आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सबैलाई चकित पार्दै प्रधानमन्त्री गरे संसद विघटन, राजनीति नै तरंगित

प्रकाशित
2.3K
SHARES

काठमाडौँ। यस्तो अनौठो कारण देखाउदै प्रधानमन्त्रिले एकाएक संसद विघटन गरिदिएका छन्। उनको यस्तो कदमले देशभर खैलाबैला भएको छ ।   आफू अल्पमतमा परेपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संसद विघटन गरेका छन्।

केही साताअघि संसदमा दर्ता भएको खानविरूद्धको अविश्वासको प्रस्तावमाथि मतदान हुने भनिएको दिन आइतबार नेसनल एसेम्ब्लीका उपसभामुखले उक्त अविश्वास प्रस्ताव असंवैधानिक भएको भन्दै खारेज गरिदिएको द डनले उल्लेख गरेको छ।

अविश्वास प्रस्ताव खारेज गरेर संसद अधिवेशन स्थगित भएलगत्तै प्रधानमन्त्री इमरान खानले राष्ट्रपति आरिभ अल्भीसमक्ष संसद विघटन गर्न सिफारिस गरेका हुन्।

पाकिस्तानको संविधानको धारा ५८ मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्न सक्ने व्यवस्था छ। इमरान खानको सिफारिसलगत्तै राष्ट्रपति अल्भीले संसद विघटन गरेको पाकिस्तानी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

राष्ट्रपतिले संसद विघटन गरेसँगै पाकिस्तानमा अब ९० दिनभित्र चुनाव हुने भएको छ। प्रधानमन्त्री खानले आफू अल्पमतमा परेपछि विरोधीहरूलाई विदेशीको पैसा लिएर सरकारविरूद्ध षडयन्त्र गरेको आरोप लगाएका छन्।

३४२ सदस्यीय नेसनल एसेम्ब्लीमा बहुमतका लागि १७२ सांसद चाहिन्छ। खानको पाकिस्तान तेहरिक-ए इन्साफ पार्टीका १३३ सांसदमात्रै छन्। खानले गठबन्धन बनाएर बहुमत पुर्‍याएका थिए।

उनलाई गठबन्धनकै केही दलले दिएको समर्थन फिर्ता लिएका छन् भने आफ्ना पार्टीका केही सांसदले पनि उनलाई विश्वासको मत नदिने बताएका थिए।

संसदमा विश्वासको मत पाउने सम्भावना नभएपछि खानले संसद विघटन गरिदिएका हुन्। विपक्षी सांसदहरूले भने संसद विघटन गर्ने निर्णय असंवैधानिक भएको भन्दै सर्वोच्च अदालत जाने बताएका छन्।

संसदको बैठक स्थगित भएपछि विपक्षी सांसदहरू संसद भवनमै छन्। पाकिस्तान पिपल्स पार्टीका अध्यक्ष बिलवाल भुट्टो जर्दारीले सर्वोच्च अदालतमा मुद्दा हाल्न कानुन व्यवसायीहरूसँग छलफल गरिरहेको बताएका छन्।

तेस्तै, महाशक्ति राष्ट्र अमेरिकाले भारतलाई खतरनाक धम्की दिएको छ। अमेरिकाले रुसको विरुद्धमा लगाइएको प्रतिबन्धलाई बेवास्ता गर्ने मुलुकले यसको नतिजा भोग्नुपर्ने चेतावनी दिएकोहो।

अमेरिकाका उप राष्ट्रिय सुरक्षा सल्लाहकार एनएसए दिलीप सिंहले आफ्नो भारत यात्राका क्रममा मिडिया ब्रिफिङमा भने, ‘चीनले एलएसीको उल्लंघन गरेमा रुस भारतलाई बचाउन आउने छैन ।’भारतले रुसबाट ऊर्जा खरिद गर्नु अमेरिकी प्रतिबन्धको उल्लंघन नभएको तर,

रुसमाथिको निर्भरतालाई भारतले कम गरोस् भन्ने अमेरिकाले चाहेको उनले बताए। रुसको विरुद्ध अमेरिकी प्रतिबन्ध तयार गर्न महत्वपूर्ण भूमिका निभाएका दिलीप सिंह बुधबार दुई दिने भ्रमणको क्रममा नयाँ दिल्ली पुगेका छन्।

दिलीपका यी भनाइ रुसी विदेश मन्त्री सर्गेई लाभरोभ दुुई दिनको भारत भ्रमणका क्रममा रहँदा नै सार्वजनिक गरेका हुन्। रुसी विदेश मन्त्रीको यो भ्रमणमा रुसी तेल खरिदसहित द्विपक्षीय व्यापारका लागि रुबल–रुपैयाँ भुक्तानी प्रणालीमा चर्चा हुनेको सम्भावना छ।

सस्तो मूल्यमा रुससँग तेल किन्ने भारतको फैसलाको बारेमा सोधिएको प्रश्नको जवाफ दिँदै दिलीपले अमेरिका भारतको ऊर्जा र प्रतिरक्षा उपकरणको आवश्यकता पूरा गर्न तयार रहेको बताए ।

चीन हिन्द–प्रशान्तका लागि एक रणनीतिक खतरा: चीन स्वतन्त्र, खुला र सुरक्षित हिन्द–प्रशान्तका लागि एक रणनीतिक खतरा भएको ठहर ‘क्वाड’ ले गरेको भन्दै उनले चीन र रुसले असीमित साझेदारीको घोषणा गरेको वास्तविकताबाट मुन्टो घुमाउन नहुने बताए ।

यसैगरी चीन रुसको महत्वपूर्ण साझेदार भएको विषयमा पनि भारतले अनभिज्ञता प्रकट गर्न नहुने उनले बताए ।रुस–चीन सम्बन्धको भारतमा असर: यी सबैको असर भारतमा परिरहेको दिलीपले बताएका छन्।

रुस र चीनको सम्बन्ध भारतको विरुद्धमा प्रमाणित हुन सक्ने उनको भनाइ छ। चीनले एक पटक एलएसीको उल्लंघनत ग¥यो भने रुस भारतको रक्षाका लागि आउँछ जस्तो आफूलाई नलागेको उनले बताए। –एजेन्सी

प्रतिक्रिया

आजको ट्रेन्डिङ