आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रधानमन्त्री बिरुद्द अविश्वासको प्रस्ताव पेस, छलफल समेत सुरु

प्रकाशित
1.2K
SHARES

काठमाडौँ। पाकिस्तानका प्रधानमन्त्री इमरान खानको पद धरापमा परेको छ। उनीविरुद्ध सोमबार अविश्वासको प्रस्ताव संसदमा टेबल भइसकेको छ ।पाकिस्तानका सभामुख कसिम सुरीले अविश्वासको प्रस्ताव छलफलका लागि अगाडि बढाएको जनाइसकेका छन्।

खानलाई सत्तामा टिकिराख्न संसदमा १७२ सांसदको समर्थन आवश्यक पर्छ। तर, उनकै दलका एक दर्जन सांसदले विद्रोह गरेकाले पदमा टिक्न मुश्किल छ।इमरान खानविरुद्ध विपक्षीहरु एकजुट भएका छन्।

पाकिस्तान पिपल्स पार्टीका अध्यक्ष विलवाल भुट्टो कडा रुपमा प्रस्तुत हुँदै आएका छन्। उनले खानलाई विदेशीको इशारामा चल्ने गरेको आरोप लगाएका छन्। खानले पनि आफूलाई हटाउन विदेशी शक्ति लागेको आरोप लगाएका छन्।

पाकिस्तानको अर्को विपक्षी दल मुस्लिम लिग नवाजकी उपाध्यक्ष मरयम नवाजले पनि इमरान खानविरुद्ध अभियान नै चलाएकी छिन्। मरयम पूर्वप्रधानमन्त्री नवाज सरिफकी छोरी हुन्।

उनले खानलाई सत्ताबाट हटाउन पाकिस्तानी जनता अगाडि बढिसकेको बताउँदै आएकी छिन्। खानलाई बचाउन कोही पनि नआउने टिप्पणी गरेकी छिन् ।इमरान खानलाई पाकिस्तानको सेनाले पनि साथ छाडेको छ।

उनले पछिल्लो समय चीनसँग निकटता बढाएका थिए। यो भूमिकाबाट पश्चिमाहरु खानसँग चिढिएका थिए ।पाकिस्तानका प्रधानमन्त्री इमरान खानको सत्ता संकटमा परेको छ। उनीविरुद्ध अविश्वासको प्रस्ताव अगाडि बढेको छ।

अविश्वासको प्रस्ताव पारित हुने अवस्था बनेको छ ।इमरान खानको दल पाकिस्तान तेरिक ई इन्साफमा विद्रोह भएपछि नयाँ घटनाक्रम विकास भएको छ। खानले पैसा खुवाएर सत्ता नजोगाउने बताएका छन्।

उनले आफ्ना केही सांसदहरु पैसामा बिकेको आरोप समेत लगाएका छन्। खानले विपक्षी पाकिस्तान पिपल्स पार्टीमाथि सांसद खरिद विक्रीमा २० करोड खर्च गरेको आरोप लगाएका छन्।

पाकिस्तानका पूर्व क्रिकेट कप्तान खानलाई विगतमा त्यहाँको शक्तिशाली सेनाको पनि साथ थियो। तर, त्यहाँको सेनाले पनि उनको साथ छाडेको बताइएको छ।उनीमाथि राजीनामाको दबाब बढाइएको छ।

इमरान खानकोदलका राजा रिया, नुर आलम खानलगायतले गम्भीर आरोप लगाएका छन्। खानविरुद्ध लागेका २४ सांसदका कारण उनको सत्ता ढल्ने निश्चितप्रायः भएको छ।

इमरानलाई पाकिस्तानको गुप्तचर संस्था आइएसआइले पनि साथ नदिएको त्यहाँका सञ्चारमाध्यममा आइरहेको छ। उनीमाथि विदेशीको स्वार्थका लागि काम गरेको विपक्षी दलका नेता बिलवाल भुट्टोले आरोप लगाएका छन्।

उनलाई विदेशीको एजेन्ट सम्म भने। खानले भने सत्ताबाट हटेमा विपक्षीका लागि झन् खतरनाक बन्ने धम्की दिएका छन्। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दुई देशबीचको विद्यमान मतभिन्नता हटाउन आफू भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिभिजन बहस गर्न तयार रहेको बताएका छन्।

७५ वर्षअघि स्वतन्त्रता प्राप्त गरेपछि पनि भारत र पाकिस्तानबीचको सम्बन्ध चिसो छ। त्यस यता मात्र दुई देशबीच तीन ओटा युद्ध भइसकेका छन्। मलाई भारतीय प्रधानमन्त्री मोदीसँग टेलिभिजन बहस गर्न मन छ, रसिया टुडेसँगको अन्तर्वार्तामा प्रधानमन्त्री खानले भने।

बहसमार्फत समस्या समाधान भएमा भारतीय उपमहाद्धीपमा एक अर्बभन्दा बढी मानिसहरुलाई फाइदा हुने उनको तर्क छ। खानको प्रस्तावबारे भारतको विदेशमन्त्रालयले तत्काल कुनै टिप्पणी गरेको छैन्।

आतंक र वार्ता एकै चोटी नहुने बताउँदै भारतले पाकिस्तानलाई अतिवादी समूहलाई नियन्त्रण गर्न र त्यस्ता गतिविधिमा संलग्न रहेका व्यक्तिलाई सजाय दिन बारम्बार माग गर्दै आएको छ।

भारतले पाकिस्तानलाई सीमापार आतंकवादको अन्त्य हुनु पर्ने माग गर्दै आएको छ भने पाकिस्तानले त्यसलाई गैर–राज्य व्यक्तिका तर्फबाट भएका घटना भन्दै आफू पन्छिन खोज्छ।

सन् २००८ मा भएको मुम्बई हमलाबाहेक भारतले सन् २०१६ मा ७ जना भारतीय सैनिकको ज्यान जाने गरी भएको पठानकोट हमलाका दोषी र उनीरु आबद्ध संगठनमाथि कारबाहीको माग गर्दै आएको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ