आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अमेरिकाले पाकिस्तानमा पनि हात हाल्यो, इमरान खान प्रधानमन्त्रीबाट ब्रखास्त

प्रकाशित
1.9K
SHARES

एजेन्सी। जहाँ अमेरिकाले हात हाल्छ त्याहा रडाको मचिने गरेको छ। पाकिस्तानमा पनि तेस्तै घटना हटेको छ।  पछिल्लो समय संयुक्त राज्य अमेरिकाको सहयोग लिन विश्वभरका विकासोन्मुख देशहरु सशंक्तित हुने गरेका छन्।

केही बर्ष अघि देखि नेपालले पनि अमेरिकी सहयोग लिनुहुदैन भनेर आन्दोलन नै गर्यो तर अन्ततः अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधीसभाबाट अनुमोदन भयो।

यसैबीच, पाकिस्तानी सरकार गिराउन अमेरिकाले रोल खेलिरहेको आरोप लागेको छ। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले अमेरिकाको समर्थनमा आफूलाई हटाउने प्रयास भएको बताएका छन्।

आफ्ना विपक्षीलाई अमेरिकी सहयोग भएको उनको भनाइ थियो। साथै पाकिस्तानको यस्तो अवस्थाका पछाडि अमेरिका जिम्मेवार रहेको उनले आरोप लगाए। खानलाई प्रधानमन्त्रीबाट अपदस्थ गर्नका लागि पाकिस्तानी संसदमा आइतबार मतदान हुने भएको छ।

उनीविरुद्ध गत साता नै अविश्वासको प्रस्ताव दर्ता भएको थियो । शनिबार उनले सम्बोधन गर्दै आफूलाई हटाउन विदेशी पत्रकारहरू पनि लागि परेको बताए। इमरान खानले यसअघि पनि आफूलाई हटाउन अमेरिकाले चलखेल गरेको आरोप लगाउँदा अमेरिकाले त्यसको खण्डन गर्दै आरोप अस्वीकार गरेको थियो।

पाकिस्तानी प्रधानमन्त्री खानविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि विधायकहरू उनको विपक्षमा खुलेका छन्। पाकिस्तानी मिडियाका अनुसार खान अल्पमतमा परिसकेका छन्।

खानकै पार्टीका विधायकहरू पनि उनको विपक्षमा उभिएको बताइएको छ ।प्रधानमन्त्री खानले आफू निडर भएर स्वतन्त्र र लोकतान्त्रिक पाकिस्तानका लागि लडाइँ जारी राख्ने बताए।

आफूविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्तावमाथि आइतबार हुने मतदानभन्दा एक दिन अगाडि समाचार संस्था एआरवाईसँगको एक अन्तवार्तामा प्रधानमन्त्री खानले देशको शक्तिशाली सेनाले आफूलाई तीनवटा विकल्पहरू

अविश्वासको मत, मध्यावधी निर्वाचन र प्रधानमन्त्री पदबाट राजीनामा दिएको बताएका छन्। आफ्नो ज्यान जोखिममा रहेको र विपक्षीहरूले चरित्र हत्या गरेको उनले दाबी गरे। मेरो ज्यान पनि जोखिममा छ भन्ने मेरो देशलाई जानकारी गराउन चाहन्छु।

पूर्वक्रिकेटरसमेत रहेका ६९ वर्षीय खान प्रधानमन्त्री बनेपछि भ्रष्टाचारीहरुको निद हराम भएको थियो। तेस्तै,नेपालमा अमेरिकाको उपस्थिती र गतिविधी बढेको भान हुन थालेको विश्लेषकहरु बताउन थालेका छन्।

अमेरिकी सहयोग परियोजना एमसीसी पास भएपछि अमेरिकाले नेपालमा खुल्लमखुल्ला सेनाको जहाज ओराल्ने, नेपाली सेनासँग तालिम गराउने देखि अमेरिकी टोली मुस्ताङ घुम्नेसम्मका कुरालाई गम्भीरता साथ नलिए नेपालले ठूलो मूल्य चुकाउनेपर्ने विश्लेषकहरुको दाबी छ ।

अमेरिकी दूतावासको चार सदस्यीय टोली किन पुग्यो मुस्ताङ ? नेपालस्थित अमेरिकी दूतावासको चार सदस्यीय टोली हिमाली जिल्ला मुस्ताङ आइपुगेका छन्। इङलिस एसिस माइक्रो स्कोलरशिप प्रोगाम’का लागि अमेरिकन टोली दुई जना र नेपाली टोली दुई जना पोखराबाट जहाज चढेर मुस्ताङ आइपुगेका हुन्।

अमेरिकी दूतावासका रिजनल इङलिस ल्याङवेजका अफिसर नबिला मासौनीसहित अर्को एकजना दूतावासका अधिकारी, दूतावासका नेपाली कर्मचारी विश्वराज गौतम र त्रिभुवन विश्वविद्यालयका कार्यक्रम व्यवस्थापन मुकुन्द पाण्डे उक्त प्रोग्राम लिएर मुस्ताङ आएको स्रोतले जनाएको छ। उनीहरुले जोमसोमको होटल ओम्स होम्समा बसेका छन्।

मुस्ताङका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको अंग्रेजी भाषा बोल्ने र लेख्ने क्षमता विकास गर्ने उद्देश्यले इङलिस एसिस माईक्रो स्कोलरशिप प्रोग्राम लिएर मुस्ताङ आएको बताइएको छ।

उनीहरुले मंगलबार शिक्षा विकास तथा समन्वय इकाई मुस्ताङमा यस सम्बन्धी कार्यक्रम गरेका छन्।मुस्ताङमा अमेरिकन संस्थाबाट यहाँका विद्यालय, गुम्बा र कला संस्कृतिलगायतमा लगानी गरिएको पाइन्छ।

यस्तै यता अमेरिकी सेना काठमाडौँमा आएको छ। नेपाली सेनासँग संयुक्त मेडिकल तालिम गर्न अमेरिकी सेना आएको हो।अमेरिकी सेना र नेपाली सेनाको बीचमा संयुक्त मेडिकल तालिम काठमाडौँमा सुरु भएको छ।

आकस्मिक अवस्थामा कस्ता मेडिकल सामग्री चाहिन्छ र कसरी तयारी अवस्थामा बस्ने भन्नेबारे सो तालिममा अनुभव आदान प्रदान गरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

काठमाडौँको छाउनीस्थित वीरेन्द्र अस्पताल र महावीर गण रेन्जरमा संचालन हुने तालिममा विभिन्न अपरेशन र प्राकृतिक विपद्को बेला स्वास्थ्य उपचारलाई कसरी प्रभावकारी बनाउने भन्नेबारे अमेरिकी सैनिकसँग अनुभव आदानप्रदान हुनेछ।

सो तालिममा १८ जना अमरिकी सैनिक र ४२ जना नेपाली सैनिक प्रशिक्षार्थीहरु सहभागी छन्। चैत ११ सम्म चल्ने सो मेडिकल तालिम बिहिबार नेपाली सेनाका क्लिनिकल रजिष्टार प्राविधिक सहायकरथी डा। राजिव राज शाहीले शुभारम्भ गरेका हुन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ