आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मुख्यमन्त्रीले घटाएको काण्ड प्रमाणित भएपछि एकाएक राजीनामा

प्रकाशित
1.4K
SHARES

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलबहादुर केसीले टेण्डरममा सेटिङ गरेको प्रमाणित भएको भन्दै प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनन्तराज घिमिरेले राजीनामा दिएका छन्।

लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि मुख्यमन्त्री केसीको मिलेमतोमा ठेक्का दिएको पुष्टि भएको भन्दै उनले राजीनापत्र बुझाएका हुन्। घिमिरेले आफू उक्त ठेक्का रद्द गरेर राजीनामा दिएको बताएका छन्।

आफ्नो राजीनामाबारे जानकारी दिन जारी गरेको प्रेश विज्ञप्तिमा २, फागुन २०७८ मा बसेको प्रदेश पूर्वाधार विकास समितिको बैठकको निर्णयअनुसार ८ फागुनमा भवन निर्माणको लागि टेन्डर आह्वान भएको बताएका छन्।

प्रदेश पूर्वाधार विकास समितिका अध्यक्ष केसी आफैं छन्। सुरुबाटै संकुचित स्पेसिफिकेसन राखिएको आशंका रहेको भन्दै उनले सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराएको उनको दाबी छ।

सार्वजनिक खरिद अनुगमन कार्यालय र निर्माण व्यवसायी महासंघबाट समेत पत्र आएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन्। अन्त्यमा जम्मा २ वटा कम्पनीले मात्रै बोलपत्र दर्ता गरेको सूचित भयो, उक्त जानकारी पनि कार्यालय प्राधिकरणले सम्बन्धित निकायलाई दियो। उनले विज्ञप्तिमा भनेका छन्।

उनले सम्बन्धित निकाय भनेर मुख्यमन्त्रीको कार्यालय र प्रदेश पूर्वाधार विकास समितिलाई संकेत गरेका हुन्। बोलपत्र दर्ता गर्ने कम्पनीलाई हार्ड कपी’ दर्ता गर्न ३ दिनको समय दिएकोमा एक जना व्यक्ति नै दुवै कम्पनीको फाइल बोकेर कार्यालय आएको उनले बताएका छन्।

उक्त कारण पनि मिलेमतोको आशंका पुष्टि भएको घिमिरेको भनाइ छ। मैले गम्भीर भएर सोचें, ७०० करोडको ठेक्कामा प्रतिस्पर्धा हुँदा र नहुँदा १५० करोडको क्षति हुनसक्ने अनुमानसहित देशप्रति गद्दारी गर्नु भन्दा मान्छे भएर बस्नु उचित ठानें, घिमिरेले भनेका छन्।

ठेक्का रद्द गर्दा दलालको दलाल बन्नु नपर्ने निर्णयसहित अस्पताल भवनको ठेक्का रद्द गरेको छु। उनले राजीनामा घोषणा गर्दै २०५६ सालदेखि आवद्ध रहेको नेकपा माओवादी केन्द्रको सम्पूर्ण जिम्मेवारीबाट विश्राम लिएको घोषणा पनि गरेका छन्।

घिमिरेले यसअघि मध्यपश्चिम विश्वविद्यालयको इन्जिनियरिङ संकायको डिन पदमा हुँदाहुँदै ऊर्जा मन्त्रालय अन्तर्गतको विद्युत् उत्पादन कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकमा नियुक्ति लिएका थिए।

दोहोरो सुविधा लिएको समाचार सार्वजनिक भएपछि विद्युत् उत्पादन कम्पनी लिमिटेडको पद गुमेको थियो। त्यसपछि उनी लुम्बिनी प्रदेशको पूर्वाधार विकास प्राधिकरणमा नियुक्त भएका थिए।

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक्लै निर्वाचनमा जान पनि तयार रहेको बताएका छन्। रोल्पामा आज आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।

‘गठबन्धनको बलमा होइन,’ उनले भने, ‘आफ्नै पार्टीको तागतमा स्थानीय चुनावमा जाने र जित्ने हो। उनले गठबन्धन र तालमेल गर्नेबारे पनि ध्यान दिने बताए।

सत्ताधारी गठबन्धनको मुख्य घटक नेपाली काँग्रेसभित्र एक्लाएक्लै चुनावमा जानुपर्ने आवाज उठिरहेका बेला माअ‍ोवादी अध्यक्ष दाहालको यस्तो भनाई आएको हो। यस्तै अध्यक्ष दाहालले रोल्पा ध्वंशमात्र होइनन निर्माण गर्न सक्ने पनि बताए।

रोल्ल्पाको रोल्ल्पा नगरपालिकामा बनेको भ्यूटावरको सोमबार उद्घाटन गर्दै प्रचण्डले माओवादी युद्धको ऐतिहासिक रोल्पा विकास निर्माणमा अघि बढेको बताएका हुन। माओवादी युद्धको ऐतिहासिक रोल्पा अशान्तिमात्र होइन।

ध्वंश मात्र पनि होइन, निर्माण पनि गर्न सक्छ। यो भ्यूटावरसहितले देखाएको छ। प्रचण्डले भने, ‘सहिदलाई स्मरण गरेर काम गर्नुहोस्। रोल्पा माओवादी युद्ध संग्राहलय बन्न सक्छ।’रोल्पाको विकास र समृद्धिका लागि आफूले सकेको सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता छ।

 

प्रतिक्रिया

आजको ट्रेन्डिङ