आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अमेरिकी राष्ट्रपति रेगनको ह’त्या भएको त्यो दिन

प्रकाशित
4.7K
SHARES

आज ३० मार्च २०२२ । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रम :रोनाल्ड रेगनको ह’त्या।

३० मार्च, १९८१ मा अमेरिकी रोनाल्ड रेगनमाथि जोन हिङक्ली जुनियरले वासिङटन डिसीमा गो’ली हा’ने। यतिबेला रेगले राष्ट्रपति पदको शपथ लिएको केवल दुई महीनामात्रै भएको थियो। डिसीमा एक कार्यक्रम सकेर राष्ट्रपति रेगन आफ्नो गाडीतर्फ फर्कदैं थिएँ।

हिङक्लीले .२२ लङ राईफल बु’लेट हानेका थिए।यो बुलेट राष्ट्रपतिको गाडीको अफ साइडमा लागेर फर्कियो र राष्ट्रपतिको देब्रे काखीमा लाग्यो। राष्ट्रपति रेगन गम्भीर घाइते भए। उनको फोक्सोमा पनि समस्या देखिएको थियो।

र, आन्तरिक रक्तास्राब हुन थाल्यो। चिकित्सकहरूका अनुसार जर्ज वासिङटन विश्वविद्यालय अस्पताल ल्याउँदा उनी मृत्यु नजिक थिए। यसपछि उनको शल्यक्रिया गरियो। १२ दिनसम्म अस्पतालमा बसेपछि ११ अप्रिलमा राष्ट्रपति रेगन डिस्चार्ज भए।

यसपछि स्वस्थ भएर उनले फेरि आफ्नो काम गर्न थाले। यस घटनामा ह्वाइट हाउसका प्रेस सेक्रेटरी जेम्स ब्राडी, गुप्तचर एजेन्ट टिम म्याककार्थी र डिसी प्रहरी अधिकृत थोमस डेलाहान्टी पनि घाइते भएका थिए।

उनीहरू तीनैजना बाँचे। तर, सबैभन्दा धेरै समस्या ब्राडीमा देखियो। उनको मस्तिष्क क्षतिग्रस्त भयो र कहिल्यै काम गर्न सकेन। त्यसैकारण, २०१४ मा उनको मृत्युलाई पनि ह’त्यासरह नै मानियो, किनकी उनी ३३ वर्षअघि लागेको गो’लीकै कारण घाइते भएर यो अवस्थामा पुगेका थिए।

गोली हान्ने हिङक्लीमाथि राष्ट्रपतिको ह’त्या प्रयास, संघीय अधिकारीहरूमाथि आ’क्रमण, खतरनाक ह’तियारबाट आ’क्रमण, नियोजित रूपमा ह’त्या प्रयास, प्रहरी अधिकारीमाथि खतरनाक हतियारमार्फत आक्रमणलगायत ७ वटा मुद्दा चले।

तर, यसमध्ये कुनै पनि प्रमाणित हुन सकेन। उनले त्यतिबेलाकी चर्चित अभिनेत्री जोडी फोस्टरको ध्यान आफूतर्फ आकर्षित गर्नका लागि राष्ट्रपति रेगनमाथि गो’ली हानेको बयान दिएका थिए। हिङक्लीका अनुसार उनी यी अभिनेत्रीसँग एकतर्फी प्रेममा थिए।

मानसिक रोगी भएकाले उनी निर्दोष साबित भए, उनलाई सेन्ट एलिजावेथ अस्पतालस्थित मानसिक सुधारगृहमा लगियो। हिङक्ली १० सेप्टेम्बर २०१६ मा मानसिक सुधार गृहबाट रिहा भए।

हिङक्लीबाट उनी स्वयंम् र अन्य व्यक्तिको ज्यान जाने खतरा नरहेको ठहर गर्दै उनलाई मानसिक सुधार गृहबाट निकाल्नका लागि अदालतले आदेश दिएको थियो। प्यालेस्टाइनीमाथि इजरायलको दमन

सन् १९७६ को ३० मार्चमा हजारौँ प्यालेस्टाइनीहरूले इजरायलको बृहत भूमि अधिग्रहणको विरोधमा प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा इजरायली प्रहरीको हमलामा ६ प्रदर्शनकारीको मृ’त्यु हुनुका साथै दर्जनौँ घाइते भएका थिए ।

अमेरिकाले किन्यो रुसबाट अलास्का: सन् १८६७ मा अमेरिकाले रुसबाट अलास्कालाई किनेको थियो । उत्तर अमेरिकाको उत्तर–पश्चिमी छेउमा रहेको सो क्षेत्रलाई ७२ लाख डलरमा अमेरिकाले रुससँग किनेको थियो ।

ट्रिटी अफ पेरिसमा हस्ताक्षर: सन् १८६५ मा दि ट्रिटी अफ पेरिसमा हस्ताक्षर भएको थियो । हस्ताक्षरसँगै क्रिमिया युद्ध अन्त्य भएको थियो । रुसले ओटोमन साम्राज्य, फ्रान्स, बेलायत र सार्डिनियाको गठबन्धनसँग युद्ध हारेको थियो ।

जिओपार्डीको पहिलो प्रसारण: सन् १९६४ मा प्रख्यात गमे सो जिओपार्डीको पहिलो पटक प्रसारण भएको थियो । अहिले पनि प्रसारण हुने उक्त सो विश्वकै प्रख्यात गेम सो हो ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ