आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

देउवा दिल्ली नपुग्दै राष्ट्रपतिले जारि गरिदीइन यस्तो सूचना, देशभर तरङ्ग

प्रकाशित
5.5K
SHARES

काठमाडौं। देउवा दिल्ली नपुग्दै राष्ट्रपतिले अर्को सूचना जारि गरेकिछिन्। प्रधानमन्त्री शेरबहादुर देउवा भारतको औपचारिक भ्रमणमा गएपछि गृहमन्त्री बालकृष्ण खाँणलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवाको अनुपस्थितिमा दैनिक प्रशासन कार्य गर्न गृहमन्त्री खाँणलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए।

राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट प्रधानमन्त्री शेरबहादुर देउवा मित्रराष्ट्र भारतको औपचारिक भ्रमणका लागि सम्वत् २०७८ साल चैत्र १८ गते शुक्रबार मित्रराष्ट्र भारततर्फ प्रस्थान गर्नुहुने भएकोले प्रधानमन्त्रीको जिम्मेवारी सुम्पिएको बताएको छ।

वहाँको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्नुहुने दैनिक प्रशासनिक कार्य नेपालको संविधानबमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा गृहमन्त्री बालकृष्ण खाँणज्यूले सम्हाल्ने गरी तोक्नुभएको छ, प्रवक्ता आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

भारतको तीन दिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री देउवा शुक्रबार दिउँसो दिल्ली प्रस्थान गरेका छन्। तेस्तै, प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतका रक्षा तथा पर्यटनराज्यमन्त्री अजय भट्टले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने भएको छन।

प्रधानमन्त्री देउवा भारतको तीनदिने औपचारिक भ्रमणका निम्ति आज अपराह्न नयाँदिल्ली प्रस्थान गरेका हुन। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा ५० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल वायुसेवा निगमको नियमित उडानबाट प्रधानमन्त्री देउवा त्यसतर्फ प्रस्थान गरेका हुन।

धानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख अग्निप्रसाद सापकोटा, गृहमन्त्री बालकृष्ण खाँण, मन्त्रीगण, संवैधानिक अङ्गका प्रमुख तथा पदाधिकारी, यहाँस्थित भारतीय राजदूतावासका कार्यबाहक राजदूत।

कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलगायतले बिदाई गरे। त्यसअघि सरकार प्रमुख औपचारिक विदेश भ्रमणमा निस्कदा सलामी अर्पण गर्ने परम्पराअनुरुप नेपाली सेनाको एक टोलीले प्रधानमन्त्री देउवालाई सलामी दिएको थियो।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा प्रथम महिला डा.आरजु राणा देउवा, परराष्ट्रमन्त्री डा.नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा, कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादव लगायत छन्।

मुख्यसचिव शङ्करदास बैरागी, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानबहादुर देउवा, परराष्ट्र सचिव भरतराज पौड्याल, ऊर्जा सचिव देवेन्द्र कार्की, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ लगायत छन्।

गृह सचिव टेकनारायण पाण्डे, कानून सचिव उदयराज सापकोटा, अर्थसचिव मधुकुमार मरासिनी, वाणिज्य सचिव गणेशप्रसाद पाण्डे, स्वास्थ्य सचिव डा रोशन पोखरेल, कृषि सचिव गोविन्दप्रसाद शर्मा छन्।

त्यसैगरी प्रधानमन्त्रीका निजी सचिव प्रकाश देउवा, लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट, नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ पनि छन्।

नेपाल आयल निगमका प्रबन्ध निर्देशक उमेशप्रसाद थानी, निजी क्षेत्रका उद्यमी–व्यवसायी सङ्घसङ्गठनका अध्यक्षसहित उच्च पदाधिकारी, स्वतन्त्र ऊर्जा उत्पादक सङ्घका पदाधिकारी तथा सञ्चारकर्मी छन्।

तेस्तै,अमेरिकाले नरुचाउने चीन र रुसका विदेशमन्त्री एकपछि अर्को गरेर भारत भ्रमणका लागि पुगेका छन्। केही समय अगाडि मात्र चिनियाँ विदेशमन्त्री वाङ यीले भारतको भ्रमण गरेका थिए। यतिबेला रुसी विदेशमन्त्री सर्गी लाभरोभ भारत पुगेका हुन्।

भारतले रुसको आलोचना गर्नुपर्छ भन्ने अमेरिकी भनाइकाबीच शुक्रबार लाभरोभ भारत पुगेका हुन्।रुसले युक्रेनमा आक्रमण गरेयता भारतले रुसको आलोचना गरेको छैन।

रुसमाथि पश्चिमा राष्ट्रले कडा आर्थिक प्रतिबन्धहरु लगाएका छन्। यस्तोमा भारतले रुसको तेल सस्तो मूल्यमा किन्ने अवसर पाएको छ। लाभरोभको भ्रमणमा भारत र रुसबीच तेल व्यापारको विषयमा पनि कुराकानी हुनेछ।

बीबीसीका अनुसार लाभरोभले रुस–युक्रेन द्वन्द्वको समयमा भारतले अडिग निर्णय गरेको भन्दै सो कार्यको प्रशंका गरेका छन्। भारतले रुसको आलोचना गरेको छैन बरु वार्ताबाट समस्याको समाधान खोजिनुपर्ने धारणा राख्दै आएको छ।

यसअघि अमेरिकी सांसदहरुले भारतले रुसबाट नभएर अमेरिकाबाट तेल र हतियार किन्नुपर्ने बताएका थिए। रुसलाई एक्ल्याउने कार्यमा अमेरिका लागि परेको छ। तर भारतले चुपचाप रुसको समर्थन जनाइरहेको छ। चीन पनि भारतको अडानबाट खुशी छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ