आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

साउदी तेल भण्डारण केन्द्रमा शक्तिशाली क्षेप्यास्त्र आक्रमण

प्रकाशित
871
SHARES

काठमाडौं। यमनमा सक्रिय इरान समर्थित हुथी विद्रोहीले साउदी अरबको तेल भण्डारण क्षेत्रमा अक्रमण गरेका छन्। साउदी अरबको जिद्दा शहरमा रहेको तेल भण्डारणलाई लक्षित गरी हुथी विद्रोहीले क्षेप्यास्त्र आक्रमण गरेको साउदी अधिकारीले जनाएका छन्।

उक्त शहरमा मोटर रेसिङ फर्मूला १ प्रतियोगिता सञ्चालन हुनै लागेका बेला क्षेप्यास्त्र आक्रमण भएको समाचार संस्था एपीले जनाएको छ। हुथी विद्रोहीको हमलाका बावजुद उक्त प्रतियोगिता पूर्वनिर्धारित स्थान र समयमा नै सञ्चालन हुने साउदी अधिकारीले जानकारी दिएका छन्।

यस क्षेत्रलाई लक्षित गरी हुथी विद्रोहीले पछिल्ला केही दिनयता आक्रमण गर्दै आएको बताइएको छ। विद्रोहीले साउदी अरबको तेल कम्पनी आराम्कोको स्वामित्वमा रहेको नर्थ जिद्दा बल्क प्लान्ट गराएको आक्रमणमा कुनै मानवीय क्षति भने नभएको साउदी अधिकारीलाई उद्धृत गर्दै एपीले जनाएको छ।

साउदी नेतृत्वको अरब गठबन्धनका प्रवक्ता ब्रिगेडियर जनरल तुर्की अल मलिकीले दिएको जानकारीअनुसार आक्रमणमा दुई वटा ट्यांकर नष्ट भएका थिए। अग्नि नियन्त्रणले आक्रमण लगत्तै आगो नियन्त्रणमा लिएर कुनै ठूलो भौतिक क्षति हुनबाट जोगाएको बताइएको छ।

साउदी अरबले यमनमा जारी युद्धका क्रममा अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारको समर्थनमा हुथी विद्रोहीविरुद्ध सैनिक कारवाही गर्दै आएको छ। जवाफमा हुथी विद्रोहीले पनि साउदी अरबका सैनिक एवम् सार्वजनिक पूर्वाधारलाई लक्षित गरी हमलाहरू गर्दै आएका छन्।

आज यस्ता छन् तपाईँले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम: नाट्यशालामा भएको रुसी हमलामा ३ सय जना मारिएको युक्रेनी दाबीगत साता रुसले नाट्यशालामा गरेको हमलामा ३ सय जनाको मृत्यु भएको युक्रेनी अधिकारीले जनाएका छन् ।

गत मार्च १६ मा रुसले दक्षिणी शहर मारिउपोलमा रहेको नाट्यशालामा हमला गरेको थियो ।युद्धबाट जोगिन मानिसहरू शरण लिइरहेका बेला नाट्यशालामा हमला गरिएको युक्रेनी अधिकारीले बताउँदै आएका छन् ।

घेराबन्दीमा परेको मारिउपोल शहरका अधिकारीले यस्तो हताहतिको विवरण दिएका हुन् ।प्रत्यक्षदर्शीले दिएको विवरणअनुसार रुसी लडाकु विमानमार्फत् मारिउपोलको नाट्यशालामा गराइएको बम आक्रमणमा ३ सय जनाको मृत्यु भएको छ ।

मारिउपोलको नगरपरिषद्ले विज्ञप्तिमार्फत् जानकारी दिएको छ।अन्तिम समयसम्म कसैले पनि यो भयानक घटनाको विश्वास गर्न मान्दैन। विज्ञप्तिमा भनिएको छ, तर आक्रमणका बेला नाट्यशालाको भवनभित्र रहेका मानिसहरुको बयानले हताहती पुष्टि गरेको नगर परिषद्को दाबी छ।

यदि पुष्टि भएको खण्डमा एक महिना लामो रुसी आक्रमणका क्रममा एकै पटकमा यो सबैभन्दा ठूलो मानवीय क्षति भएको घटना हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

१३६ बालबालिका मारिएको युक्रेनी दाबी: रुसले युक्रेनमाथि गरेको हमलामा अहिलेसम्म १३६ बालबालिका मारिएका छन्। सामाजिक सञ्जाल टेलिग्राममार्फत् युक्रेनको महान्यायfधिवक्ताको कार्यलयले सो जानकारी दिएको हो ।

मारिनेमध्ये ६४ बालबालिका राजधानी किभ क्षेत्रका रहेको बताइएको छ । अरु ५० जना बालबालिका डोनेत्स्क क्षेत्रमा मारिएका हुन्। यसबाहेक अरु १९९ जना बालबालिका घाइते भएका छन् ।

एक महिनाभन्दा लामो समयदेखि युक्रेनविरुद्ध आक्रमण गर्दै आएको रुसी फौजमाथि आवासीय क्षेत्र एवम् गैरसैनिक पूर्वाधारलाई लक्षित गरी आक्रमण गरेको आरोप लागिरहेका बेला युक्रेनी पक्षबाट बालबालिकाको हताहतीको विवरण सार्वजनिक भएको हो ।

सैनिक आक्रमणका क्रममा रुसी फौजले मार्च ९ का दिन दक्षिणी युक्रेनको मारिउपोल शहरमा रहेको बाल अस्पताललाई लक्षित गरी हवाई हमला गरेको थियो । उक्त आक्रमणपछि रुसले युक्रेनमा युद्ध अपराध गरेको भन्दै चर्को निन्दा भएको थियो ।

१६ हजार रुसी सैनिक मारिए – युक्रेन: १६ हजार भन्दा धेरै आक्रमणकारी रुसी सैनिक मारिएको युक्रेनले दाबी गरेको छ । युक्रेनी सेनाले फेसबुकमार्फत् जानकारी दिँदै एक महिनायता जारी आक्रमणका क्रममा १६ हजार ४ सय रुसी सैनिक मारिएको दाबी गरेको हो।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि आफ्नो नियमित भिडियो सन्देशका क्रममा १६ हजार रुसी सैनिक मारिएको जानकारी दिएका थिए।

त्यस्तै, युक्रेनी सेनाले रुसी फौजको ५७५ ट्यांक, १६४० बख्तरबन्द गाडी, २९३ आर्टिलरी पिस, ९१ मल्टिपल लन्च रकेट सिस्टम (एमएलआरएस), ५१ विमान भेदी प्रणाली, ११७ लडाकु विमान ध्वस्त पारेको दाबी गरेको छ ।

त्यसैगरी रुसी फौजका १२७ हेलिकोप्टर, ५६ चालकरहित हवाई उपकरण (ड्रोन), ११ सय ३१ सैनिक वाहन ७३ इन्धन ट्यांकर पनि ध्वस्त पारेको युक्रेनी सेनाको दाबी छ।

रुसी फौजमाथि ‘शक्तिशाली प्रहार’ गरेको युक्रेनी राष्ट्रपतिको टिप्पणीयुक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी फौजलाई युक्रेनले ‘शक्तिशाली प्रहारहरू’ गरेको टिप्पणी गरेका छन्।

नियमित भिडियो सम्बोधनका क्रममा उनले युक्रेनी सेनाले रुसी सैन्य बलविरुद्ध शक्तिशाली प्रहार गरेको र रुसतर्फ ‘उल्लेखनीय क्षति’ भएको टिप्पणी गरेका हुन्।

हाम्रो सैन्य बलले मुलुकको दक्षिणतर्फ, डोनबास, खार्किभको दिशामा र किभ क्षेत्रमा दुश्मनको आक्रमण निरन्तर विफल बनाइरहेका छन्। उनले भने ।रुसी आक्रमणलाई कमजोर बनाएर हाम्रा रक्षकहरु रुसी नेतृत्वलाई यस्तो तार्किक उपायसम्म पुर्याउदै छन्– वार्ता आवश्यक छ।

अर्थपूर्ण। तत्कालै । निष्पक्ष। उनको भनाइ छ ।एक महिनाअघिदेखि युक्रेनमाथि आक्रमण थालेयता रुसी आक्रमण सुस्तै बन्दै गइरहेको टिप्पणी भइरहेका बेला जेलेन्स्कीको यस्तो भनाइ आएको हो।

प्रतिक्रिया

आजको ट्रेन्डिङ