आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विश्वलाई चकित पार्दै रुस-युक्रेनबीच भयो यस्तो सहमति, अमेरिका-चीनमा समेत तरङ्ग

प्रकाशित
2.9K
SHARES

काठमाडौं। विश्वलाई चकित पार्दै  रुस र युक्रेनबीच मंगलबार टर्कीको राजधानी इस्तान्बुलमा सम्पन्न शान्ति वार्ता रचनात्मक भएको रुसी अधिकारीहरुले जानकारी दिएका छन्।

युक्रेनी प्रतिनिधिसँगको छलफलमा रुसले युक्रेनी राजधानी किभ र चर्निहिभमा सैन्य गतिविधि कम गर्ने सहमति गरेको पनि बीबीसीले जनाएको छ। उता युक्रेनले भने युद्धविरामको विषयमा सहमति बन्न नसकेको जनाएको छ।

युक्रेनका अनुसार क्राइमियाको विषयमा अलग्गै छलफल हुनुपर्छ। आगामी दुई हप्तापछि फेरि दुई देशको प्रतिनिधिबीच अर्को चरणको वार्ता गर्ने समझदारी भएको छ।

टर्कीका राष्ट्रपति रेसेप ताइप एर्दोगानले मङ्गलबार इस्तानबुलमा वार्ताको आयोजना गरेका थिए। उनले सो क्रममा रुसी र युक्रेनी प्रतिनिधिमण्डललाई युद्ध अन्त्य गर्न आग्रह गरेका थिए।

युक्रेनको प्राथमिकतामा युद्धविराम थियो। यद्यपी रुसले अगाडि सारेको मागका कारण कुनैपनि विषयमा सहमति भने हुन नसकेको पाइएको छ। रुसले युक्रेनलाई नेटोमा आवद्ध हुने मनसाय त्याग्न भनेको छ। यो विषयमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सकरात्मक छन्।

रुसले पूर्वी युक्रेनी क्षेत्र लुहान्स्क र डोनेट्स्कलाई स्वतन्त्र राज्य घोषणा गर्न माग गरेको छ। साथै क्राइमियालाई रुसी क्षेत्र मान्नुपर्ने पनि रुसको माग छ। यी विषयमा भने युक्रेन सकरात्मक छैन।

४० युक्रेनी सेना मार्ने रुसी स्नाइपर युक्रेनी सेनाको नियन्त्रणमा: रुसकी खतरनाक महिला स्नाइपर युक्रेनी सेनाको नियन्त्रणमा पुगेकी छिन्। युक्रेनी सेनाले दिएको जानकारी अनुसार ४० युक्रेनी सेना मार्ने रुसी स्नाइपर इरिना स्टारिकोभालाई नियन्त्रणमा लिइएको हो।

युक्रेनी सेनाको गोलीबाट घाइते भएकी उनलाई रुसी सेनाहरुले छाडेर भागेका थिए। खबरअनुसार यतिबेला युक्रेनी चिकित्सकको मद्दतले उनको ज्यान जोगिएको छ।दुई सन्तानकी आमा इरिनाले आफूलाई रुसी सेनाले मर्न युद्ध मैदानमै छाडेको प्रतिक्रिया दिएकी छिन्।

मेट्रो को युकेका अनुसार इरिना पूर्वी युक्रेन डोनेट्स्की विद्रोही लडाकु हुन्। विद्रोहीलाई रुसले साथ दिँदै आएको छ। उनले युक्रेन सरकारविरुद्ध हतियार उठाउँदै आएकी थिइन्।

त्यसमाथि जब रुसले युक्रेनमा आक्रमण थाल्यो तब उनी रुसी सेनाको पोशाकमै युक्रेनविरुद्ध उत्रेकी हुन्। सन् २०१४ यता उनको हातबाट ४० युक्रेनी सेनाको ज्यान गएको बताइएको छ। उनी युक्रेन प्रहरीको खोजीको सूचीमा पनि थिइन्।

बाइडेनद्वारा चीन र रुसको खतरा सामना गर्न ठूलो रक्षा बजेट प्रस्ताव: चीन र रुसबाट खतरा बढेको भन्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी वर्षको बजेट बढोत्तरी गर्ने प्रस्ताव गरेका छन्।

चीन र रुसको खतरासँग सामना गर्न बाइडेनले रक्षा बजेट ४ प्रतिशतले वृद्धि गर्ने प्रस्ताव राखेको सीएनएनले जनाएको छ। खबरअनुसार ८१३ अर्ब अमेरिकी डलरको रक्षा बजेट प्रस्ताव गरिएको हो।

सीएनएनसँगको कुराकानीमा एक वरिष्ठ अमेरिकी रक्षा अधिकारीले भनेका छन्,‘समग्र क्षमतालाई र अर्थतन्त्रलाई हेर्दा चीन हाम्रो सबैभन्दा चुनौतीपूर्ण रणनीतिक खतरा बनेको छ। अध्ययन र बजेटले पनि त्यसै भन्छ।

रक्षा बजेट नौसैनिक जहाजहरु तथा अन्य हतियारहरुमा खर्च हुनेछ। रुसी आक्रमण युरोप तिर बढ्छ कि भन्ने चिन्ता अमेरिकालाई छ। यस्तै चीन र अमेरिकाबीच त व्यापार, प्रविधि, मानवअधिकार तथा अन्य भूराजनीतिक विषयमा विवाद पहिल्यैबाट रहँदै आएको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ