आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चुनावको मुखैमा देउवालाई ठुलो झट्का, सर्वोच्चबाट आयो नमिठो खबर

प्रकाशित
1K
SHARES

काठमाडौ। एआईजीमा तीन जना डीआईजीहरू बढुवा भएपछि त्यसविरुद्ध दुई जना डीआईजीहरू सर्वोच्च अदालत पुगेका छन्।डीआईजीहरू घनश्याम अर्याल र प्रकाशजंग कार्की रिट निवेदन बोकेर बिहीबार सर्वोच्च अदालत पुगेका हुन्।

यद्यपि रिट दर्ताको प्रक्रियामा रहेको सर्वोच्च प्रशासनले जनाएको छ। मन्त्रिपरिषद्को बिहीबार नै बसेको बैठकले धीरजप्रताप सिंह, वसन्त पन्त र रबिन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो।

यसअघि बढुवा सिफारिस विरुद्ध ३ जना डीआईजीहरूले उजुरी गरेका थिए। तर, लोकसेवा आयोगको बढुवा उपरको उजुरी सुन्ने समितिले बढुवा सिफारिस सदर गरेको थियो।

बढुवा सिफारिसमा असन्तुष्टि जनाउँदै प्रतिस्पर्धी डीआइजीहरु अर्याल, ईश्वरबावु कार्कीसँगै प्रकाशजंग कार्कीले पनि लोकसेवा आयोगमा उजुरी गरेका थिए।

बढुवा विरुद्ध उजुरी गर्ने डीआइजीहरु प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याचमेट हुन्। उनीहरु आईजीपी क्षेत्रीसँगै २०७९ वैशाख १९ मा अवकाशमा जाँदैछन्।

चैत १ मा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिले तीन जनालाई एआईजीमा बढुवा सिफारिस गरेको थियो।

यस्तै भारत भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय जनता पार्टी भाजपाको मुख्यालयको भ्रमण तथा नेताहरुसँग अन्तरक्रिया गर्ने भएका छन्।

सत्तारुढ भाजपाले दिल्लीस्थित पार्टी केन्द्रीय कार्यालयमा देउवाको स्वागत तथा सम्मानको तयारी गरेको छ ।देउवा दोस्रो पार्टी सभापतिमा निर्वाचित भएपछि भाजपाले उनी र कांग्रेस पार्टीसँग सम्बन्ध विस्तारको प्रयास गरेको छ।

प्रधानमन्त्री दिल्ली आएकै दिन साँझ भाजपाका नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ। अप्रिल १ मा अपरान्ह ३ बजेतिर दिल्लीमा अवतरण गरेपछि देउवा चाणक्यपुरीस्थित होटल आईटीसी मौर्यमा पुग्ने छन्।

त्यहाँ भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र विदेशमन्त्री एस. जयशंकरसँगको भेटवार्तापछि देउवा दीनदयाल उपाध्यायमार्गस्थित भाजपाको मुख्यालय पुग्नेछन्।

त्यहाँ भाजपाका राष्ट्रिय अध्यक्ष जेपीनड्डासहितका वरिष्ठ नेताहरूले देउवाको स्वागत गर्ने कार्यक्रम छ। पार्टी तहमा दुई जना अध्यक्षबीचको पहिलो बैठक हुनेछ ।त्यहाँ पार्टीका विदेश विभागका पदाधिकारी र केही मन्त्रीसमेत उपस्थित रहने जनाइएको छ।

प्रधानमन्त्री देउवासँगै परराष्ट्रमन्त्री नारायण खड्का, ऊर्जामन्त्री पम्फा भुसाल, स्वास्थ्यमन्त्री विरोध खतिवडा र कृषिमन्त्री महेन्द्रराय यादव पनि भ्रमण टोलीमा सहभागी हुनेछन्।

परम्परागत रूपमा नेपाली कांग्रेसको सम्बन्ध भारतमा कांग्रेस आईसँग रहँदै आएको थियो। पछिल्लो पटक कांग्रेस र भाजपा दुवैले पार्टी तहमा सम्बन्ध विकासमा जोड दिएका छन्।

गत भदौमा कांग्रेसको निम्तोमा भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले काठमाडौं पुगेका थिए ।त्यसपछि भाजपाको निम्तोमा कांग्रेसका अन्तर्राष्ट्रिय विभाग प्रमुख प्रकाशशरण महतको नेतृत्वमा कांग्रेस नेताहरु दिल्ली आएका थिए।

भाजपा मुख्यालयपछि देउवा दिल्लीस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा सामेल हुनेछन्। दूतावासले दिल्लीमा रहेका नेपाली समुदायका प्रतिनिधिहरूलाई पनि उक्त कार्यक्रममा बोलाएको छ।

दोस्रो दिन अप्रिल २ मा बिहान साढे १० मा देउवा राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गर्न जाने कार्यक्रम छ। त्यसपछि औपचारिक समारोह र कार्यक्रमका लागि प्रधानमन्त्री देउवा हैदराबाद हाउस पुग्नेछन्।

त्यहाँ भारतीय समकक्षी नरेन्द्र मोदीसँगको छुट्टै भेटघाट र प्रतिनिधिमण्डल तहमा दुईपक्षीय वार्ता हुनेछ। लञ्चपछि संयक्त वक्तव्य जारी गर्दै त्यहाँको कार्यक्रम सकिनेछ।

साँझ होटलमा भारतीय उद्योगी व्यवसायीसँग अन्तरक्रियामा प्रधानमन्त्री सहभागी हुनेछन्। भ्रमणको तेस्रो दिन प्रधानमन्त्रीसहितको टोली बिहानै बनारसका लागि प्रस्थान गर्नेछ।

प्रधानमन्त्री देउवालाई भारत सरकारले विशेष विमानबाट बनारस लाने–ल्याउने गर्नेछ। त्यही दिन प्रधानमन्त्री देउवा दिल्लीबाट अपरान्ह नेपाल एयरलाइन्सको नियमित विमानबाट प्रधानमन्त्री काठमाडौं फर्किनेछन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ