आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फेरि फुट्यो माओवादी, चुनावको मुखमा नयाँ पार्टी घोषणा

प्रकाशित
3.9K
SHARES

काठमाडौ। चुनावको मुखैमा माओवादी फुटेको छ। फुटपछि नयाँ मोर्चाको घोषणा भएको हो। मोहन वैद्यले नेतृत्व गरेको पार्टीभित्र बज्रपात भएको छ। नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीले निर्वाचन बहिष्कार गर्ने भएपछि पार्टीबाट विद्रोह गर्दै युवा, विद्यार्थीहरुले संयुक्त समाजवादी मोर्चाको घोषणा गरेका छन्।

क्रान्तिकारी माओवादीले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन बहिष्कार गर्ने निर्णयमा असन्तुष्टि जनाउँदै पार्टीका युवा तथा विद्यार्थी नेताहरुले सो पार्टी परित्याग गरेका हुन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका पूर्वकेन्द्रीय अध्यक्ष तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य सेवन्तराज भण्डारीको नेतृत्वमा संयुक्त समाजवादी मोर्चाको घोषणा गरिएको हो।

पार्टीले निर्वाचनलाई बहिष्कार, उपयोग र फेरी बहिष्कारको नीति लिएर यथास्थिति गोलचक्करमा फसेकाले पार्टी परित्याग गर्नुपरेको संयुक्त समाजवादी मोर्चाका अध्यक्ष भण्डारीले बताए।

उनले मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले तत्कालिन माओवादी पार्टीबाट विभाजन हुनुको औचित्य पुष्टि गर्न नसकेको उल्लेख गरे। उनले मोहन वैद्यको नेतृत्वमा समाजवादी क्रान्ति पुरा गर्न सम्भव नभएकाले युवाहरुले विद्रोह गरेको पनि बताए।

उनले नवगठित मोर्चा आगामी वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा भाग लिने बताए। तत्काल आफूहरुको मोर्चा निर्वाचन आयोगमा दर्ता हुन नसक्ने भएकाले अन्य पार्टीको निर्वाचन चिन्हमार्फत निर्वाचनमा जाने अध्यक्ष भण्डारीले बताए।

मोर्चाले शान्तिपूर्ण रुपमा समाजवादी क्रान्तिको कार्यक्रमलाई अगाडी बढाउने उनले बताए। मोर्चाले १५ दिन भित्रमा राष्ट्रिय सम्मेलनको आयोजना गर्ने जनाएको छ।

तेस्तै, स्थानिय चुनाव नजिकिरहेका बेला प्रमुख प्रतिपक्षी दल नेकपा एमाले प्रवेश गर्नेको लर्को नै लागिरहेको छ । देशभरबाट दैनिक सयौ, हजारौको संख्यमा एमाले प्रवेश गरेका खबरहरु सार्वजनिक भइरहेका छन् ।

चर्चित व्यक्ती देखि राजनीतिको उपल्लो तहमा पुगिसकेका व्यक्तीहरु पार्टी नै छाडेर एमालेमा भित्रिने क्रम पनि बढेको छ। यसैबचि आज सिंगो एउृटा पार्टी नै एमालेमा समाहित हुने भएको छ ।

समाजवादी जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रेमबहादुर सिंहको नेतृत्वमा रहेको सिंगै दल र अभिनेत्री करिश्मा मानन्धरलगायत आज एमाले प्रवेश गर्ने कार्यक्रम रहेको छ। पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धर मंगलबार नेकपा एमालेमा प्रवेश गर्दै छन् ।

मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय थापाथलीमा अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ। समाजवादी जनता पार्टीका अध्यक्षसमेत रहेका सिंहको पार्टी नै एमालेमा समाहित हुन लागेको हो।

सिंह तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको मन्त्रिपरिषदमा पनि २०७३ सालमा खानेपानी मन्त्री भएका थिए। अभिनेत्री मानन्धर पहिले नयाँ शक्ति पार्टीमा सक्रिय थिइन्। उनी पनि आफ्नो समूहसहित एमालेमा प्रवेश गर्न लागेकी हुन्।

यतिबेला स्थानिय तहको चुनावका लागि दलहरु तालमेल देखि चुनावी प्रचारप्रसारका लागि अहोरात्र खटिन थालेका छन् । प्रमुख दलहरु एउटाबाट अर्कोमा नेताकार्यकर्ताहरु प्रवेश गर्नेको लहर नै चलेको हो ।

यसैबीच बालकोटमा तनाव हुने खबर बाहिरिएको छ । नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य नै माधव कुमार नेपाल नेतृत्वको नेकपा एसमा हुईकिएका हुन् । नेकपा एमालेका पूर्वकेन्द्रीय सदस्य एवं पूर्व ताप्लेजुङ जिल्ला इन्चार्ज भाष्कर काफ्ले नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

एमालेले लोकतान्त्रिक मूल्यमान्यता त्यागेको र पार्टीभित्र केपी शर्मा ओलीको अधिनायकवाद हाबी भएको भन्दै काफ्लेले एमाले त्यागेको घोषणा गरेका छन् ।

पार्टीभित्र आन्तरिक एकताका लागि गरिएको प्रयत्न सफल नभएकाले नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेको उनले बताए। एमालेभित्रै रहेर यसलाई लोकतान्त्रिक पार्टी बनाउन कोसिस गरियोतर चितवन महाधिवेशनबाट ओलीले पार्टीलाई अधिनायकवादतिर लगे।

जनवर्गीय संगठनमा पनि चुनाव हुन नदिई खल्तीबाट नाम झिकेर पढ्न थालेपछि एमाले कम्युनिष्ट आन्दोलनका लागि अयोग्य भयो भन्ने निष्कर्षका साथ नयाँ यात्रामा लागेको छु, काफ्लेले भने ।

एमाले विभाजनका बेला सनाखतमा अनुपस्थित भएर १० बुँदे पक्षधर बन्दै काफ्ले समाजवादीमा लागेका थिएनन् । एकीकृत समाजवादीले उनलाई पोलिटब्यूरो सदस्यको जिम्मेवारी दिने निर्णय गरिसकेको छ।

झापा क्षेत्र नम्बर २ का काफ्लेले आगामि निर्वाचनमा ओलीविरुद्ध चुनाव लड्ने घोषणा समेत गरेका छन् । ‘झापामा केपी ओली जुन क्षेत्रबाट चुनाव लडेपनि उनीविरुद्ध उभिने संकल्प गरेको छु, काफ्लेले भने ।

यता पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले के भने ? नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले स्थानीय चुनावबारे दलहरूसँग परामर्श नगरेको बताएका छन्। आयोग सत्तारूढ गठबन्धनको दबाबमा रहेको पनि ओलीको भनाइ छ ।

आज काठमाडौंमा पार्टी पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मतपत्रमा हुने दलहरूको चुनावी चिन्हको रङ बदल्दा सत्तागठबन्धनसँग छलफल भए पनि अरू दलसँग आयोगले परामर्श नगरेको दाबी गरेका छन्।

आयोगले दलहरूसँग परामर्श गरेको छैन। मतपत्रको रङ बदल्दा सत्तागठबन्धनसँग छुट्टै छलफल भएको छ। भित्रभित्र रङ बदलेर हरियो रूख किन राख्नुपर्थ्यो। सकेदेखि अरू पनि हरियो बनाउन पर्थ्यो। सूर्य कसरी हरियो हुन्छ,’ उनले भने।

हामीलाई रातो सूर्य देऊ न त।’ सरकारले आयोगसँग छलफल गरेर मतपत्रमा हुने चिन्हको रङ हरियो बनाएको दाबी ओलीको थियो। उनले यसपालि चुनावमा मतपेटिका आफूहरूकै वरपर हुनुपर्ने बताएका छन्।

‘यसपल्ट मतपेटिका हाम्रो आँखाबाट पर हुँदैन। हाम्रो आँखा अगाडि मतपेटिका हुनुपर्छ,’ उनले भने, ‘यसपल्ट मतपेटिका मत गनेर नसकिँदासम्म छोड्ने होइन।

पहिले सुनसरी ३ मा यस्तै भएको छ। सजगता अपनाउनुपर्छ।’ उनले पार्टी प्रवेशको लहर नै चलेको बताए। उनले केही मुद्दा सर्वोच्चमा रहे पनि एमालेले कुनै पनि दबाब नदिने बताए।

हामी अहिलेको गठबन्धनले जस्तो अदालतलाई प्रहार गर्दैनौं, उनले भने, ‘सर्वोच्च साँच्चिकै सम्मानित हुन सकोस्। यो स्वच्छ थलोका रूपमा आम जनताले सम्मान गर्न पाउन भन्ने चाहन्छौं।

प्रतिक्रिया

आजको ट्रेन्डिङ