आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

यस्ता छन् प्रधानमन्त्री देउवाको भारत भ्रमणमा हुने सम्झौता

प्रकाशित
285
SHARES

काठमाडौ। प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भारत भ्रमणको सिलसिलामा शुक्रबार त्यसतर्फ प्रस्थान गर्दैछन्। भ्रमणका बेला उनी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय बैठकमा सहभागी हुनेछन्।

त्यसपछि दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा केही समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ। परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणको बेला दुई देशबीच जयनगर–कुर्था रेल सेवा उद्घाटन सम्बन्धी पत्रमा हस्ताक्षर हुनेछ।

हस्ताक्षर लगत्तै दुवै देशका प्रधानमन्त्रीले रिमोटद्वारा भर्चुअल रुपमा रेल सेवाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।उद्घाटनपछि भारतको जयनगरबाट नेपालको कुर्थासम्म रेल सेवा सञ्चालनमा आउनेछ।

उक्त ३५ किलोमीटर रेल सेवा भारतको ८.७७ अर्ब अनुदान सहयोगमा निर्माण गरिएको हो। यस्तै, प्रधानमन्त्री देउवाको भारत भ्रमणको बेला सोलु कोरिडोरमा विद्युत् प्रसारण लाइन निर्माण गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी गरिएको छ।

डिजीटल भुक्तानी प्लेटफर्म’ सम्बन्धी एक सम्झौतापत्रमा पनि हस्ताक्षर गर्ने तयारी भइरहेको परराष्ट्र मन्त्रालय उच्च स्रोतले जनाएको छ। भ्रमणका बेला भारतीय सहयोगमा नेपालमा निर्माण भएका १३२ वटा स्वास्थ्य चौकीको पनि रिमोटबाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

ऊर्जा क्षेत्रमा सोलार इनर्जी र क्लिन इनर्जी सम्बन्धी सम्झौतापत्रमा पनि हस्ताक्षर गर्ने तयारी भइरहेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले दुई देशबीचको विभिन्न सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रमको अवलोकन गरेपछि भारतका उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नेछन्।

चैत २० गते भारतको उत्तर प्रदेशस्थित वारणासी हुँदै प्रधानमन्त्री देउवा स्वदेश फर्कने कार्यक्रम रहेको छ। तेस्तै,जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले भारत, चीन, अमेरिकालगायत आर्थिक शक्तिसँग सन्तुलित सम्बन्ध अनिवार्य भएको बताएका छन्।

रिपोर्टर्स क्लब नेपालको २४औँ वार्षिकोत्सवमा बिहीबार पूर्वप्रधानमन्त्री भट्टराईले मुख्य शक्तिसँग सन्तुलित सम्बन्ध नबनाए दुर्घटनामा हुन सक्ने बताएका हुन्।

नेपालको छरछिमेकीको भूराजनीति बलियो बनेको उनले दाबी गरेका छन्। भारत-चीन र अमेरिकाका सम्बन्धनले हाम्रो आन्तरिक सम्बन्धलाई पनि प्रभावित पार्ने अवस्था बनेको बताउँदै उनले राष्ट्रिय मुद्दामा दलहरूबिच सहमति हुनै पर्ने बताए।

युक्रेनको घटना हाम्रा लागि ठूलो पाठ हो । मुख्य शक्तिसँग सन्तुलित सम्बन्ध नबनाए नराम्रो दुर्घटनामा पर्न सक्छौँ,’ उनले भनेका छन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ