आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

को बन्दैछ नयाँ प्रहरी महानिरीक्षक ? नाम सुनेपछि नेताहरु सबै चकित

प्रकाशित
2K
SHARES

काठमाडौं। नेपाल प्रहरीले आगामी बैशाख १९ गते नयाँ नेतृत्व पाउने भएको छ। रोलक्रम मात्र होइन क्षमता र इमान्दारिताकै कारण एआईजी विश्वराज पोखरेल संगठन प्रमुखका लागि उपयुक्त पात्रका रुपमा चित्रित गरिएको छ।

उहाँको ब्याचमा डेढ बर्ष अघि एआईजी भएका कारणले सहज रुपमा संगठन प्रमुख बन्ने ढोका खुलेको चर्चा प्रहरी प्रशासन भित्र चलेको छ। पछिल्लो समय  पोखरेलको नेतृत्वको संगठनसँगै सरकार समेत आशा र भरोसाका केन्द्र बन्दै गएका छन्।

प्रहरीले लामो समयपछि चार प्मुख विभागको कमाण्ड सम्हालेका प्रहरी अतिरिक्त महानिरीक्षक अर्थात एआईजीलाई प्रहरी महानिरीक्षक अर्थात आईजीपी का रुपमा पाउन लागेको हो।

वैशाख १९ गते हालका आईजीपी शैलेश थापा क्षेत्रीले उमेर हदका कारण अनिर्वाय अवकास पाउने भएपछि पोखरेलका लागि ढोका खुल्ला भएको हो।आईजीपी थापासँगै अन्य एआईजीहरु पनि अबकास हुने भएपछि एआईजी पोखरेल पहिलो वरीयतामा रहनुहुने छ।

निर्वाचनको मुखमा पोखरेलले प्रहरी संगठनको नेतृत्व पाउन लाग्नु भएको हो। एआईजी पोखरेल अनुभवी, परिपक्व,काबिल,बौद्धिक र सक्षम नेतृत्वकर्ताका रुपमा चिनिनु हुन्छ।

शेरबहादुर देउवा सरकारले पनि पोखरेललाई उच्च मुल्यांकन गर्दै चुनावका बेला शान्ति सुरक्षा कायम गर्न ,नागरिकको जिउज्यान सुरक्षा गर्न सक्षम भन्दै उहाँलाई नेतृत्वको जिम्मा दिने तयारी गरेको स्रोतले जनाएको छ।

एआईजी पोखरेलसँग  कार्य, अपराध अनुसन्धान, प्रशासन, मानवस्रोत विभाग  समेत चलाएको अनुभव छ। संगठनको चार वटा विभाग सम्हालेको परिपक्व नेतृत्व पाउनेमा आफुहरु ढुक्क रहेको प्रहरीका उच्च अधिकारीहरुले बताउन थालेका छन्।

त्यसो त तत्कालिन आईजीपी उपेन्द्रकान्त अर्याल १५ दिनको एआईजीबाट आईजीपी बनेका थिए। प्रकाश अर्याल डीआईजीबाट सिधै आईजीपी भएका थिए। सर्वेन्द्र खनाल ट्राफिकको डीआईजीबाट सिधै आईजीपी भएका थिए।

ठाकुर ज्ञवाली पूर्वक्षेत्रको डीआईजीबाट सिधै आईजीपी बनेका थिए। उनीहरुको समयमा एआईजी रहेकाहरु आईजीपीसँगै घर गएकाले डीआईजीबाट सिधै आईजीपी बनाउनु पर्ने बाध्यता थिय।

त्यसो त अहिलेका आईजीपी क्षेत्री एआईजी बनेको तीन महिनामा आईजीपी बनेका थिए। संगठन नेतृत्वको लागि एआईजी नभएको खण्डमा डीआईजीबाट आईजीपीमा बढुवा गर्ने व्यवस्था छ।

एआईजी पोखरेल संगठनका सबै बिभागको लामो अनुभव सहित नेतृत्व गर्ने भाग्यमानी आईजीपी बन्ने पक्कापक्की भएको छ। पोखरेल आगामी प्रहरी महानिरीक्षक आईजीका रुपमा नियुक्त गरे कुनै समस्या नआउने,

प्रधामन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँडको बुझाई रहेको स्रोतले जनाएको छ ।प्रहरी प्रणाली अर्थात चेन अफ कमाण्ड नभत्काउने, नचलाउने र विवादमा नतानिने देउवा सरकारको प्रष्ट बुझाई छ।

अब्बल पोखरेल: प्रहरी सेवामा प्रबेशसँगै विवादमा नतानिएका इमान्दार छवी कायम गराउन सफल पोखरेल डिएसपी, एसपी हुँदा विभिन्न जिल्ला र एसएसपी हुँदा काठमाडौं परिसरको नेतृत्व गर्दै अगाडि बढेका प्रहरी अधिकारी हुनुहुन्छ।

पोखरेलले मोरंग जिल्ला नेतृत्व गर्दा कुशल ढंगले सम्हालेका कारण ब्याचकै एक नम्बरका हिसाबले अगाडि बढेका प्रहरी अधिकारी हुनुहुन्छ।  ‘प्रहरीको संगठनमा आगामी आईजी को हुने भन्ने चर्चालाई अस्वभाविक हुन नदिने क्षमताका साथ पोखरेल अग्रपंतीमा खडा हुनु भएको छ।

नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक एआइजीको बढुवा सिफारिससँगै डिआइजी बढुवाको बाटो खुलेको छ । डिआइजी बढुवाका लागि ४६ एसएसपी मध्ये १० जना चर्को प्रतिस्पर्धा देखिएका छन्।

गत मंगलबार वसन्त पन्त,धीरजप्रताप सिंह, रविन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा सिफारिस भएसँगै रिक्त डिआईजी पदका लागि दुई टोलीका ४६ प्रहरी बरिष्ठ उपरीक्षक एसएसपी हरुबीच चर्को लबिंग चलिरहेको छ ।

एआईजी बढुवा सिफारिसको लोक सेवा आयोग र सर्वोच्च अदालतमा मुद्दा पर्ने भनिए पनि डिआईजी बढुवाका दाबेदारहरु शक्तिकेन्द्र धाउन लागि परिरहेका छन्। अब बढुवा हुनेमध्ये १ वर्षपछि आईजिपी बन्ने भएकाले पनि यो यस पटकको प्रतिस्पर्धा रोचक मानिएको हो।

बढुवाका लागि एसएसपीहरु अस्वभाविक चलखेलमा लागि परेको आरोपप्रयारोप समेत लाग्न थालेको छ। बरिष्ठता र निष्पक्षताका साथ बढुवा गरेमा सिनियर टोलीका एसएसपी डिआइजी हुनेछन्। जसमा नलप्रसाद उपाध्याय, मोहन कुमार आचार्य, राजेन्द्र प्रसाद चौधरी, मसाउँद आलम खाँ र प्रदिप कुमार श्रेष्ठ छन्।

डिआईजी बढुवाको समुहमा सन्दीप भण्डारी, दिपक थापा, उमेशराज जोशी, रामदत्त जोशी, मिरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, टेक प्रसाद राई, पोषराज पोख्रेल, टेक बहादुर तामाङ, श्यामलाल ज्ञवाली,बसन्त बहादुर कुँवर र भिम प्रसाद ढकाल छन्।

उनीहरुपछिको टोलीमा रहेका वीरेन्द्र कुमार बस्याल, जनक भट्टराई, विष्णु कुमार केसी, भरत बहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, अशोक सिंह, सुदीप गिरी, दुर्गा सिंह, रबिन्द्र केसी, राजेशलाल बाँस्तोला, लालमणि आचार्य यज्ञबिनोद पोखरेल, किरण राणा, नवराज भट्टराई र चन्द्रकुबेर खापुङ पनि सक्रिय रहेका छन्।

आगामी १८ बैशाखमा नियुक्त हुने महानिरीक्षक अर्थात आईजीपीले ११ चैतमा अवकाश पाउँछन्। त्यसका लागि एआईजी बिश्वराज पोख्रेल एकद उमेदबार जस्तै भएका छन्।

बैशाख १९ गते सबै भन्दा सिनियर एआईजी पोख्रेलमात्र रहने हुँदा शेरबहादुर देउवा नेतृत्व गठबन्धन सरकारले यस पटक विना विवाद उनै पोख्रेललाई आईजीपी चयन गर्ने भित्रि तयारी समेत गरेको छ।

गठबन्धन सरकारका शिर्ष नेतृत्वको हवला दिँदै केहि सन्चार माध्यमले आजका मिति सम्म एआईजी नै नभएका ब्यक्तीहरुको प्रचार गरि आइजी सम्म भनेकोमा बालुवाटारले असन्तुष्टी ब्यक्त गरेको समाचार स्रोतले जनाएको छ।

नेपाल प्रहरीका बारेमा केहि अनलाईनले आईजीपी फलानो फलानो भन्दै लेख्छन्, लेखाउनेलाई पनि लाज छैन् लेख्ने पनि उस्तै बालुवाटार स्रोत भन्छ।आईजीपीका लागि जुनियरहरु रकम कलम सहित दौडधुपमा लागेको खबरले बालुवाटार र गृह मन्त्रालय चिन्तित बनेको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ