आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेपाल एयरलाइन्सको जहाज दुर्घटनामा पर्यो, थप जानकारी सहित

प्रकाशित
2.3K
SHARES

काठमाडौं । नेपाल एयरलाइन्स (नेपाल वायु सेवा निगम) को न्यारोबडी जहाज ए३२० ९एन-एकेडब्यू जहाजले थाइल्याण्डको बैंककबाट काठमाडौंका लागि उड्नै लाग्दा प्राविधिक कारणले टेक अफ रद्द गरेको छ।

धावनमार्गमा गुडिसकेको निगमको जहाजमा प्राविधिक समस्या हुनसक्ने देखिएपछि चालक दलले नउडाउने निर्णय गर्दै विमान अकस्मात रोकेका थिए।

एक्कासी ‘टेकअफ’ रद्द गर्दा जहाजको पछाडिका दुईवटा पांग्रा पन्चर भएका छन् । यसकारण जहाज गाउन्डेड भएको छ । जहाज चेकजाँच पछि शनिबार फर्किने स्रोतले जनाएको छ ।

थाइल्याण्डको ‘पाइलट नोट बुक’नामक फेसबुक पेजले सो जहाज अहिले पार्किङ क्षेत्रमा फर्काइएको र यात्रुलाई सुरक्षित रुपमा झारिएको तस्वीरसहित पोष्ट गरेको छ ।

सो पेजले टेकअफ रद्द गर्नुको कारण भने नखुलेको जनाएको छ । जहाजमा कति यात्रु थिए भन्ने खुलेको छैन । नेपाल एयरलाइन्सले पनि यसबारे औपचारिक जानकारी गराएको छैन ।

तेस्तैनेपाल एयरलाइन्सले साउदी अरबका विभिन्न शहरमा उडान भर्न पाउने गरी अनुमति पाएको छ । साउदी अरबको नागरिक उड्डयन प्राधिकरणले सोमबार निगमलाई रियाद, दमाम तथा जेद्दामा उडान भर्न पाउने गरी अनुमति प्रदान गरेको हो ।

साउदी अरेवियाको रियादस्थित कार्यालयबाट औपचारिक रुपमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको उपस्थितिमा निगमलाई उडान अनुमति प्राप्त भएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेको विशेष निर्देशन र कार्यकारी अध्यक्ष युवराज अधिकारीको पहलमा यो उडान अनुमति प्राप्त भएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

निगमले अप्रिल २०२२ बाट नै व्यावसायिक योजना अनुरुप काठमाडौं–रियाद–काठमाडौं सेक्टरमा साताको तीन वटा नियमित उडान शुरु गर्ने जनाइएको छ।

तेस्तै, नेपाल वायु सेवा निगमको भावी कार्यदिशा र जारी कर्मचारी आन्दोलनको सम्बन्धमा अध्ययन गर्न एक उच्च स्तरीय समिति बनाउन उपयुक्त हुने अर्थ मन्त्रालयले बताएको छ।

अर्थमन्त्री जनार्दन शर्माले पर्यटन सचिवको संयोजकत्वमा अध्ययन समिति गठन गर्नुपर्ने बताए ।उनले उक्त समितिमा अर्थ मन्त्रालय र वायु सेवा निगमका प्रतिनिधि तथा उड्डयन क्षेत्रसँग सम्बन्धित स्वतन्त्र विज्ञ समेत राख्नुपर्ने बताए।

उक्त समितिले १५ देखि २० दिनभित्र सुझावसहितको प्रतिवेदन पेस गर्ने गरी प्रक्रिया अघि बढाउनुपर्ने अर्थमन्त्री शर्माको भनाई । उनले कर्मचारीहरूसँग छलफल गरी आन्दोलन टुङ्ग्याउनुको साथै निगमको नियमित कामकाज सञ्चालन गर्नुपर्नेमा जोड दिए।

निगम सुधारको लागि हालसम्म भएका विभिन्न समितिले दिएका प्रतिवेदनहरू अध्ययन गरी उपयुक्त विकल्प सुझाए आवश्यक निर्णय गर्न सरकारलाई सजिलो हुने मन्त्री शर्माको भनाइ छ ।अर्थ सचिव मधुकुमार मरासिनी र,

पर्यटन सचिव यादव कोइरालाले निगम सुधारको लागि दह्रो खालको राजनैतिक नेतृत्वको आवश्यकता औँल्याए । सामान्य खालको टालटुले सुधारले अब वायु सेवा निगम नसुध्रिने भन्दै उनीहरूले राजनैतिक तहबाटै आवश्यक निर्णय लिनुपर्ने बताए।

प्रतिक्रिया

आजको ट्रेन्डिङ