आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

रुसी भूमिमै घुसेर युक्रेनी सेनाले रुसी इन्धन डिपो ध्वस्त बनायो ( भिडियो सहित )

प्रकाशित
1.3K
SHARES

काठमाडौं। युक्रेनी हेलिकप्टरले रुसको पश्चिमी शहर बेलगोरोडमा रहेको इन्धन भण्डारण केन्द्रमा आक्रमण गरेको स्थानीय गभर्नरले शुक्रबार बताएका छन्। गभर्नर व्याचेस्लाभ ग्लाडकोभले आफ्नो टेलिग्राम च्यानलमा लेखेका छन्।

युक्रेनी सेनाका दुई हेलिकप्टरले कम उचाइमा रुसी भूभागमा प्रवेश गरेको हवाई हमलाका कारण पेट्रोल डिपोमा आगो लागेको थियो। रुसले एक महिनाभन्दा बढी समययता युक्रेनमै घुसेर आक्रमण गरिरहेको छ।

रुसी आक्रमणबाट युक्रेनलाई खरबौं डलरको क्षति भएको छ। युक्रेनी सेनाले रुसमा घुसेर आक्रमण गरेको यो पहिलोपटक हो। आफ्नो भूमिमा रुसले आक्रमण गरेपछि बाध्य भएर युक्रेनले पनि रुसी भूमिमा आक्रमण गरेको विश्लेषण भइरहेको छ।

यो घटनाको भिडिओ र तस्बिरहरु सार्वजनिक भएका छन्। आक्रमणपछि रुसी तेल डिपो ध्वस्त भएको बताइएको छ। युक्रेनी सेनाले रुसमा घुसेर आक्रमण गरेको यो पहिलोपटक हो।

आफ्नो भूमिमा रुसले आक्रमण गरेपछि बाध्य भएर युक्रेनले पनि रुसी भूमिमा आक्रमण गरेको विश्लेषण भइरहेको छ। यो घटनाको भिडिओ र तस्बिरहरु सार्वजनिक भएका छन्। आक्रमणपछि रुसी तेल डिपो ध्वस्त भएको बताइएको छ।

 

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्यादिमिर पुटिन शक्तिमा रहिरहन नसक्ने बताएका छन्।पोल्यान्डमा आयोजित कार्यक्रममा उनले पुटिनलाई कसाईको संज्ञा समेत दिए।

उनले युक्रेनमा आक्रमण गरेर रुस रणनीतिक रुपमा असफल भइरहेको दाबी गरे। यता, रूसले बाइडेनको भाषणप्रति आपत्ति जनाएको छ। कोसत्तामा रहन्छ भनेर बाइडेनले निर्णय गर्ने होइन, रूसका राष्ट्रपति रूसी जनताबाट निर्वाचित भएका हुन्।

क्रेमलिनले भनेको छ। क्रेमलिनको यस्तो प्रतिक्रियापछि ह्वाइटहाउसले स्पष्टीकरण दिदैं भनेको छ, राष्ट्रपति बाइडेनलेपुटिन शक्तिमा कायम रहने छैनन् भन्नुको अर्थ उनले रूसको सत्ता परिवर्तनको माग गरेका होइनन्।

ह्वाइटहाउसका एक अधिकारीले भने, पुटिनलाई आफ्ना छिमेकी वा क्षेत्रमाथि शक्तिको रवाफ देखाउने अनुमति छैन भनेका हुन्। यसैबीच लिभ शहरको पश्चिमतर्फ आइतबार बिहानैदेखि शक्तिशाली बिस्फोटका आवाजहरु सुनिएका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यस संकटमा बिहीबार ब्रसेल्समा नेटो शिखर सम्मेलनलाई सम्बोधन गरे।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध रासायनिक हतियार प्रयोग गरेमा नेटोले जवाफ दिने बाइडेनले बताए।

नाटोले रूसले प्रयोग गर्ने हतियारको समान प्रकारको जवाफ दिनेछ।यससँगै शिखर सम्मेलनपछि बाइडेनले सञ्चारमाध्यमसँग भनेका छन् ‘हामीले चीनलाई स्पष्ट चेतावनी दिएका छौं।

कि यदि उसले रुसलाई सहयोग गर्छ भने उसले गम्भीर आर्थिक परिणाम भोग्नुपर्नेछ। हामीले उनीहरूलाई धम्की दिएका छैनौं, तर चिनियाँ राष्ट्रपतिलाई रुसलाई सहयोग गर्ने नतिजा राम्ररी थाहा छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ