आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रचण्डका लागि चितवनबाट आयो अर्को दुःखद खबर

प्रकाशित
1.1K
SHARES

चितवन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका लागि चितवनबाट अर्को दुःखद खबर प्राप्त भएको छ। नेपाली कांग्रेसका स्थानीय नेताले गठबन्धन गर्न नसकिने बताएका छन्।

फागुन तेस्रो साता सभापतिमा निर्वाचित राजेश्वर खनालले स्थानीय तहको निर्वाचनमा कसैसँग गठबन्धन नगर्ने बताएका छन्। स्थानीय तह निर्वाचन अभियानमा जुटेका उनी ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान अन्तर्गत विभिन्न पालिका र वडा–वडाका पुगेका उनले माओवादी बोक्न नसकिने बताउन थालेका छन्।

२०७४ मा चितवनका सात पालिकामध्ये इच्छाकामना गाउँपालिकामा मात्र प्रमुख जित्न सकेको कांग्रेसलाई यसपटक गुमेको साख फर्काउने चुनौती छ। अघिल्लो पटक भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकि रेनु दाहाललाई कांग्रेसले समर्थन गरेर जिताएको थियो।

त्यसबेला रेनुलाई जिताउन मतपत्र च्यातेको घटनामा समेत बद्‍नामी कमाएको कांग्रेस यसपटक एक्लै निर्वाचन लड्ने मनस्थितिमा छ। तर केन्द्रमा चार दलको गठबन्धन भएकाले भरतपुर फेरि माओवादीलाई छाड्नुपर्ने हो कि भन्ने चासो र चिन्ता चितवनका नेता कार्यकर्तालाई छ।

३८ बर्षदेखि राजनीतिमा क्रियाशील जिल्ला सभापति खनाल यसपटक कुनै पनि हालतमा माओवादीलाई नबोक्ने बताउँछन्। मुल कुरा, नेपाली कांग्रेसको सोच, स्वभाव गठबन्धनमुखी छैन।

विगतमा गरेको गठबन्धन पनि संस्थागत जस्तो देखिएन, ब्यक्तिगत जस्तो भयो। त्यसले, केही फाइदा भएन। कार्यकर्ता, शुभेच्छुक, अग्रज सबैसंगको छलफलमा कांग्रेस अब एक्लै निर्वाचनमा जानुपर्छ भन्ने आवाज छ। उनले भने।

पार्टी केन्द्रले गठबन्धन गर्ने र प्रचण्डको जिल्ला भएकोले भरतपुर महानगर माओवादीलाई दिने भन्यो भने तपाईँ के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, जिल्लामा पार्टीको संस्थागत निर्णय गरेर माथि पठाउँछौं।

कांग्रेसबाटै मेयरको उम्मेदवार बनाउन भन्छौं। भरतपुरमा हामी माओवादी बोक्न सक्दैनौं, बोक्दैनौं। चितवनमा गठबन्धन चाहिदैन, हामी एकल रुपमा जित्छौं। यसमा हामी पार्टी सभापतिलाई ‘कन्भिन्स’ गछौं।

उनले लादन खोजिएको निर्णय कार्यान्वयन नहुने बताए। चितवनमा त कांग्रेस मतदातालाई फेरी माओवादीलाई मत देउ भन्ने परिस्थति नै छैन। लादन खोजिएको निर्णय चितवन कांग्रेसले मान्दैन। शिर झुकाउँदै मत मागेर चुनाव जितिन्न, जिताउन पनि सकिन्न। उनले भने।

तेस्तै,नेकपा एमालेका नेताहरु छानविनको दायरामा तानिएका छन्। शनिबार जनता समाजवादी पार्टीका नेता प्रमोद शाहमाथि आक्रमण गर्ने एमालेका नेताहरु छानविनको दायरामा तानिएका हु्न्।

संसदीय दलका प्रमुख सचेतकसमेत रहेका साहमाथि एमालेका नेताहरुले आक्रमण गरेका थिए। सर्लाहीको इश्वरपुर नगरपालिकामा नेकपा एमालेका कार्यकर्ताले साहसहित आफ्ना कार्यकर्तालाई साङ्घातिक हमला गरी गम्भीर घाइते बनाएको भन्दै जसपाले घटनाको भर्त्सना गरेको छ।

जसपाले विज्ञप्ति निकालेर भनेके छ, नेकपा एमालेले यस्ता घृणित र अपराधिक कृयाकलाप बन्द नगरे यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार स्वयम् नेकपा एमाले हुने छ।

घटनाका दोषीमाथि अविलम्ब कडाभन्दा कडा कारवाही गर्न तथा शान्ति सुरक्षाको प्रत्याभूति हुने गरी काम गर्न जसपाले सरकारसँग माग पनि गरेको छ। यस्तै घाइतेको स्वास्थ्य उपचारको व्यवस्था मिलाउन पनि जसपाले भनेको छ।

घाइते साहलाई हेलिकप्टरबाट उपचारका लागि काठमाडौं ल्याइएको छ। यस्तै यता गृहमन्त्री बालकृष्ण खाणले शाहमाथि भएको साङ्घातिक आक्रमणको छानबिन गरिने बताएका छन्।

उनले एमाले नेताले अथवा जोसुकैले घटना घटाए पनि त्यसमाथि छानविन गरी कडा कारवाहीका लागि निर्देशन दिइसकेका छन् । शनिवार बिहान भएको आक्रमणमा घाइते शाहलाई मेडिसीटी अस्पतालमा पुगेर भेट्दै गृहमन्त्री खाणले घटनाको छानबिन गरी दोषीउपर कारबाही गरिने बताएका हुन्।

माननीय प्रमोद शाहमाथि भएको आक्रमणको छानबिन हुन्छ, गृहमन्त्री खाणले भने, छानबिनमा दोषी देखिएकामाथि कारबाही हुन्छ ।गृहमन्त्री खाणले सांसद साहको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन्।

पार्टी कामको सिलसिलामा गृह जिल्ला सर्लाही पुगेका सांसद साहको आक्रमणबाट टाउकोमा गहिरो चोट लागेको छ। यसैबीच गृहमन्त्री खाणले घटनाको यथार्थ पत्ता लगाउन गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशनसमेत दिएका छन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ