आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अमेरिकी सेना हातहतियार सहित काठमाडौ ओर्लियो, देशभर उथलपुथल

प्रकाशित
531
SHARES

काठमाडौं। मंगलबार अमेरिकी सेनाको एक टुकडी सुटुक्क त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको खबर छ। अमेरिकी सेनाको टोली नेपाल आएको १ दिनपछि मात्रै यो खबर बाहिरिएको हो।

अमेरिकी सेना अन्य केही प्रयोजनका निम्ति नभएर नेपाली सेनासँग संयुक्त रूपमा सञ्चालन हुने ब्यालेन्स नेल २२–५५२० मा सहभागी हुन नेपाल आएको हो। यो टोलीमा अमेरिकी सेनाका विभिन्न दर्ताका २२ सैनिक सहभागी छन्।

ब्यालेन्स नेल नेपाली सेना र अमेरिकी सेनाबीच हुने संयुक्त सैन्य तालिम हो ।केही वर्ष अघिदेखि जोडिएको यो सम्बन्ध जारी छ। नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले हरेक वर्ष सञ्चालन हुने यो तालिमका लागि अमेरिकी सेनाको एक टोली चैत १६ गते नेपाल आएको जानकारी दिए।

नियमित प्रक्रिया भए पनि नेपाली सेनाले यसलाई योपालि सार्वजनिक भने गरेको छैन ।रक्षा मन्त्रालय स्रोतका अनुसार, नेपाली सेना र अमेरिकी सेनाबीचको यो तालिम चैत १६ गतेबाट नै शुभारम्भ भइसकेको छ।

तथापि, तालिम सञ्चालन गरिएको स्थानबारे भने गोप्य राखिएको छ। नेपाली सेनाका प्रवक्ता सिलवालले यसबारे आफू ‘अपडेट’ हुन बाँकी रहेको बताए। तालिम झण्डै एक महिना अर्थात् आगामी वैशाख १६ सम्म सञ्चालन हुनेछ।

तालिममा सहभागी हुन आएको अमेरिकी सेनाको टोलीले हतियार, एम्युनिसन, मिलापका साधन तथा आवश्यक अन्य सामग्री साथमै लिएर आएका छन्।

नेपाली सेनाको नीति तथा योजना निर्देशनालय व्यवस्था, नीति तथा योजना विभागले तालिमबारे जानकारी गराउँदै अमेरिकी सेना र तिनले ल्याउने सामग्रीलाई अनुमति दिन रक्षा मन्त्रालयलाई अनुरोध गरेको थियो।

रक्षाले सचिवस्तरीय निर्णयबाट ती सामग्री ल्याउन अनुमति दिएको पाइएको छ। रक्षाले अनुमति प्रदान गर्दै गृह, परराष्ट्र, अर्थ, संस्कृति तथा पर्यटन र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई जानकारी गराएको थियो।

स्रोतका अनुसार यसअघि गतविगत बर्षहरुमा समेत अमेरिकी सेना नेपाल आउने गरेको तर अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन भएपछि अमेरिकी सेना आउदा समेत यसलाई शंकाको नजरले हेरिने गरेको छ।

तेस्तै, महाशक्ति राष्ट्र अमेरिकाले भारतलाई खतरनाक धम्की दिएको छ । अमेरिकाले रुसको विरुद्धमा लगाइएको प्रतिबन्धलाई बेवास्ता गर्ने मुलुकले यसको नतिजा भोग्नुपर्ने चेतावनी दिएकोहो।

अमेरिकाका उप राष्ट्रिय सुरक्षा सल्लाहकार एनएसए दिलीप सिंहले आफ्नो भारत यात्राका क्रममा मिडिया ब्रिफिङमा भने, चीनले एलएसीको उल्लंघन गरेमा रुस भारतलाई बचाउन आउने छैन।

भारतले रुसबाट ऊर्जा खरिद गर्नु अमेरिकी प्रतिबन्धको उल्लंघन नभएको तर रुसमाथिको निर्भरतालाई भारतले कम गरोस् भन्ने अमेरिकाले चाहेको उनले बताए। रुसको विरुद्ध अमेरिकी प्रतिबन्ध तयार गर्न महत्वपूर्ण भूमिका निभाएका दिलीप सिंह बुधबार दुई दिने भ्रमणको क्रममा नयाँ दिल्ली पुगेका छन्।

दिलीपका यी भनाइ रुसी विदेश मन्त्री सर्गेई लाभरोभ दुुई दिनको भारत भ्रमणका क्रममा रहँदा नै सार्वजनिक गरेका हुन्। रुसी विदेश मन्त्रीको यो भ्रमणमा रुसी तेल खरिदसहित द्विपक्षीय व्यापारका लागि रुबल–रुपैयाँ भुक्तानी प्रणालीमा चर्चा हुनेको सम्भावना छ।

सस्तो मूल्यमा रुससँग तेल किन्ने भारतको फैसलाको बारेमा सोधिएको प्रश्नको जवाफ दिँदै दिलीपले अमेरिका भारतको ऊर्जा र प्रतिरक्षा उपकरणको आवश्यकता पूरा गर्न तयार रहेको बताए।

चीन हिन्द–प्रशान्तका लागि एक रणनीतिक खतरा: चीन स्वतन्त्र, खुला र सुरक्षित हिन्द–प्रशान्तका लागि एक रणनीतिक खतरा भएको ठहर ‘क्वाड’ ले गरेको भन्दै उनले चीन र रुसले असीमित साझेदारीको घोषणा गरेको वास्तविकताबाट मुन्टो घुमाउन नहुने बताए।

यसैगरी चीन रुसको महत्वपूर्ण साझेदार भएको विषयमा पनि भारतले अनभिज्ञता प्रकट गर्न नहुने उनले बताए। रुस–चीन सम्बन्धको भारतमा असर: यी सबैको असर भारतमा परिरहेको दिलीपले बताएका छन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ