आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एमालेसँग एकता सम्भव छः झलनाथ खनाल

प्रकाशित
281
SHARES

काठमाडौं। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षबाट राजीनामा दिएपछि मात्रै एकता सम्भव हुने बताएका छन्।

दाङमा जिल्ला स्तरीय कार्यकर्ता प्रशिक्षणमा बोल्दै उनले स्थानीय तह निर्वाचनमा एमाले पराजित भएपछि ओलीले राजीनामा दिने र त्यसपछि मात्रै एकता हुने बताए ।उनले भने,

स्थानीय तहको चुनावमा चारैतिरबाट हारेपछि एमाले अध्यक्ष ओलीले राजीनामा दिन्छन् र ओलीले राजीनामा दिएपछि एमालेसहितका वामपन्थी दलबिच पार्टी एकता हुन्छ ।

स्थानीय निर्वाचनमा एमालेलाई देशभरिबाटै बढार्नुपर्ने उल्लेख गर्दै खनालले संविधान च्यात्ने र संसद् विघटन गर्ने केपी ओली र उनको समूहलाई स्थानीय चुनावको बाकस खालि गराएर जनताले सजाय दिनुपर्छ भने।

उनले एमालेलाई औपचारिक र अनौपचारिक रूपमा दक्षिणपन्थीहरूसँग मिलेर साँठगाँठ र तालमेल गर्न खोजेको आरोप पनि लगाए ।एमालेले राप्रपाका दाहिने र देब्रे समुहसंग चुनावी तालमेल गरेर दरबारियाहरुसँग मिलेर

जनताको अभिमतविरुद्ध जाने खोजेको उल्लेख गर्दै खनालले लोसपा र सिके राउतसँगको समूहसँग चुनावी तालमेल गर्न ओलीले वार्ता टोली नै बनाएको बताए।

प्रतिक्रिया

आजको ट्रेन्डिङ