आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेपाल-भारत सीमा विवादलाई राजनीतिकरण गर्नु हुँदैन, संवादबाट टुंग्याउनुपर्छः भारत

प्रकाशित
253
SHARES

काठमाडौ। भारतका विदेश सचिव हर्षवर्धन श्रृङ्लाले नेपाल–भारत सीमा विवादलाई राजनीतिकरण गर्न नहुने बताएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणबारे जानकारी दिन विदेश मन्त्रालयले शनिवार नयाँ दिल्लीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले संवाद मार्फत सीमा सुल्झाउनु पर्ने जनाए।

सीमा विवादबारे संक्षेपमा छलफल भयो। यो मुद्दा हाम्रो मैत्री सम्बन्धलाई ध्यानमा राखी संवाद मार्फत सुल्झाउने कुरा भयो। सीमा समस्यालाई राजनीतिकरण गर्नु हुँदैन।

सीमा विवाद संवाद मार्फत सुल्झाउनु पर्छ,’ भारतीय विदेश सचिव श्रृङ्लाले भने। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल–भारत द्विपक्षीय बैठक सकिएपछि आयोजित पत्रकार सम्मेलनमा सीमा विवादबारे भारतीय समकक्षीसँग छलफल गरेको बताएका थिए।

स्थापित संयन्त्र मार्फत सीमा विवाद सुल्झाउन भारतीय प्रधानमन्त्रीलाई आफूले भनेको उनले जनाएका थिए। हामीबीच धेरै मुद्दाहरू छन्। दुई छिमेकीबीच केही जटिल मुद्दा हुन्छन्।

दुई छिमेकी राष्ट्र संवाद गरी आपसी समस्या समाधान गर्नुपर्छ।हामीले बङ्गलादेशसँग सीमा समस्या समाधान गरेका छौँ। नेपाल र भारतबीच पनि संयन्त्र छन्।

संवाद र छलफल गरेर समाधान निकाल्न सकिन्छ, श्रृङ्लाले भने। प्रधानमन्त्री देउवाको भ्रमणलाई उनले महत्त्वपूर्ण बताए। द्विपक्षीय बैठकमा सबै विषयमा बृहत् छलफल भएको उनले जनाए।

प्रतिक्रिया

आजको ट्रेन्डिङ