आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बाइडेनले सम्बोधन गरिरहेको बेला रुसले हान्यो मिसाइल, के छ अवस्था ?

प्रकाशित
498
SHARES

एजेन्सी। पोल्याण्डको सीमा नजिक रहेको युक्रेनी शहर लभिभमा रुसले मिसाइल आक्रमण गरेको छ। युरोप भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति जो बाइडेनले पोल्याण्डको वार्समा सम्बोधन गरिरहेको समय पारेर रुसले लभिभमा एक भन्दा बढी मिसाइल आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

युक्रेनको पश्चिमी शहर लभिभमा रुसले तीनवटा मिसाइल आक्रमण गष्रेको हो । एउटा मिसाइल कम्युनिकेशन टावर नजिकै खसेको थियो। यसैबीच लभिभका मेयर एन्ड्री साडोभीले लभिभमा भएको आक्रमण अमेरिकी राष्ट्रपति जो बाइडेनका लागि रुसी सन्देश रहेको बताएका छन्।

उनले भनेका छन्, ‘मलाई लाग्छ आजको आक्रमण आक्रमणकारी रुसले राष्ट्रपति बाइडेनलाई पठाएको सन्देश हुन सक्छ, जो अहिले पोल्याण्डमा छन्। लभिभ शहर पोल्याण्डबाट ७० किलोमिटरको दूरीमा पर्छ।

‘मलाई लाग्छ पूरा विश्वले थाहा पाइसक्यो होला कि जोखिम कति गम्भीर छ, मेयर एन्ड्रीले भने।आक्रमणमा मानवीय क्षति भएको छैन तर पाँचजनालाई अस्पताल लगिएको उनले जानकारी दिएका छन्।

क्रेनी राष्ट्रतिको पछिल्लो अभिव्यक्तीले सिंगो युरोपमा डर बढाएको छ। रुसको आक्रमण युक्रेनमात्रै सीमित नहुने भन्दै राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पश्चिमा राष्ट्रसँग थप सैन्य सहयोगको माग गरेका हुन्।

उनले अमेरिका तथा युरोपियन युनियनसहितका पश्चिमा राष्ट्रसँग युक्रेनका लागि युद्धक विमान माग गरेका हुन्। जेलेन्स्कीले भनेका छन्, रुसी आक्रमणबाट सुरक्षाको मूल्य के हो ? त्यसको स्पष्ट जवाफ छ।

युक्रेनका लागि युद्धक विमान, ट्यांक, एन्टी मिसाइल सुरक्षा प्रणाली हुन्, त्यसको जवाफ या मूल्य। हामीलाई एन्टी–सिप हतियार चाहिएको छ। यी हतियार हाम्रा साझेदारसँग छन्। ती हतियार उनीहरुका गोदाममा धूलो लागेर बसेका छन।

यहाँ हामीलाई हाम्रो रक्षाका लागि चाहिएको छ’ युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भनेका छन्।युक्रेनमात्रै नभएर बाल्टिक क्षेत्रका देशहरु नै रुसी आक्रमणको निशानामा आएको उनले बताए। जेलेन्स्कीले भनेका छन।

पोल्याण्ड, स्लोभाकिया र पूर्वी युरोप नै रुसी आक्रमणको निशानामा छ र यो स्वीकार्य हुनु हुँदैन कसैका लागि पनि। पश्चिमा राष्ट्रको सैन्य गठबन्धन नेटोसँग रहेका ट्यांक र लडाकु विमानमध्ये युक्रेनलाई एक प्रतिशतमात्रै भए पुग्ने जेलेन्स्कीले बताएका छन्।

उनले भनेका छन्, हामीले धेरै मागेका छैनौँ र माग्ने पनि छैनौँ। हामीले ३१ दिन पर्खिसकेका छौँ। युक्रेनले पश्चिमा राष्ट्रसँग लगातार लडाकु विमानको माग गर्दै आएको छ। रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण गर्दै आएको छ।

जसका कारण एक करोडभन्दा बढी युक्रेनी आन्तरिक वा बाह्य रुपमा विस्थापित भएका छन्। तेस्तै महिनादिन बित्दा समेत सफलता हात नलागेपछि रुस अर्कै तयारीमा जुटेको खबरहरु सार्वजनिक भइरहेका छन्।

रुसले युक्रेनमा आफ्नो आक्रमणको अबको निशाना पूर्वी क्षेत्र हुने बताएको छ। रुसको रक्षा मन्त्रालयले पूर्वी क्षेत्रलाई ‘स्वतन्त्र’ बनाउनु अबको रणनीति हुने उल्लेख गरेको हो।

रुसी रक्षा मन्त्रालयले युद्धको प्रारम्भिक लक्ष्य पूरा भएको दाबी गरेको छ। युक्रेनको सैन्य क्षमता कम गरेको र त्यसले युद्धको पहिलो लक्ष्य पूरा भएको दाबी रक्षा मन्त्रालयले गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण गर्दै आएको छ। उसले केही दिनभित्रै युक्रेनमा प्रमुख सहर कब्जामा लिने लक्ष्य बनाए पनि त्यसमा सफल हुन सकेको छैन।

युक्रेनी सुरक्षा बलले कडा प्रतिरक्षा गरिरहेको छ। कतिपय स्थानमा रुसी सैनिकलाई हटाउन पनि सफल भएका छन्। तर रुसले भने युद्धको महिना दिन पुगेपछि आफ्नो प्रारम्भिक उद्देश्य पूरा भएको भन्दै युद्धको रणनीति परिवर्तन गर्ने संकेत दिएको हो।

रुसी जनरल स्टाफका प्रमुख सर्गेइ रुड्स्कोले भनेका छन् युद्धको पहिलो चरणको काम पूरा भएको छ। युक्रेनी सैनिकको क्षमता निकै कम भएको छ। यसले हामीलाई डोनबास क्षेत्रलाई स्वतन्त्र बनाउने हाम्रो प्रमुख लक्ष्यमा केन्द्रित हुन सहयोग गरेको छ।

रुसले लगातार युक्रेनको राजधानी किएभसहितका प्रमुख सहरलाई निशाना बनाएर गोलाबारी गर्दै आएको छ। रक्षा मन्त्रालयले युक्रेनी सेना कमजोर भएको दाबी गरे पनि रुसले नै ठूलो क्षति बेहोरेको बताइन्छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ