आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अन्ततः पुटिनले यस्तो आदेशमा गरिदिए हस्ताक्षर, सिंगो युरोपमा मच्चियो उथलपुथल

प्रकाशित
1K
SHARES

एजेन्सी। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी ग्यास किन्ने मुलुकले शुक्रबारदेखि नै रुसी मुद्रा रुबलमा भुक्तानी गर्नुपर्ने एक आदेशमा हस्ताक्षर गरेका छन्। अन्याथा ग्यास आपूर्तिको सम्झौता पालना नगर्ने उनले बताएका छन्।

यससँगै युरोपमा उर्जा संकटको जोखिम बढेको छ। रुसको प्राकृतिक ग्यास किन्न उनीहरुले रुसी बैंकहरुमा रुबलमा खाता खोल्नुपर्छ। भोलिदेखि आपूर्ति हुने ग्यासको भुक्तानी उनीहरुले तिनै खाताबाट गर्नुपर्छ, पुटिनले भनेका छन्।

यदि त्यसरी भुक्तानी भएन भने त्यसलाई हामी क्रेताहरु आफ्नो दायित्वबाट चुकेको ठान्नेछौँ। हामीलाई सित्तैँमा कसैले केही दिँदैन। र, हामी पनि कसैलाई दान दिँदैनौँ। अर्थात्, सम्झौता रोक्का हुनेछ, पुटिनले थपे।

युरोपमा प्रयोग हुने एक तिहाइभन्दा बढी ग्यास रुसले आपूर्ति गर्छ। युक्रेन आक्रमणलाई लिएर पश्चिमा मुलुकहरुले आर्थिक नाकाबन्दी गरेपछि रुसले शत्रुतापूर्ण सम्बन्ध भएका मुलुकले ग्यासको भुक्तानी रुबलमा गर्नुपर्ने माग राखेको हो।

युद्ध सुरु भएपछि ओरालो लागेको रुबल ग्यासको भुक्तानी रुबलमै हुनुपर्ने पुटिनको निर्णयपछि उकालो लागेको छ। यसअघि युरोपले युरो र डलरमा रुसी ग्यास खरिद गर्दै आएको थियो।

जर्मनी र फ्रान्सले रुबलमा भुक्तानी गर्न अस्वीकार गरेका छन्। तेस्तै, रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सेनाले आत्मसमर्पण गरेपछि मात्रै युक्रेनी सहर मारिओपोलमा गोलाबारी अन्त्य हुने बताएका छन्।

युक्रेनी राष्ट्रपतिले यसअघि नै आत्मसमर्पण नगर्ने बताइसकेका बेला पुटिनले यस्तो अभिव्यक्ती दिएपछि उनले तेस्रो विश्वयुद्ध गराउन चाहेको आरोप लागेको छ।

मंगलबार राति फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग एक घण्टा लामो फोन वार्तामा उनले सो धारणा राखेको रुसी प्रशासन केन्द्र क्रेमलिनले एक विज्ञप्तिमा जनाएको छ।

सहरबाट नागरिकहरूलाई हटाउने योजनाहरू विचार गर्न भने पुटिन सहमत भएको फ्रान्सेली अधिकारीहरुले बताएका छन् । त्यसपछि रुसले बिहीबार एकदिने युद्धविराम घोषणा गरेको छ।

तर, युक्रेनको चेर्नीहिभ क्षेत्रका गभर्नरले उक्त क्षेत्रमा सैन्य गतिविधि घटाउने वाचाविपरीत रुसी आक्रमणमा कमी नआएको बताए । गभर्नर भिचास्लाभ चाउसले टेलिग्राम म्यासेजिङ एपमा रुसले आफ्नो वाचा पूरा नगरेको भन्दै निन्दा गरेका छन्।

टर्कीमा भएको शान्ति वार्तापछि रुसले मङ्गलवार उत्तरी युक्रेनको किएभ र चेर्नीहिभ क्षेत्रहरूमा आफ्नो सैनिक गतिविधिलाई ‘ठूलो मात्रामा’ कटौती गर्ने बताएको थियो।

रुसका उपरक्षामन्त्रीले एलेक्जेन्डर फोमिङले ‘आपसी विश्वास बढाउनका लागि’ सैन्य गतिविधि धेरै मात्रामा कटौती गर्न लागिएको बताएका थिए।मंंगलबारको शान्ति वार्तामा रुसी पक्षले राजधानी किभ र चेर्निभ क्षेत्र आसपासमा सैन्य गतिविधि घटाउने वाचा गरेको थियो।

तर, त्यहाँका गभर्नर भियाचेस्लभ चाओसले रुसले गरेको आफूले गरेको वाचा उल्लंघन गर्दै केही समयमै चेर्निभमा पुनः हमाला गरेको बताएका छन्। उता पूर्वीयुक्रेनको डोनसेक क्षेत्रमा पनि रुसीले तीव्र आक्रमण गरिरहेको रिपोर्ट गरिएको छ।

यसमा दुवै तर्फबीच ठूलो लडाइँ भइरहेको खबर गरिएको छ। गभर्नर चाओसले भनेका छन्, अब हामीले विश्वास गर्न मिल्छ ? उनीहरूले आफ्नो वचन तोडिसकेका छन्। उनकाअनुसार रुसले चेर्निभमा रातभर बमबारी गरेको छ।

यसैकारण राजधानी किभमा बुधबार बिहानैदेखि हवाई साइरन बजिरहेको अवस्था छ। रुसले आफ्ना सेना फिर्ता ल्याउने वचन दिएको घन्टौँसम्म पनि साइरन रोकिने संकेत देखिएको थिएन।

युक्रेन र अमेरिकी अधिकारीले पूर्वीक्षेत्रलाई निशाना बनाउन रुसले आफ्ना सेना स्थानान्तरण गर्ने प्रयास गरिरहेको शंका गरेका छन्। रुसका उपरक्षामन्त्री एलेक्जेन्डर फोमिनले शान्ति वार्तामा दुवै पक्षबीच विश्वास बढाउन आफूहरूले सैन्य गतिविधि घटाउँदै लैजाने बताएका थिए।

टर्कीको स्तानबुलमा दुई पक्षबीच यसबारे तीन घन्टा लामो छलफल भएको थियो। छलफलमा युक्रेन तटस्थ राष्ट्र रहे रुसले सुरक्षाको ग्यारेन्टी दिने वचनकै आधारमा युद्धबिरामका लागि पहल भएको थियो।

रुसको कदमप्रति आक्रोशित हुँदै राष्ट्रपति जेलेन्स्किीले एक भिडियोमार्फत युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले युक्रेनीयन सोझा र मूर्ख छैनन्’ भन्ने प्रतिक्रिया दिएका छन्।

साथै, उनले रुससँगको वार्ता सकारात्मक भए पनि आफ्नो भूमिमा रुसी फौजको लगातार बमबारी र विस्फोटन कुनै पनि हालतमा बेवास्ता गर्न नसकिने बताएका छन्।

अन्य मुलुकले यसबारे सतर्क भएर अवलोकन गर्ने बताइरहेका छन्। तर, अमेरिकी राष्ट्रपति बाइडेनले भने बोलेअनुसारको कदम नउठाएसम्म आफूले केही भन्न नसक्ने बताएका छन्।

त्यसैगरी, बेलायत, फ्रान्स, जर्मनी, इटलीलगायत पश्चिमी राष्ट्रले कुनै आधारमा रुसलाई हलुका रूपमा नलिन र सचेत भएर बस्न आग्रह गरेका छन्।चाउसकाअनुसार रुसी फौजले बुधबार बिहानसम्म निजहिन क्षेत्रमा हमला गरिरहेको थियो।

यसअघि चेर्निभ सहरका मेयरले बीबीसीसँगको कुराकानीमा घना बस्ती भएको ठाउँमा गरिएको अमानवीय हमला र बमबारीले ३५ भन्दा बढी नागरिक गम्भीर घाइते भएको बताएका थिए। जसमा धेरैले हातखुट्टा गुमाएको र कतिको ज्यानसमेत गएको उनले जानकारी दिएका छन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ