आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

जनयुद्ध घोषणा गरेका पार्टीले थाल्यो एक्सन, दुई जना घाइते

प्रकाशित
480
SHARES

विराटनगर। केही दिन अघि जनयुद्ध घोषणा गरेको हिमाल सुरक्षा परिषद् नेपालले आजबाट एक्सन थालेको छ। परिषदले पहिलो घटना स्वरुप सुनसरीको इटहरीमा बम विष्फोट गराएको छ।

सोमबार राति करिब १० बजे इटहरी उपमहानगरपालिका २ को नवजागृति टोलमा बम विष्फोट गराएको हो। विष्फोटमा परी दुई जना घाइत भएका छन्।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काका अनुसार बम विष्फोटमा परेर इटहरी उपमहानगरपालिका २ नवजागृति टोलमा बस्दै आएका २२ वर्षीय रविन थापा र लमजुङका २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका छन्।

उनका अनुसार थापाको डेरामा बम विष्फोट भएको थियो। विष्फोटमा परी घाइते भएका थापाको विराटनरआँखा अस्पताल र गुरुङलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ।

घटनास्थलबाट हिमाल सुरक्षा परिषद् नेपालको पर्चा बरामद भएको प्रहरीले बताएको छ। परिषद्ले हिन्दु राष्ट्रको माग गर्दै फागुन १५ गतेबाट सशस्त्र संघर्षको घोषणा गरेको थियो।

विष्फोटमा घाइते भएकाहरू परिषद्को कार्यकर्ता भएको प्रहरीको आशंका छ। थापाको डेरामा गुरुङ केही दिनअघि पाहुना आएका थिए। विष्फोट भएको बम सुतली हुनसक्ने डीएसपी खड्काले बताए।

संघीयता खारेज, हिन्दु राष्ट्र घोषणा, नागरिकता छानबिन गर्नुपर्ने, भारत–चीन सीमा विवाद समाधान गरिनुपर्ने, एमसीसी सम्झौता खारेज गरिनुपर्ने लगायतका माग राख्दै परिषद् संघर्ष घोषणा गरेको थियो। सोही परिषद्ले झापाको बिर्तामोड रदमकमा बम आतंक सिर्जना गरेको थियो।

गत माघ ९ गते बिर्तामोडको पश्चिम बसपार्क र माघ १३ गते दमक ५ मा रहेको एक चर्चको गेटमा शंकास्पद बस्तु फेला परेको थियो। सो घटनामा संलग्न भएको आरोपमा झापा प्रहरीले ९ जनालाई पक्राउ गरेको थियो।

तेस्तै, विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र विरोधी पक्षले पार्टी केन्द्रीय कार्यालयमै पत्रकार सम्मेलन गर्न खोजेपछि तनावको स्थिति सिर्जना भएको छ।

असन्तुष्ट पक्षले सोमबार बैठक गरेर अध्यक्ष मिश्रलाई किन कारबाही नगर्ने भनेर तीनदिने स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। त्यसबारे जानकारी दिन पार्टी केन्द्रीय कार्यालय बखुण्डोलमा ११ बजे पत्रकार सम्मेलन आयोजना गरिएको थियो। त्यो कार्यक्रम रोक्न अध्यक्ष मिश्र पक्षले,

कर्मचारी बाहेक अन्यका लागि पार्टी केन्द्रीय कार्यालय बन्द गरेको सूचना जारी गरेको छ। अनधिकृत व्यक्तिहरुले कार्यक्रम गर्न खोजेको र त्यसको कारण उत्पन्न जोखिमलाई ध्यानमा राखी अनिश्चितकालका लागि कार्यालय बन्द गरेको सूचनामा उल्लेख छ।

कार्यालय बन्द गरेपछि असन्तुष्ट पक्षका नेता कार्यकर्ताहरुले विरोध जनाएका छन्। त्यस क्रममा होहल्ला र नाराबाजी भएको थियो। असहज स्थिति उत्पन्न भएपछि प्रहरी पनि परिचालन गरिएको छ।

तेस्तै, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजावादी शक्तिहरूसँग भेटेर खतरनाक योजना बनाउने गरेको खुलासा गरेका छन्।

सोमबार काठमाडौंमा युवा संघ नेपालको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेका अध्यक्ष ओली राजावादी शक्तिहरूसँग मध्यरातमा अज्ञात ठाउँमा बसेर खतरनाक योजनाहरु बनाउने गरेको गम्भीर आरोप लगाएका हुन्।

उनले ओली विगतदेखि नै गणतन्त्रको पक्षमा नभएको पनि बताए। उनले तत्कालिन एमालेमा आफ्नो पक्षमा रहेका ‘दश भाइ’ नेताहरुकै सहारा र सहयोगमा ओलीविरुद्धमा लागेको भएपनि आफूले उनीहरुबाट धोका पाएको बताए।

अध्यक्ष नेपालले तत्कालिन समयमा आफू ओलीका विरुद्धमा चट्टानी अडानका साथ उभिएको पनि बताए। अध्यक्ष नेपालले ओलीसँग विद्रोह गर्न नसकेकाहरु एमालेमा निरीह भएर बसेको टिप्पणी गरे।

उनीहरुलाई कमिटीमा एक शब्द पनि बोल्न नदिइएको, छलफल र परामर्शमा भाग लिन नदिएको भन्दै उनले आफूहरु त्यसैगरी बेइज्जत नहुनका लागि एमाले छाडेको बताए।

एमालेले गुण्डा जमात तयार पारेकाले त्यहाँ फरक मत राख्नेलाई हातपात पनि हुनसक्ने उनले बताए। अध्यक्ष नेपालले समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्रीको व्यवस्थामा पार्टी उभिएमा वामदेव गौतमपनि समाजवादीमा आउन चाहेको बताए।

तर केपी ओलीले प्रत्यक्ष निर्वाचित कार्यकारी भएर पाँच वर्ष चलाउन पाए आफूहरुको हड्डी जाँतोमा पिसेर सुध्याइदिने भन्दै त्यसो गर्न नसकिने जवाफ दिएको उनले बताए। उनले पार्टीका युवाहरुलाई आगामी स्थानीय तहको निर्वाचनमा केन्द्रीत हुन निर्देशन दिए।

प्रतिक्रिया

आजको ट्रेन्डिङ