आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बालबाल बाँचे देउवा, कसले बिछायो एम्बुस ?

प्रकाशित
1K
SHARES

काठमाडौं। नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विछाएको एम्बुसबाट बालबाल बाँचेको बताएका छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा देउवाले यस्तो कुरा बताएका हुन्। सत्ता गठबन्धनको दोस्रो ठूलो घटक माओवादी केन्द्रले बिहीबार नै सरकारलाई अल्पमतमा पार्नका लागि गोप्य परामर्श  गरेको सूचना लिक भएको छ।

एम्बुस थापेको सूचना बालुवाटार पुगेको थाहा पाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुखलाई आग्रह गरेर प्रतिनिधिसभाको बैठक स्थगित गर्न लगाएको खुलेको छ।

तेस्तै, नेपाली काँग्रेसको पदाधिकारी बैठकमा लफडा भएको छ। बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच चर्काचर्की भएको छ।

सभापति देउवा र नेता पौडेलबीच चर्काचर्की भएपछि देउवाले बीचमै बैठक छाडेका छन्। पौने चार बजेबाट सुरु भएको बैठककमा वरिष्ठ नेता पौडेलले तीनवटा प्रस्ताव अघि सारेका थिए ।

पार्टीबाट मन्त्री बनाउँदा आफूखुसी किन गरेको भन्दै देउवासँग जवाफ मागेका थिए। पौडेलले प्रस्तावसहित जवाफ मागेपछि देउवा पनि झोक्किएका थिए।

देउवा झोक्किएपछि बैठक सुरु भएको केही बेरमै उठेर हिँड्न लागेका थिए। तर केही नेताले उनलाई समाएर बस्न आग्रह गरेका थिए। त्यसपछि केही बेर बसेका देउवा पाँच दलीय गठबन्धनको बैठकमा जानुपर्ने भन्दै बैठकबाट निस्किएका थिए।

नेपाली कांग्रेसका दुईजना महामन्त्रीहरु गगनकुमार थापा र विश्वप्रकाश शर्माबीच माओवादी केन्द्रसहितको चुनावी गठबन्धनलाई लिएर मत बाझिएको छ।

तीन दिनदेखि पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्य समिति बैठकमा एकजना महामन्त्री थापाले आफूलाई गठबन्धनको विपक्षमा उभ्याएका छन्। बैठकमा आफ्ना कुरा राख्ने क्रममा महामन्त्री थापाले गठबन्धनलाई सैद्धान्तिक रुपमा पुष्टि गर्न नसकिने पनि बताए।

म चुनावी गठबन्धनको पक्षमा छैन। गठबन्धनलाई सैद्धान्तिक हिसाबले पुष्टि गर्न सकिँदैन उनले बैठकमा भने, देशभरका लाखौँ मतदातालाई रुखबाहेक अन्यत्र भोट हाल्न भन्ने हो भने तिनले भविष्यमा रुखमै भोट हाल्छन् भन्ने के ग्यारेन्टी ?

महामन्त्री थापाले अहिले माओवादी केन्द्रको हँसिया हथौडा र नेकपा एकीकृत समाजवादीको कलम चुनाव चिन्हमा भोट हालेको कांग्रेस कार्यकर्ताले भविष्यमा रुखमा भोट नहाल्ने पनि बताए।

तर अर्का महामन्त्री शर्माले भने चुनावी तालमेल आवश्यक रहेको बताउँदै सभापति शेरबहादुर देउवाको पक्षमा आफूलाई उभ्याए। बैठकमा सहभागी एकजना केन्द्रीय सदस्यका अनुसार बैठकमा महामन्त्री शर्माले गठबन्धन आवश्यकता हेरेर गर्नुपर्ने तर्क गरेका थिए।

उहाँ विश्वप्रकाश शर्मा ले विगतमा नेपाली कांग्रेसले पाप्त गरेको मत र अन्यले प्राप्त गरेको मतको तथ्यांक पनि पेश गर्नु भयो एक केन्द्रीय सदस्यले भने, विगतको नतिजाको पनि विश्लेषणका आधारमा उहाँले तालमेल आवश्यक रहेको कुरा राख्नु भयो।

नेपाली काँग्रेसका नेता शेखर कोइरालाले गठबन्धन किन गर्ने र केका लागि गर्ने भनेर प्रश्न गरेका छन्। सोमबार केन्द्रीय पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कमिटीको बैठकमा कोइरालाले रुष्ट कार्यकर्तालाई सम्बोधन नगरी गठबन्धन कसरी गर्ने।

भनेर पार्टी सभापति शेर बहादुर देउवालाई प्रश्न गरेका हुन्। उनले प्रश्न गरे, सभापतिले एमाले बलियो भनेपछि कार्यकर्ताको मनोबल कसरी बढाउनु रु काँग्रेसको नीति र सिद्धान्तलाई तिलाञ्जली दिएर कसरी माओवादीलाई बोक्न सकिन्छ र ?

मंसिरमा भएको महाधिवेशनमा शेरबहादुर देउवासँग सभापतिमा पराजित भएका कोइरालाले माथिबाट गरिएको गठबन्धनलाई तलका कार्यकर्ताले मानेनन् भने के हुन्छ भन्ने प्रश्न गर्दै उनले त्यसतर्फ ध्यान दिन जरुरी रहेको बताए।

कोइराला पछि बोलेका गृहमन्त्री समेत रहेका नेता बालकृष्ण खाणले गठबन्धनको सरकार बन्ने समयमा नै तीनै तहको निर्वाचनमा गठबन्धन गर्ने सहमति भएको बताए । उनले त्यो सहमति काँग्रेसले तोड्न नमिल्ने बताए।

तर गठबन्धनको नाममा आफ्नो संगठन अलगथलग पार्न नहुने उनले धारण राखे। यस्तै नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जानुपर्ने बताएकी छिन्।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा सहभागी हुन पुगेकी कोइरालाले आफ्नै दाईसमेत रहेका शेखर कोइरालालाई जवाफ दिँदै गठबन्ध गर्नुपर्ने बताएकी हुन्।

तेस्तै, प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग्ने आफ्नै पार्टीका नेताहरुलाई हप्काएका छन्। प्रधानमन्त्री देउवाले अहिले अर्थमन्त्री शर्माले अर्थतन्त्रको सुधारको लागि पछिल्लो समय राम्रो काम गरेको भन्दै बचाउ गरेका थिए।

पार्टीको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य प्रकाश रसाईली ‘स्नेही’ ले अर्थमन्त्री जनार्दन शर्माको राजीनामाको माग गरेका थिए । उनले व्यापार घाटा बढेको, अर्थतन्त्र ओरालो लागेको र सुधारको प्रयास नभएको भन्दै अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न,

सभापति एवं प्रधानमन्त्री देउवासँग माग गरेका थिए ।स्नेहीलगायत केही नेताहरुले हिजोको बैठकमा अर्थमन्त्रीको राजीनामा मागेको कुरा आएको थियो ।तर, सभापति देउवाले भने अहिले अर्थमन्त्रीको राजीनामा माग्ने कुरा नगर्नुहोस भन्दै सम्झाएका थिए।

पछिल्लो समय प्रधानमन्त्री देउवासँग नेकपा ९मओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहालले गरेको भेटवार्तामा अर्थमन्त्रीलाई कुनैपनि हालतमा नहटाउने समझदारी बनेको छ।

अर्थमन्त्री शर्मा भने आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेटको सम्बन्धमा वित्तीय संघीयता सम्बन्धी बिज्ञ तथा सरोकारवालाहरुसँग छलफलमा व्यस्त छन्। उनले आफूले मुलुक र जनताको हितलाई केन्द्रविन्दुमा राखेर नै काम गरेको बताउने गरेका छन्।

तेस्तै, स्थानीय तह निर्वाचनमा झन्डै तीन हजार मतदान स्थल अति संवेदनशीलको सूचीमा परेका छन्। सुरक्षा जोखिमलाई मध्यनजर गर्दै नेपाल प्रहरीले देशभरका दुई हजार ९०० भन्दा बढी मतदान स्थललाई अति संवेदनशील मतदान केन्द्रको सूचीमा राखेको हो।

त्यस्तै चार हजारभन्दा बढी मतदान स्थललाई संवेदनशील र तीन हजार मतदान स्थल सामान्य अवस्थामा राखिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी विष्णु केसीले जानकारी दिए ।निर्वाचन आयोगले देशभर १० हजार ७५६ मतदान स्थल तोकेको छ। जसमा २१ हजार ९५५ मतदान केन्द्र तोकिएका छन् । अति संवेदनशील मतदान स्थलमा अलि बढी सुरक्षाकर्मी खटाइनेछन्।

अति संवेदनशील भनिएको ठाउँमा आवश्यकताको आधारमा ११ जनाभन्दा बढी सुरक्षाकर्मी खटाइने उनको भनाइ छ । अति संवेदनशील हुनुपर्ने तर सदरमुकाम नजिक भएका, तत्काल थप सुरक्षाकर्मी परिचालन गराउन सकिने मतदान स्थललाई संवेदनशील तथा सामान्य मतदान स्थलको रूपमा राखिएको प्रवक्ता केसीले बताए।

कस्तो खालको सुरक्षा चुनौती छ ? यसपटकको निर्वाचनमा विगतको जस्तो सुरक्षा चुनौती नरहेको सुरक्षा अधिकारीहरूको बुझाई छ। विगतका निर्वाचनमा विभिन्न आपराधिक समूह तथा राजनीतिक समूहहरू थिए । २०७४ सालकै निर्वाचनमा विप्लव समूह थियो। तराई मधेसमा सिके राउतको अर्धभूमिगत समूह थियो, एसएसपी केसीले भने, ‘ती समूहले मतदातालाई तर्साउने, धम्क्याउने, मतदान गर्न जान नदिने जस्ता काम गरेका थिए। अहिले त्यस्तो कुनै चुनौती छैन।

सुरक्षा निकायले यो पटकको चुनावमा औल्याएका सुरक्षा चुनौती सामान्य खालका छन् । ‘पहिलाको जस्तो सुरक्षा चुनौती छैन् । राजनीतिक दल(दलबीच आपसी सभा सम्मेलन गर्दा सामान्य झडप हुन सक्ने, भौगोलिक विकटता, सवारी साधन जान नसक्ने, मतपेटिका संकलन गर्दा हुन सक्ने सम्भावित घटनाहरू। यस्ता प्रकारका चुनौती मात्र छन्,’ प्रवक्ता केसीले भने ।

नेपाल प्रहरीबाट स्थानीय तह निर्वाचनका लागि ७० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुनेछन् । त्यस्तै प्रहरीकै निर्देशनमा एक लाख म्यादी प्रहरी पनि चुनावमा खटिनेछन् । यसका साथै ३४ हजार बढी सशस्त्र प्रहरी बल, १८ हजार बढी अनुसन्धान विभागका सुरक्षाकर्मी र नेपाली सेनाबाट आवश्यकताअनुसार सेना परिचालन हुनेछन् । निर्वाचन लक्षित गरेर चारवटै सुरक्षा निकायले निर्वाचन सुरक्षा सेल गठन गरेका छन् । त्यही सेलबाट निर्वाचन सुरक्षासम्बन्धी आवश्यक काम कारवाही भइरहेका छन् ।

गत बिहीबार मात्रै एकीकृत सुरक्षा नीति पारित गरेको थियो । गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले उक्त एकीकृत सुरक्षा नीति पारित गरेको थियो । एकीकृत सुरक्षा नीतिअनुसार नेपाल प्रहरीका जनशक्ति मतदान स्थल र मतदान केन्द्रको भित्री सुरक्षामा रहनेछन् । निर्वाचन स्थलमा एक लाख म्यादी प्रहरी पनि खटाइनेछ ।

त्यस्तै मतपेटिकाको पुर्‍याउने, ल्याउने काम पनि प्रहरीले नै गर्नेछ ।यसैगरी, मतदान स्थल र मतदान केन्द्रको बाहिरी भाग तथा बाहिरी गस्तीमा सशस्त्र प्रहरीले सुरक्षा दिनेछ । निर्वाचन कार्यालयको सुरक्षासमेत सशस्त्र प्रहरीले गर्दै आएको छ ।नेपाल प्रहरीले एआईजी सहकुलबहादुर थापाको नेतृत्वमा निर्वाचन सेल गठन गरेको छ ।

उक्त सेलले निर्वाचन केन्द्रित सुरक्षाको काम गर्दै आएको छ । त्यस्तै सशस्त्र प्रहरी बल नेपालले समेत निर्वाचन सुरक्षा रणनीति तयार पारेर तल्ला तहसम्म नै काम गरिरहेको छ । सशस्त्रले केन्द्रीय निर्वाचन सेल, बाहिनी, गण तथा गुल्ममा निर्वाचन सुरक्षा सेल गठन गरेर हाल देशभर अनुशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको सशस्त्र प्रहरी प्रवक्ता कमलप्रसाद तिउसिनाले जानकारी दि।

प्रतिक्रिया

आजको ट्रेन्डिङ