आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेपाल र भारतको जस्तो मित्रता विश्वमा कहीँ छैन- मोदी

प्रकाशित
349
SHARES

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतको जस्तो सम्बन्ध कतै नभएको बताएका छन् ।

शनिबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई देशको सभ्यता, संस्कृति र आदानप्रदानको धागो प्राचीन कालबाटै जोडिएको बताएका हुन् ।

उनले पत्रकार सम्मेलनमा भने, ‘भारत र नेपालबीचको मित्रता, हाम्रा नागरिकबीचको सम्बन्धजस्तो उदाहरण विश्वमै कहीँ देख्न पाइँदैन ।’ मोदीले सम्बोधनका क्रममा अगाडि भने, ‘अनादिकालदेखि हामी एक अर्काका सुख-दु:खका साथी रहेका छौँ ।’

प्रधानमन्त्री मोदीले भारत र नेपालबीच सम्बन्ध बलियो बनाउनमा प्रधानमन्त्री शेरबहादुर देउवाको ठुलो भूमिकाले रहेको बताएका छन् । प्रधानमन्त्री देउवाको प्रधानमन्त्रीको रूपमा यो पाँचौँ भारत भ्रमण रहेको बताउँदै उनले यो भ्रमणले दुई देशको बीचको सम्बन्धलाई झन् बलियो बनाउने विश्वास व्यक्त गरे ।

नेपाल र भारतबीच फरकखालको सम्बन्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले नेपाल–भारतबीच आर्थिक, सांस्कृतिक, सामाजिक सबै खालको सम्बन्ध रहेको बताए । नेपालको शान्ति, प्रगति र विकासका लागि भारत हरहमेसा साथमा रहेको बताउँदै उनले नेपालको विकासका लागि भारत हरहमेसा साथ रहने प्रतिबद्धता जनाए ।

प्रधानमन्त्री देउवासँग विभिन्न विषयमा छलफल भएको उल्लेख गर्दै प्रधानमन्त्री मोदीले दुई देशको बीचमा भइरहेको विभिन्न कामको समीक्षा भएको बताए । उनले विद्युत् क्षेत्रमा पनि दुई देशको बीचमा सहयोग आदान प्रदान हुने जानकारी दिए । उनले भने, ‘नेपालले आफ्नो विद्युत् भारतलाई निर्यात गरिरहेको छ, यसले दुवै देशलाई फाइला भइरहेको छ ।’ उनले विद्युत् निर्यातले नेपाललाई आर्थिक रूपले फाइदा हुने धारणा राखे ।

पञ्चेश्वर परियोजनाका लागि पनि प्रधानमन्त्री देउवासँग छलफल भएको बताउँदै उनले यो परियोजना नेपाल भारतका लागि ‘गेमचेन्जर’ परियोजना हुने दावी गरे । क्रस बोर्डर कनेक्टीभिडीको बारेमा पनि दुई देशको प्रधानमन्त्रीबीच छलफल भएको बताउँदै प्रधानमन्त्री मोदीले जयनगर–कुर्था रेल सेवा पनि त्यसैको एउटा सुरुवात रहेको बताए ।

नेपाल पुलिस एकेडेमी, रामायण सर्किटलगायतका क्षेत्रमा पनि काम भइरहेको प्रधानमन्त्री मोदीको भनाइ थियो । उनले दुवै देशका सुरक्षा संयन्त्रलाई दुवै देशको शान्ति सुरक्षाका लागि काम गर्न आग्रह गरे ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ