आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अनन्त: युद्धको ४८ औ दिन रुसको नाम लिदै अमेरिकाले गरिदियो यस्तो घोषणा

प्रकाशित
2.7K
SHARES

एजेन्सी। रुसले पूर्वीयुक्रेनमा दशौँ हजार सेना परिचालनको योजना गरेको अमेरिकाले बताएको छ।रुसी सेनाले आफ्नो ध्यान दक्षिण र पूर्वीयुक्रेनतर्फ केन्द्रित गरेको विवरणहरू सार्वजनिक भइरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले सो धारणा राखेका हुन्।

हामी विश्वास गर्छौं कि रूसले आफ्नो युद्धको उद्देश्यलाई परिमार्जन गर्दैछ। अधिकांश क्षेत्रलाई लक्षित गर्नुको सट्टा पूर्वी र दक्षिणी युक्रेनमा उसको ध्यान केन्द्रित छ’, सुलिभानले ह्वाइट हाउसमा पत्रकारहरूलाई भने।

केही दिनअघि रुसी सेनाले युक्रेनमा आफ्नो आक्रमणको आकार घटाउने र पूर्वतर्फ हमला गर्ने जनाएको थियो। रुसी सेना राजधानी युक्रेनबाट पछाडि हटिसकेको छ। युक्रेनी सेना पछि हटेसँगै केही सहरमा सर्वसाधाणका शव भेटिएका छन्।

बुचा सहरमा ५० सर्वसाधारणको शव भेटिएका छन्। तेस्तै,  रुसको पक्ष लिदै जर्मनीले गरेको घोषणाले नेटो देशहरुमा खैलाबैला भएको छ। मस्कोले यूक्रेनमाथि गरेको आक्रमणको विरोधमा यूरोपले रूसी ग्यास आयातमा कटौती गर्नु प्रत्युत्पादक हुने बताएका छन।

जर्मनीका वित्त मन्त्री क्रिश्चियन लिन्डनरले सोमबार मस्कोले यूक्रेनमाथि गरेको आक्रमणविरुद्ध स्वीकृतिका रुपमा रूसी ग्यास आयातमा कटौती गर्न ईयूले अहिलेसम्म सम्भव नभएको बताएका हुन।

इन्धन कटौतीले रूसमा मात्रभन्दा पनि यसले बढी हानि यूरोपलाई गर्ने भएकाले यो सम्भव नभएको उनले बताए। लक्जेमबर्गमा आफ्ना युरोजोन समकक्षहरूसँग वार्ताका लागि आएका लिन्डनरले भने।

हामीले रुससँग सबै आर्थिक सम्बन्ध कटौती गर्नुपर्छ। तर, अहिले ग्यास आपूर्ति कटौती गर्न सम्भव छैन। उनले भने, यसका लागि हामीलाई थप केही समय चाहिन्छ।

युक्रेनको बुचा सहरमा हालसम्म ४ सय भन्दा बढी सर्वसाधारणको शव भेटिएको युक्रेन सरकारले जनाएको छ।पछिल्लो समय रुसी र युक्रेनी अधिकारीबीचको शान्तिवार्तामा रुसले आक्रमण कम गर्ने वाचा गरेको थियो।

यतिबेला रुसी सेना राजधानी किभबाट फिर्ता गइरहँदा सयौं सर्वसाधारणको शव भेटिरहेको छ।अधिकाँश सर्वसाधारणको हाँत बाँधिएको र टाउकोमा गोली लागेको पाइएको छ। हालसम्म ४१० को शव भेटिएको जनाइएको छ।

मस्कोले युद्ध अपराध गरेको युक्रेनी अधिकारीहरूले बताउँदै आएका थिए। हालको घटनालाई नरसंहारको संज्ञा दिइएको छ।रुसले गरेको यस युद्ध अपराधको विश्वभरबाट विरोध भइरहेको छ।

यतिबेला बुचा क्षेत्रमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पुगेको बीबीसीले जनाएको छ। उनले पीडितका परिवार भेटिरहेका छन्। तर, ती घटनाहरूमा आफ्नो संलग्नता नभएको रुसी सेनाले बताउँदै आएको छ।

रुसी रक्षा मन्त्रालयले एक विज्ञप्तिमा जारी गर्दै युक्रेनी अधिकारीहरूले सार्वजनिक गरेका सबै तस्बीर र भिडियो उत्तेजना फैलाउने खालका भएका र बुचामा कुनै पनि बासिन्दाले रुसी सेनाको हातबाट हिंसा भोग्नु नपरेको दाबी गरेको छ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशका दुई शीर्ष सैन्य अधिकारीलाई देशद्रोही भन्दै पदबाट हटाएका छन्। शुक्रबार बिहानै जेलेन्स्कीले युक्रेन सुरक्षा सेवा विभागका प्रमुख नाउमोभ एन्द्री ओलेहोभिच र खेर्सनका सुरक्षा सेवा प्रमुख क्रिभोरुच्को सर्ही ओलेक्सान्द्रोभिचलाई पदबाट हटाएका हुन्।

राष्ट्रपति जेलेन्सीकले उनीहरुलाई गद्धार र देशद्रोहीको संज्ञा दिएका छन्। उनीहरु युक्रेनको स्वतन्त्रता र सार्वभौमिकताको रक्षा गर्न र आफ्नो कर्तव्य निभाउन असफल भएको जनाइएको छ।

यसबाहेक अन्य केही विवरण सार्वजनिक गरिएको छैन। देशद्रोही र गद्धारको आरोप लागेका उनीहरुले रुसी सेनासँग मिलेमतो गरेको हुनसक्ने आशंका गरिएको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले बुचा क्षेत्रमा ३ सयभन्दा बढी नागरिकलाई यातना दिएर हत्या गरेको विषयको पुष्टि गरेका छन्।

राजधानी किभस्थित आफ्नो कार्यालयबाट देशवासीलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति जेलेन्स्कीले रुसी सेनाहरूले ३०० भन्दा बढी सर्वसाधारणलाई मारेको र यातना दिएको बताएका हुन्।

उनले हाल आफूहरूसँग बुचामा मात्रै ३०० भन्दा बढीलाई मारिएको र यातना दिइएको सूचना रहेको बताउँदै पुरै सहरमा अनुसन्धान गरिदाँ पीडितहरूको सङ्ख्या अझ ठूलो हुनसक्ने बताए।

‘किएभ सहितका क्षेत्रका जिल्लाहरूमा रुसी सेनाले पकड स्थापित गरेका बेला स्थानीयबासीहरूले ८० वर्ष अघि नाजीहरूले कब्जा गर्दा समेत नदेखेका काम रुसी सेनाले गरेको’ उनले बताए।

जेलेन्स्कीले रुसी सेनाले बुचा सहित अन्य सहरहरू कब्जा गरेको बेला गरेका अपराधहरूको पूर्ण र पारदर्शी अनुसन्धान गर्न आफ्नो सरकार इच्छुक रहेको पनि बताएका छन्।

बुचा सहित किएभ नजिक रहेका अन्य स्थानहरूको भ्रमण पश्चात् जेलेन्स्कीले रुसी सेनाले सहरहरू ध्वस्त पारेको, अपहरण गरेको, यातना दिएको अनि सर्वसाधारणहरूलाई मारेको प्रशस्त प्रमाण फेला परेको बताएका छन्।

जेलेन्स्कीले आफ्नो सरकारले त्यस्तो कार्यमा संलग्न रुसी सेनाको पहिचान गर्ने सबै खाले प्रयास गरिरहेको बताउँदै रुसी सेनाबाट पीडित सर्वसाधारणहरूको सङ्ख्या अन्य स्थानमा अझ धेरै हुनसक्ने सूचना रहेको चेतावनी दिए।

युक्रेनमा रुसी सेनाले गरेको भनिएको अत्याचारका थप प्रमाणहरू फेला परिरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडनले त्यसको निन्दा गरेका छन्।उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन माथि युद्ध अपराध बारे अनुसन्धान गरिनुपर्ने बताए।

युक्रेनको राजधानी किएभ नजिकै रहेको बुचा नगरमा भएको घटनालाई बाइडनले निकृष्ट अपराधको संज्ञा दिए।रुसी सेना उक्त सहरबाट फर्किएसँगै त्यहाँ दर्जनौँ सर्वसाधारणको शव र धेरै मानिसको चिहान फेला परेको बताइएको छ।

बीबीसीका एक जना संवाददाता बुचास्थित एउटा घरको भुइँतल्लामा पुगेका थिए जहाँ हात बाँधिएको अवस्थामा पाँच जना सर्वसाधारणको शव फेला परेको थियो।

संयुक्त राष्ट्र सङ्घका लागि मस्कोका राजदूतले भने बुचामा भएका घटनाहरूबारे पश्चिमा राष्ट्रहरूले झुट बोलेको देखाउने तथ्यपरक प्रमाणहरू आफ्नो देशले राष्ट्रसङ्घीय सुरक्षा परिषद्‌मा प्रस्तुत गर्ने बताएका छन्। न्यूयोर्कमा भएको पत्रकार सम्मेलनमा उनले युक्रेनमाथि बनावटी प्रमाणहरू तयार पारेको बताए।

साथै आफ्नै देशका मानिसविरुद्ध फल्स फ्ल्यागु आक्रमण अर्थात् विपक्षीलाई आरोप लगाउने उद्देश्य सहित अघि बढाइएको राजनीतिक वा सैन्य कारबाही चलाएको आरोप उनले लगाएका छन्। बीबीसी

प्रतिक्रिया

आजको ट्रेन्डिङ