आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रधानमन्त्री भइसकेका व्यक्ती काठमाडौंको मेयरमै भिड्न तयार भएपछि…

प्रकाशित
297
SHARES

काठमाडौं। राजधानीका काठमाडौंको मेयर बन्न लागि पूर्वप्रधानमन्त्रीले नै मैदानमा उत्रने तयारी गरेपछि सामाजिक सञ्जालमा अनेक टिकाटिप्पणी सुरु भएका छन्।

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी जसपाका नेता डा. बाबुराम भट्टराईले आफू काठमाडौंको मेयरमा उठ्ने संकेत गरेपछि उनीमाथि विभिन्न खाले टिप्पणी सुरु भएका हन।

उनले प्रधानमन्त्री भैसकेको मान्छे मेयर बन्न गज्जबले मिल्ने भन्दै यस्तो संकेत गरेका हुन्। डा. भट्टराईले फ्रान्सका पूर्वप्रधानमन्त्री इडुवार्ड फिलिप अहिले त्यहाँको ले हाभ्रे नगरको मेयर रहेको समेत बताएका छन्।

उनले आफूले जिवनमा जनताको लागि सार्थक काम गर्नको लागि जहिले पनि साथिहरूलाई भन्ने गरेको बताएका छन ।सामाजिक सञ्जाल ट्विटरमा एक प्रयोगकर्ताले काठमाडौंको बाटो हिड्दा बाबुरामको याद आउने भन्दै काठमाडौं बनाउन बाबुराम जस्ता आँट भएका ब्यक्तिहरू आउनु पर्ने बताइका थिए ।

उक्त ट्विटको जवाफ दिँदै भट्टराईले मेयरमा उठ्न सक्ने सन्केत गरेका थिए । यस्तो छ बाबुराम भट्टराईको ट्विटः–प्रम भएको मान्छे मेयर बन्न गजबले मिल्छ ! फ्रान्सका पूर्व प्रम Edouard Philippe अहिले त्यहको Le Havre नगरका मेयर छन्।

म सधैं साथीहरूलाई भन्ने गर्छु जीवनमा जनताकालागि केही सार्थक काम गर्ने मन छ भने सांसद ताक्ने हैन आफ्नो पालिकाको प्रमुख/मेयर बन्नोस्! कसैले सुने पो ! हाम्रो संस्कार जो छ!

यता काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरवासीले दिएको धेरै जिम्मेवारी आफूले पूरा गरेको दाबी गरेका छन् ।मेयर शाक्यले सबै वडालाई प्रशस्त बजेट दिएर आफूले काम गर्ने उचित वातावरण बनाइदिएको पनि बताए ।

शनिबार काठमाडौं महानगरपालिका वडा नम्बर १४ को वडा कार्यालय भवन उद्घाटन गर्दै उनले महानगरवासीको सबै चाहना पूरा गर्न नसके पनि उनीहरूले सुम्पिएको धेरैजसो जिम्मेवारी आफूले पूरा गरेको बताए ।

त्यसका लागि सबै वडामा प्रशस्त बजेटको व्यवस्था गरेको उनको भनाइ थियो । मेयर शाक्यले सबै वडा कार्यालयहरुलाई काम गर्न उचित वातावरण बनाएर आफूले अभिभावकीय भूमिका निर्वाह गरेको पनि जिकीर गरे ।

मेयर शाक्यले भने ‘सबै पूरा गर्न नसके पनि धेरै जिम्मेवारी पूरा गरेको छु । मैले टिमलाई व्यवस्थित ढंगले परिचालित गरेको छु ।सबैलाई उचित जिम्मेवारी दिएर काम गर्ने वातावरण बनाइदिएका छौं।

सबै वडा कार्यालयहरुलाई प्रशस्त बजेट पनि दिने, जिम्मेवारी पनि दिएर काम गराएका छौं। र अभिभावकीय भूमिका खेल्नुपर्छ भनेर सोही अनुसार काम गरिरहेका छौं ।

यद्यपि सबै काम सम्पन्न नै भइसक्यो भनेर आफूले नभन्ने मेयर शाक्यको स्वीकारोक्ति थियो। उनले विकास, निर्माणको काम निरन्तरको काम भएको भन्दै त्यसमा आफूले सकेको योगदान दिएको बताएका थिए।

उनले मुद्दा–मामिलाका कारण पनि महानगरपालिका अन्तर्गत सबै वडा कार्यालय बनाउन नसकिएको स्पष्टिकरण दिए।

उपमेयर हरिप्रभा खड्गीले भने सहरलाई व्यवस्थित बनाउन ढल व्यवस्थापनको कामलाई पहिलो प्राथमिकतामा राखेर सबै वडा कार्यालयहरुको कामलाई अघि बढाइएको बताइन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ