ देखि १० नटिकल माइल) सम्म त्यहाँस्थित एरोडम कन्ट्रोल टावरले गाइड गर्छ। १९ देखि ९० किमिसम्म अर्थात् ५० नटिकल माइल (मनकामना, नारायनघाट, सिमरा, रामेछाप, लालबन्दी, आदि) सम्मका क्षेत्रमा एप्रोच कन्ट्रोल टावरले गाइड गर्छ भने

त्यसभन्दा बाहिर एरिया कन्ट्रोल टावरले पाइलटलाई आवश्यक निर्देशन दिने गर्छ। उदाहरणका लागि, काठमाडौंबाट धनगढी भीएफआर उडान गरी जानु परेमा १८ हजार पाँच सय फिटमा उडान गरिन्छ। काठमाडौं विमानस्थलबाट १० देखि १८ किलोमिटर (५ देखि १० नटिकल माइल) सम्म एरोडम कन्ट्रोल टावरले,

१९ देखि ९० किलो मिटर सम्म अर्थात ५० नटिकल माइलसम्म एप्रोच कन्ट्रोल टावरले र त्यसपछि तुल्सीपुर नपुग्दासम्म एरिया कन्ट्रोल टावरले मार्गनिर्देशन गर्छ। तुल्सीपुर पुगेपछि नेपालगन्ज टावरले विमानलाई गाइड गर्छ। नेपालगन्जबाट टीकापुर पुगेपछि विमान धनगडी टावरको कन्ट्रोलमा हुन्छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ