आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

तीनपिप्लेको जंगलमा चिनियाँ मन्त्री प्रकट, प्रहरी चकित

प्रकाशित
3.9K
SHARES

काठमाडौ। तीन दिने नेपाल भ्रमण सकाएर चिनियाँ विदेश मन्त्री वाङ यी आफ्नै देश फर्किएका छन्। नेपालबाट चीन फर्किदा उने नेपाल सांच्चै स्वर्गको टुक्रा भएको प्रमाणित गरेका छन्।

हामीले पनि हत्तपत्त हिँड्न नचाहेको पैदलयात्रा मार्ग हाइकिङ रुटको मज्जा लिएर फर्किए।काठमाडौंबाट उत्तरीभेगको नुवाकोट जिल्लासँग जोडिने तीनपिप्लेसम्म गाडीमा पुगेर ओर्लिएका मन्त्री वाङ त्यहाँबाट सवा चार घण्टा हिँडेर झोर महांकाल हुँदै होटलमा प्रकट भए।

वाङसहितको टोलीले उक्त जंगली यात्रामा कुनै डर, कष्ट र झन्झट नमानेको देख्दा नेपाली सुरक्षाकर्मीहरु अचम्मित छन्। शनिबार विहान ७ः३५ बजे बत्तीसपुतलीस्थित होटल द्वारिकाज्बाट निस्किएको वाङको टोली हाइकिङ सिध्याएर दिउँसो साढे १२ः३२ बजे बल्ल फर्किएको थियो

त्यसरी एउटा शक्तिराष्ट्रका महत्वपूर्ण राजकीय परिषद् सदस्यले जंगल–जंगलै हिँड्ने रहर गरेपछि नेपाली सुरक्षाकर्मी अघिल्लै दिनदेखि खटिए भने विदेश जाँदा होटलमै गजधम्म बसेर भुँडी हाल्ने आफ्ना नेताहरुको चालामाला सम्झेर ती आफैं दंग परेका छन् ।

वाङ हाइकिङमा जाने सूचना पाउनासाथ नेपाली सेना, प्रहरी र सशस्त्रले अघिल्लो दिनदेखि आ–आफ्ना टोलीलाई विभिन्न किसिमले परिचालन गरेका थिए। त्यसक्रममा हजारभन्दा बढी सुरक्षाकर्मी कोही पोशाकसहित त कोहीचाहिँ सर्वसाधारणजस्तै देखिने गरी खटिएका हुन्।

यसक्रममा कतिपयलाई राति वरपरका गाउँ र जंगलमा राखिएको थियो। वाङको सुरक्षामा समस्या आउला भनी उनी दिल्लीबाट ओर्लनुअघि शुक्रबार ४ बजे आसपास प्रहरीले कोटेश्वर बस्ने काभ्रेका ३५ वर्षीय विकास गिरीलाई नियन्त्रणमा लिएको थियो।

उनलाई गौशाला प्रहरी बृत्तमा थुनियो। तर, उनले वाङको भ्रमणलाई कसरी चुनौती दिए भन्नेबारे केही खुलाइएन। उक्त भ्रमणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेनगेटदेखि बौद्ध क्षेत्रसम्मलाई प्रहरीले उच्च चुनौती क्षेत्र तोकेर सुरक्षा व्यवस्था मिलाएको थियो।

बौद्धमा स्वतन्त्र तिब्बत पक्षधर शरणार्थीहरु बढी हुनाले र विमानस्थलमा त्यही पक्षका मानिसहरुले प्रदर्शन गर्ने सम्भावनाका कारण त्यसो गरिएको हो।वाङ जंगल जाँदा रुट प्लान गोप्य राखिएको थियो।

उनी यसअघि नेपाल आउँदा नगरकोट हाइकिङमा सहभागी थिए। यसचोटिको हाइकिङमा सशस्त्रले सुरक्षाका लागि एरिया कभर गरेको थियो। यताबाट झर्ने कि उताबाट भन्ने निश्चित थिएन। अन्तिममा उनी तीनपिप्लेबाट डाँडा चढेर टोखाबाट झरे।

भनिन्छ, उनले टोखा–छहरे सुरुङमार्गको अध्ययन गरेका छन् । तीन पिप्लेको डाँडाबाट रसुवा छर्लङ्गै देखिन्छ, वाङको हाइकिङले नेपाल सुरक्षित छ भन्ने कुराको विश्वव्यापी सन्देश गएको छ।

तेस्तै, नेपालमा अमेरिकी सेनाको चहलपहल बढेपछि धेरै नेपाली जनताहरु सशंक्तित बनेका छन्। केही दिन अघि मात्रै नेपालको सार्वभौम संसद प्रतिनिधीसभाबाट अमेरिकी सहयोग परियोजना एमसीसी पास भएपछि यो सबै भइरहेको भन्ने प्रश्न अहिले उठिरहेको हो।

नेपाली सेना र अमेरिकी सेनाबीचको संयुक्त सैन्य अभ्यास ‘ब्यालेन्स नेल’ आइतबारदेखि सुरु भएको छ। नेपाली सेनाको रेञ्जर फौज र अमेरिकी सेनाको स्पेशल फौजबीच नियमित प्रक्रिया र अभ्यासका रूपमा ‘ब्यालेन्स नेल’ सुरु भएको हो।

अमेरिका र नेपाली सेनाले संयुक्त रुपमा सैन्य अभ्यास गर्न थालेपछि नेपालमा यो एमसीसी परियोजनाको प्रभाव हो भनेर सामाजिक संजालमा बहस सुरु भएको छ। देशव्यापी आन्दोलन र प्रदर्शनकाबीच हालै नेपालले अमेरिकाको सहयोग परियोजना एमसीसी अनुमोदन गरेको थियो।

एमसीसी ६० अर्ब रुपियाँ बराबरको अनुदान सहायताको एउटा महत्त्वपूर्ण पक्ष हो। यसको रकम नेपालको पूर्वाधार विकासमा खर्च हुने नेपाल सरकारले जनाइसकेको छ। यो सम्झौतामा नेपाल सरकार र अमेरिकाबीच सन् २०१७ मै हस्ताक्षर भइसकेको छ।

सामाजिक संजालमा अमेरिकी सेनाहरु नेपाल आएको भन्दै असन्तुष्टी जनाइरहेका छन्। एमसीसी सम्झौताकै कारण अमेरिकी सेना नेपाल नआउने पनि सरकारको भनाइ छ। त्यसैले एमसीसीकै कारण अमेरिकी सेना नेपाल आएको होइन।

अमेरिका र नेपाली सेनाबीच यस्तो संयुक्त अभ्यास सन् २००३ अगस्टबाट हुँदै आएको नेपाली सेनाका प्रवक्ता नारायण सिल्वालले बताएका छन् । हालसम्म व्यालेन्स नेलका ३९ वटा अभ्यास पूरा भइसकेका छन्।

नेपाली रेञ्जर फौजका करिब चार हजार सकल दर्जालाई यस्तो तालिम प्राप्त भइसकेको छ ।सेनाका प्रवक्ता सिल्वालले भनेका छन्, “यसपटकको ब्यालेन्स नेल चैत २० देखि वैशाख १३ गतेसम्म रेञ्जर गणको सिंह महावीर योजना तथा समन्वय महाशाखा छाउनी र रेञ्जर तालिम केन्द्र नगरकोटामा सञ्चालन हुनेछ।”

संयुक्त राज्य अमेरिकाका २० सैनिक र नेपाली सेनाका ९० सैनिक तालिममा सहभागी हँदैछन्।तालिममा द्वन्द्वका समयमा मानवअधिकार एवं कानुनको परिपालना, जङ्गल वारफेयर र सैनिक ट्याक्टिसलगायत अरु विषयमा समेत व्यवहारिक अभ्यास र ज्ञान दिइनेछ ।

यस्ता तालिमबाट नेपाली सेनाको क्षमता अभिवृद्धि गर्न योगदान पुग्नेछ। परराष्ट्र मन्त्रालय र रक्षा मन्त्रालयको समन्वय र स्वीकृतमा सञ्चालन भएको उक्त तालिम फिल्ड, टेबल र कक्षाकोठामा सञ्चालन हुनेछ। अ

मेरिकाले विश्वका विभिन्न देशसँग यस किसिमका संयुक्त अभ्यास गर्दै आएको छ । दुई साताअघि अमेरिकी सेना र नेपाली सेनाको मेडिकल जनशक्तिबीच समेत संयुक्त तालिम सञ्चालन भएको थियो।

संयुक्त सैन्य अभ्यासको विषयमा नेपालस्थित अमेरिकी दुतावास यसो भन्छ,‘विपद् व्यवस्थापनदेखि शान्ति स्थापना कार्यसम्बन्धी विविध विषयमा सबलीकरणसम्म, नेपाली र अमेरिकी सेनाले गएको बीस वर्षदेखि दुई देशबीचको सुरक्षा सहकार्य अझै बलियो बनाउन निरन्तर साझेदारी गर्दै आएका छन्।

सोही परम्परालाई कायम राख्ने क्रममा ३ अप्रीलदेखि नेपाली सेनाको स्पेशल अपरेसन्स फोर्सेज र अमेरिकी स्पेशल अपरेसन्स कमान्डका सदस्यहरू संयुक्त रूपमा एक महिना लामो शान्ति स्थापना कार्यसम्बन्धी विविध कृयाकलापमा सम्मिलित संयुक्त अभ्यासमा सरीक हुनेछन्।’दूतावास थप भन्छ,

यो संयुक्त अभ्यासले दुवै देशका सुरक्षाकर्मीहरूलाई विपद्को समयमा कसरी उत्कृष्ट प्रतिकार्य गर्ने भन्ने बारेमा आफ्ना अनुभव र सिकाइहरू आदान प्रदानको अवसर प्रदान गर्नेछ।’ स्रोतका अनुसार नेपाल र अमेरिकाबीच यसअघि पनि यस्तो हुदै आएको र यसलाई शंकाको रुपमा लिन नहुने भनाई छ ।

 

प्रतिक्रिया

आजको ट्रेन्डिङ