आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

युद्धको ४२ औ दिन अमेरिकी राष्ट्रपति बाइडेन र जेलेन्स्की मिलेर गरिदिए यस्तो घोषणा

प्रकाशित
4.5K
SHARES

काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच फोन वार्ता भएको छ। रुसको आक्रमणमा परेको युक्रेनले रुससँग लड्नका लागि आफूहरूलाई सहयोग आवश्यक परिरहेकोले सबैसँग सहयोगको आह्वान गर्दै आएको छ।

बाइडेन र जेलेन्स्कीबीचमा पनि युक्रेनलाई आवश्यक परेको सहयोग र अमेरिकाले गर्न सक्ने सहयोगका बारेमा कुराकानी भएको छ। घुमाउरो भाषामा बाइडेनले सहयोग गर्ने बताएपछि फेरि तेस्रो युद्ध हुने संकेत मिलेको छ।

हामीले प्रतिरक्षाका लागि आवश्यक पर्ने सहयोगका बारेमा कुराकानी गरेका छौँ, चाँडै नै नयाँ प्याकेज लागू हुने विश्वास लिएका छौँ, त्यस्तो प्याकेज आर्थिक तथा मानवीय सहायतासम्बन्धी हुनेछ,’ जेलेन्स्कीले ट्विटरमा लेखेका छन्।

राष्ट्रपति बाइडेनसँगको कुराकानी पछि उनले सन्तोष व्यक्त गर्दै युक्रेनलाई कुटनीतिका, आर्थिक र भौतिक सहयोग बढ्ने आशा लागेको जानकारी दिए ।अमेरिकी राष्ट्रपति बाइडेन र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच झण्डै,

एक घण्टा कुराकानी भएको अधिकारीहरूले जनाएका छन् ।अमेरिकी राष्ट्रपतिको कार्यालयले पनि युक्रेनी राष्ट्रपतिसँग फोन वार्ता भएको पुष्टि गर्दै सैन्य, आर्थिक र मानवीयता सम्बन्धी सहयोग प्रदानका बारेमा कुराकानी भएको जनाएको छ।

अमेरिकाले युक्रेनमाथि आक्रमण गरेर रुसले गल्ती गरेकाले तत्काल आक्रमण रोक्न माग गर्दै आएको छ।मंंगलबारको शान्ति वार्तामा रुसी पक्षले राजधानी किभ र चेर्निभ क्षेत्र आसपासमा सैन्य गतिविधि घटाउने वाचा गरेको थियो।

तर, त्यहाँका गभर्नर भियाचेस्लभ चाओसले रुसले गरेको आफूले गरेको वाचा उल्लंघन गर्दै केही समयमै चेर्निभमा पुनः हमाला गरेको बताएका छन्। उता पूर्वीयुक्रेनको डोनसेक क्षेत्रमा पनि रुसीले तीव्र आक्रमण गरिरहेको रिपोर्ट गरिएको छ।

यसमा दुवै तर्फबीच ठूलो लडाइँ भइरहेको खबर गरिएको छ ।गभर्नर चाओसले भनेका छन्, “अब हामीले विश्वास गर्न मिल्छ ? उनीहरूले आफ्नो वचन तोडिसकेका छन् ।”उनकाअनुसार रुसले चेर्निभमा रातभर बमबारी गरेको छ ।

यसैकारण राजधानी किभमा बुधबार बिहानैदेखि हवाई साइरन बजिरहेको अवस्था छ ।रुसले आफ्ना सेना फिर्ता ल्याउने वचन दिएको घन्टौँसम्म पनि साइरन रोकिने संकेत देखिएको थिएन ।

युक्रेन र अमेरिकी अधिकारीले पूर्वीक्षेत्रलाई निशाना बनाउन रुसले आफ्ना सेना स्थानान्तरण गर्ने प्रयास गरिरहेको शंका गरेका छन्। रुसका उपरक्षामन्त्री एलेक्जेन्डर फोमिनले शान्ति वार्तामा दुवै पक्षबीच विश्वास बढाउन आफूहरूले सैन्य गतिविधि घटाउँदै लैजाने बताएका थिए।

टर्कीको स्तानबुलमा दुई पक्षबीच यसबारे तीन घन्टा लामो छलफल भएको थियो। छलफलमा युक्रेन तटस्थ राष्ट्र रहे रुसले सुरक्षाको ग्यारेन्टी दिने वचनकै आधारमा युद्धबिरामका लागि पहल भएको थियो।

रुसको कदमप्रति आक्रोशित हुँदै राष्ट्रपति जेलेन्स्किीले एक भिडियोमार्फत युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले युक्रेनीयन सोझा र मूर्ख छैनन्’ भन्ने प्रतिक्रिया दिएका छन्।

साथै, उनले रुससँगको वार्ता सकारात्मक भए पनि आफ्नो भूमिमा रुसी फौजको लगातार बमबारी र विस्फोटन कुनै पनि हालतमा बेवास्ता गर्न नसकिने बताएका छन्। अन्य मुलुकले यसबारे सतर्क भएर अवलोकन गर्ने बताइरहेका छन्।

तर, अमेरिकी राष्ट्रपति बाइडेनले भने बोलेअनुसारको कदम नउठाएसम्म आफूले केही भन्न नसक्ने बताएका छन्। त्यसैगरी, बेलायत, फ्रान्स, जर्मनी, इटलीलगायत पश्चिमी राष्ट्रले कुनै आधारमा रुसलाई हलुका रूपमा नलिन र सचेत भएर बस्न आग्रह गरेका छन्।

चाउसकाअनुसार रुसी फौजले बुधबार बिहानसम्म निजहिन क्षेत्रमा हमला गरिरहेको थियो। यसअघि चेर्निभ सहरका मेयरले बीबीसीसँगको कुराकानीमा घना बस्ती भएको ठाउँमा गरिएको जानकारी दिएका छन्।

अमानवीय हमला र बमबारीले ३५ भन्दा बढी नागरिक गम्भीर घाइते भएको बताएका थिए। जसमा धेरैले हातखुट्टा गुमाएको र कतिको ज्यानसमेत गएको उनले जानकारी दिएका छन।

प्रतिक्रिया

आजको ट्रेन्डिङ