आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चन्द्रागिरी केबलकार जाँदै हुनुहुन्छ ? ख्याल गर्नुहास्, ज्यान जाला

प्रकाशित
465
SHARES

काठमाडौं। शुक्रबार र शनिबार रिफ्रेस हुनका लागि चन्द्रागिरी जानेको घुँइचो लाग्ने गरेको छ। काठमाडौंबाट नजिकै, व्यवस्थित र सरल भएकाले धेरैको रोजाइको गन्तव्य बनेको छ चन्द्रागिरी।

तर चन्द्रागिरी हिल्सले संचालन गरेको चन्द्रागिरी केबलकारको कमजोरीका कारण सयौँको सातो जाने गरेको छ। मंगलबार दिउसो सार्वजनिक भएको एउटा घटनाले केवलकार चढ्न जानेहरु सचेतमात्र होइन् त्रसित हुने अवस्था आएको हो।

यात्रा गरिरहेका कारहरु अचानक रोकिएपछि कोकोहोलो नै मच्चिएको थियो। अचानक रोकिएका कारण तीन घण्टापछि खुलेका थिए। थानकोट प्रहरीका अनुसार केबल कारमा रोकिएकाहरुको उद्धारका लागि प्रहरी नायब उपरीक्षकको कमाण्डमा २ जना चिकित्सक र ,

नर्सहरुसहितको टोली घटनास्थल पुगेको थियो। रोकिन पुगेका ३७ जनालाई केबलकारहरुबाट फर्काइएको थियो। थानकोट प्रहरीका डीएसपी डिल्लीनारायण पाण्डेले ती ३७ जना चढेका कारहरु जेनेरेटरको,

बिजुली चलाएर फर्काउँदा एउटा कार फर्किने गति ज्यादै सुस्त भएकोले ३० मिनेट लागेको जानकारी दिए। उनहरुको इमर्जेन्सि उद्धार गरिए पनि जेनेरेटरमा समस्या देखिएपछि केही समय केवुलकार संचालनमा अबरोध आएको थियो।

दिउँसो करिव ३ बजे प्राविधिक गडवडीका कारण केवुलकार संचालनमा समस्या भएको भए पनि हाल पुन संचालन भइसकेको चन्द्रागिरी हिल्सले जनाएको छ। केवुल कार बन्द हुँदा चन्द्रागिरी डाँडामा करिव ४ सय जना रहेको कम्पनीको भनाई छ।

मर्मतसम्भार समय–समयमा गर्नुपर्नेमा त्यसलाई ख्याल नगर्दा यात्रु कारमै झुण्डिएर बस्नुपर्ने र निसास्सिने अवस्था आएको भन्दै पीडितहरुले केबलकारको निगरानीमा सरकारले ध्यान दिनुपर्ने खाँचो औंल्याएका छन्।

तेस्तै, चन्द्रागिरि हिल्स रिसोर्ट संचालनमा आएको छ। विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि बन्द रहेको केवलकारलाई चन्द्रागिरि हिल्स रिसोर्टमा बस्न जाने पाहुनालाई लक्षित गरेर स्वास्थ्य मापदण्डको पालनासहित सञ्चालनमा ल्याइएको हो।

हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले कोरोनाका कारण पूर्ण रुपमा सञ्चालनमा ल्याउन नसके पनि चन्द्रागिरि हिल्स रिसोर्टमा जाने पाहुनालाई लक्षित गरेर केवलकार सञ्चालनमा ल्याइएको जानकारी दिए।

आठ जना अट्ने केवलकारमा स्वास्थ्य मापदण्डलाई पालना गर्दै चार जनासम्म आवतजावत गर्ने गरी केवलकार सञ्चालनमा ल्याएका छौँ,’उनले भने। १०० कोठा रहेको चन्द्रागिरि हिल्स रिसोर्टमा अहिले दैनिक ४० देखि ५० कोठा पाहुनाले भरिँदै आएका छन्।

थानकोटदेखि चन्द्रागिरिसम्म केवलकारको दुरी साढे दुई किलोमिटर छ। गत वर्ष झण्डै ६ महिना बन्द रहेको केवलकार यो वर्ष झण्डै चार महिना बन्द रह्यो।

काठमाडौं उपत्यकाको मनोरम दृश्य देखिने चन्द्रागिरिमा पृथ्वीनारायण शाहको शालिक निर्माण गर्नुका साथै भालेश्वर महादेवको मन्दिरसमेत निर्माण गरिएको छ।

मन्दिरको अलावा तीन तले भ्यू टावरसमेत बनाइएको छ। चन्द्रागिरि हिल्ससम्म जान आउनका लागि ७०० रूपैयाँ लाग्छ। चन्द्रागिरि केवलकारमा हाल १५० भन्दा बढी कर्मचारी कार्यरत छन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ