आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

युक्रेनी सेनाको कारवाहीमा मारिएका रुसी सेनाका ५ हजार शव मारिओपोलमा गाडियो

प्रकाशित
253
SHARES

किभ। युक्रेन संकटलाई लिएर रुस र युक्रेनबीच मंगलबार टर्कीमा वार्ता हुने भएको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन तटस्थ बस्ने संकेत गरिरहेको पृष्ठभूमिमा दुई देशका प्रतिनिधिमण्डलबीच वार्ता हुने भएको हो।

युक्रेन तटस्थ हुनुपर्ने रुसले माग गरिरहेको छ।रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले युक्रेनी नेताले नियमित रूपमा माग गरेका जेलेन्स्की र राष्ट्रपति भ्लादिमिर पुटिनबीचको प्रत्यक्ष वार्ता अहिलेको लागि ‘प्रतिउत्पादक’ हुने बताएका छन्।

युद्ध चर्किरहेको बेला युक्रेन सेनाले किभ उपनगर इरपिनलाई मुक्त गरेको गृहमन्त्रीले दाबी गरेका छन्। त्यस्तै युक्रेनी सेनाले खार्किभको बाहिरी भागमा रहेको माला रोगन गाउँबाट रुसी सेना हटाएको बताएका छन्।

राजधानी किभनजिक भएका हमलामा विद्युत् सेवा अबरुद्ध भएका छन्। विद्युत् अबरुद्ध हुँदा ८ हजार घर अन्धकारमय बनेका अधिकारीहरुले बताएका छन्।

युक्रेनका एक अधिकारीले आक्रमण सुरु भएदेखि दक्षिणी सहर मारिओपोलमा कम्तीमा ५ हजार रुसी सेनाको शव गाडिएको बताएका छन्। रुसले यस विषयमा केही बोलेको छैन।

रुसले युक्रेनमा आक्रमण गरेको एक महिना पुरा भएर दोस्रो महिनामा प्रवेश गरेको छ। द्वन्द्व जारी रहँदा युक्रेनको समर्थनमा रहेका अधिकाँश पश्चिमा राष्ट्रहरुले रुसमाथि आर्थिक प्रतिबन्धहरुको घोषणा गरेका छन्।

यस्तो अवस्थामा रुसले आफ्नो तेल र ग्यास बेच्न पाइरहेको छैन। उता भारतलाई भने पश्चिमा प्रतिबन्धले फाइदा भएको छ।भारतले रुसी आक्रमणको निन्दा गरेको छैन। भारतले रुसबाट सस्तो मूल्यमा तेल आयात गर्ने अवसर पाएको छ।

भारतीय अधिकारीहरुका अनुसार यतिबेला रुस र भारतबीच तेल भारतमा आयात गर्ने विषयमा छलफल चलिरहेको छ। रुसले क्रिप्टोकरेन्सी लगायत जस्तोसुकै मुद्रा पनि स्वीकार गर्ने संकेत दिइरहेको छ।

यसरी भारतलाई फाइदा पुग्छ भने रुसलाई पनि प्रतिबन्धले असर गरेको अर्थतन्त्रलाई लयमा ल्याउन मद्दत पुग्नेछ।अमेरिकाले भारत लक्षित टिप्पणी गर्दै भनेको छ,‘भारतले तेल निर्यात गर्दैमा त्यो प्रतिबन्धको उल्लंघन हुनेछैन।

तर त्यो रुसको समर्थन भने हुनेछ। अर्थात् त्यो आक्रमणको समर्थन हुनेछ।अमेरिका र चीनपछि भारत विश्वमै अत्यधिक तेल आयात गर्ने मूलुक हो। भारतले ८० प्रतिशत तेल आयात गर्ने गर्दछ। गतवर्ष भारतले रुसबाट १ करोड २० लाख ब्यारेल तेल आयात गरेको थियो।

त्यो भनेको भारतको आयातदरमध्ये २ प्रतिशत हो। यतिबेला विश्वभर युद्धका कारण तेलको भाउ बढेको छ। भारतले सस्तो दरमा रुसबाट तेल आयात गर्दा त्यहाँ तेलको भाउ फेरि लयमा फर्किनेछ।

तेस्तै,रुसी अर्बपति रोमन अब्रामोभिच यसै महिनाको सुरुमा युक्रेन–बेलारुस सीमामा भएको शान्तिवार्तामा सहभागी भएका थिए। सो क्रममा उनलाई विष दिइएको आशंका गरिएको छ। बीबीसीका अनुसार विषको असरयुक्त लक्षणसाथ उनी बिरामी परेका छन्।

चेल्सी फुटबल क्लबका मालिक अब्रामोभिच अहिले निको भइसकेका छन् तर उनको आँखा र छालामा समस्या देखिएको बताइएको थियो।दुईजना युक्रेनी शान्ति वार्ताकार समेत प्रभावित भएको बताइएको छ।

एक समाचारले उक्त सन्दिग्ध विष प्रयोग वार्ता भाँड्नका लागि रुसमा रहेका कट्टरपन्थीले मञ्चन गरेको जनाएको छ।ती आरोपहरू देखा पर्न थालेपछि एकजना नाम नखुलाइएका अमेरिकी अधिकारीले रोयटर्स समाचार संस्थासँग बोलेका थिए।

अब्रामोभिचमा देखिएका लक्षणलाई ती अधिकारीले विष प्रयोगका कारण नभइ वातावरणीय पक्षले भएको आफ्ना गुप्तचरी सूचनाले सुझाएको बताएका छन्।

र त्यसपछि युक्रेनको राष्ट्रपति कार्यालयका एक अधिकारीले अब्रामोभिचसँग कुरा नगरेको भए पनि युक्रेनी प्रतिनिधिमण्डलका सदस्यहरू ठिक भएको र उक्त खबर झुटो रहेको बताएका छन्।

बीबीसीका सुरक्षा संवाददाता फ्र्याङ्क गार्डनर भन्छन्,‘अब्रामोभिच निकट स्रोतले भने उक्त घटना भएको र अनुसन्धानकर्ताले त्यो नियतवश रासायनिक तत्त्वका प्रयोग भएको निष्कर्ष निकालेका छन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ