आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन स्थगित, ढुवानी यथावत् हुने

प्रकाशित
244
SHARES
{"caption":"u0915u093eu0920u092eu093eu0921u094cu0902u0915u094b u090fu0915 u092au0947u091fu094du0930u094bu0932 u092au092eu094du092au092eu093e u0936u0941u0915u094du0930u092cu093eu0930 u0930u093eu0924u093f u0917u094du092fu093eu0932u093fu0928u092eu093e u0907u0928u094du0927u0928 u092du0930u094du0928 u0906u090fu0915u093e u0938u0930u094du0935u0938u093eu0927u093eu0930u0923 u0964","photographer":"","alt_text":""}

काठमाडौं। पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीले आन्दोलन स्थगित गरेका छन्। आफूहरुको माग पूरा गर्न नेपाल आयल निगम सहमत भएको भन्दै ढुवानी व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन्।

ढुवानी व्यवसायीको आन्दोलनका कारण पेट्रोलियम पदार्थको अभाव हुन सक्ने भन्दै शुक्रबार र शनिबार काठमाडौंका पेट्रोल पम्पहरुमा उपभोक्ताको लामो लाइन लागेको थियो।

नेपाल आयल निगम र राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच शनिबार भएको वार्तामा सहमति भएपछि व्यवसायी र नेपाल आयल निगमले चार बुँदे संयुक्त विज्ञप्ति जारी गरेका छन्।

व्यवसायीले राखेका मागमध्ये पेट्रोलियम बिक्रेता कमिसनसम्बन्धी र एलपी ग्यासको ढुवानी भाडा समायोजनसम्बन्धी मागबारे सात दिनभित्र उचित निष्कर्ष निकाल्ने सहमति भएको छ।

तीबाहेक अरु मागका बारेमा १५ जेठसम्ममा पूरा गर्ने गरी काम गर्ने सहमति भएको छ ।नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसन, नेपाल एलपी ग्याँस उद्योग संघ र नेपाल पेट्रोलियम पदार्थ,

ढुवानी व्यवसायी महासंघले सबै विरोधका कार्यक्रम फिर्ता लिएका छन्  र उनीहरुले पेट्रोलियम पदार्थ र एलपी ग्याँसको ढुवानी र बिक्री वितरण यथावत सञ्चालन गर्ने भएका छन्।

संयुक्त प्रेस विज्ञप्तिमा नेपाल पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिका प्रवक्ता विश्व अर्याल र नेपाल आयल निगमका तर्फबाट प्रवक्ता विनितमणि उपाध्यायले हस्ताक्षर गरेका छन्। हेर्नुहोस् संयुक्त विज्ञप्ति

प्रतिक्रिया

आजको ट्रेन्डिङ