आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सेनाका जर्नेलले जोसमा होस गुमाएर उपद्रो गरेपछि…

प्रकाशित
475
SHARES

काठमाडौँ। नेपाली सेनामा भूतपूर्व एक तारे जर्नेल धर्म बानियाँमा नैतिक अपचलन देखिएको छ। उमेर नपुगेको छोरालाई आफ्नो बर्दी भिराएर टिक टक बनाउन लगाएपछि उनमा नैतिक अपचलन देखिएको हो।

सेनाजस्तो संवेदनशील सुरक्षा निकायको उपल्लो तहबाट अवकाशप्राप्त अधिकारीले आफ्नो बर्दी अरुलाई लगाउन दिनु नै गम्भीर अपराध भएको सैनिक अधिकारीहरुले बताएका छन्।

बानियाँको किशोर उमेरका छोराले जर्नेल पिताको पूर्ण पोशाक लगाएर सामाजिक सञ्जालमा पोष्ट गरेपछि उक्त विषयमा बहस शुरु भएको छ।सुरक्षा निकायका कर्मचारी र अधिकारीहरु सेवानिवृत्त भए पनि पदीय दायित्य पूरा गर्ने क्रममा पाएका पोशाक,

फुली र तक्माको हिफाजत गर्ने प्रमुख जिम्मेवारी सम्बन्धित व्यक्तिको भएको हो। बानियाँका छोराले पोशाक लगाउँदै हालेको फोटोमा लेखेका छन्, सेनाका निकै आदरणीय जर्नेलहरुमध्येमा पर्नुहुने मेरा पिता धर्म बानियाँको छोरो हुन पाउँदा गौरवान्वित ठानेको छु।

यससम्बन्धमा नेपाली सेनाका एक जना भूतपूर्व दुई तारे जर्नेलले भने, यस्तो गर्न दिने उनका पिताको नैतिक अपचलन भएको मानिन्छ। उनले नैतिक दायित्व वहन गरेको देखिएन ।

उमेर नपुगेका छोराछोरीलाई राज्यको सबैभन्दा महत्वपूर्ण निकायले उपलब्ध गराएको पोशाक लगाएर गाईजात्रा देखाउन दिनु ठूलो दोष हो।उमेर पुगेका कसैले पनि सुरक्षा निकायको फुलीसहितको पोशाक लगाएमा ऊ कारवाहीमा स्वतः पर्छ।

तर बानियाँ पुत्रको हकमा उमेर नपुगेकोले सबै जिम्मेवारी उनको पिताले लिनुपर्ने सेनाका भूतपूर्व अधिकारीहरुको भनाइ छ। उनै जर्नेलले विगतको एउटा उदाहरण दिँदै भने।

एक जना ठूलै हाकिमले सैनिक पोशाकको फोटो हालेर लेख छापेपछि कारवाहीको दायरामा परेका थिए। त्यसैले त्यस्तो संवेदनशील पोशाक घरमा ल्याएर जतन गर्न नसक्नेले किन ल्याउनु ?

आफूले त ल्याइएको छैन टण्टै साफ।सोही सन्दर्भमा सैनिक प्रवक्ता नारायण सिलवालको धारणा बुझ्दा उहाँले फोटो, बालकको उमेर र सन्दर्भ हेर्न नपाएकाले तत्काल ठ्याक्कै र किटानीसाथ भन्न नसकिने बताए।

उनले भने, त्यसो भएको छ भने, त्यो राम्रो होइन। सेनाको पदीय मर्यादा र गरिमामा आँच आउने खालका कार्य गर्न कसैलाई पनि छुट छैन। तेस्तै, राष्ट्रिय सुरक्षा, आन्तरिक एकता र विश्व शान्तिको इतिहास बोकेको नेपाली सेनाले आफ्नो स्थापना दिवसका अबसरमा छिमिके मुलुक भारतमा शुक्रबार एक विशेष कार्यक्रमको आयोजना गरेको छ।

नेपाली राजदूतावास नयाँ दिल्लीमा कार्यरत सैनिक सहचारी कर्नेल रामचन्द्र खत्रीको नेतृत्वमा आयोजित कार्यक्रममा भारतीय सैन्य इन्टेलिजेन्स संस्थाका प्रमुख डिजीएमआई लेफ्टिनेन्ट जनरल एम वी सुचिन्द्रा कुमार मुख्य अथितिको रुपमा उपस्थित रहेका थिए।

भारतका लागि नेपाली कार्यवाहक राजदुत रामप्रसाद सुबेदीले कार्यक्रममा उपस्थित पाहुनाहरुलाई स्वागत गरेका थिए। कार्यक्रममा अमेरिका, रुस, फ्रान्स, जर्मनी, बेलयात, जापान, इटाली, थाइलेडं, बंगलादेश, पाकिस्तान, युक्रेन लगायत ३५ भन्दा बढी देशका कुटनीतिक उच्च आयोगमा कार्यरत सैनिक सहचारीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लेफ्टिनेन्ट जनरल एम वी सुचिन्द्रा कुमारले नेपाल र नेपाली सेनाको सहयोगको लागि आफु सदैव तत्पर रहेको बताए। कार्यक्रममा नेपाली सेनाको इतिहास र क्रियाकलाप सम्बन्धि डकुमेन्ट्री प्रस्तुत गरि,

नेपाली सेनालाइ विश्व सामु चिनाउने कार्य गरिएको थियो। तेस्तै कार्यक्रममा नेपाली कल्चरल म्यूज़िक शो, नौमाती पन्चेबाजा जस्ता नेपाल र नेपालीको पहिचान झल्काउने कार्यक्रम प्रस्तुत गरिएको थियो।

कार्यक्रममा एभरेस्ट ओनलाइन कुइज कन्टेस्ट प्रतियोगति समेत आयोजना गरिएको थियो। प्रतियोगितामा ९ क्लास भन्दा माथिका विद्यार्थीहरुलाई दुइ समूहमा विभाजित गरिएको थियो।

पहिलो समूहमा राजदुतावासमा कार्यरत डिप्लोमेट तथा कर्मचारीहरुका छोराछोरीहरु बीच आन्तरिक प्रतियोगिता र दोश्रो समूहमा भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरुबीच खुल्ला प्रतियोगिता।

आन्तरिक प्रतियोगतिमा प्रथम स्थान हासिल गर्ने विद्यार्थी नेपाली डिप्लोमेट आनन्द प्रसाद शर्माका सुपुत्र आरक्ष शर्मालाइ प्रमुख अतिथि लेफ्टिनेन्ट जनरल सुचिन्द्रा कुमारले गोल्ड मेडल, प्रमाणपत्र र नगदले सम्मान गरेका थिए।

त्यस्तै खुल्ला प्रतियोगितामा प्रथम हुने विद्यार्थी आकृति अधिकारीलाइ कार्यबाहक राजदुत सुबेदीले गोल्ड मेडल, प्रमाणपत्र र नगदले सम्मान गरेका थिए।

साथै कार्यक्रममा कार्यबाहक राजदुत रामप्रसाद सुबेदी र सैनिक सहचारी रामचन्द्र खत्रीले प्रकुख अतिथिलाइ मायाको चिनो समेत हस्तान्तरण गरे।

नेपाली सेना दिवस मार्च १ मा मनाइएता पनि प्रमुख अतिथिको व्यस्तताले २५ मार्चमा मानाएको हो। राजदुतावास प्रांगणमा आयोजित कार्यक्रममा दुइ सय भन्दा बढीको सहभागिता रहेको थियो।

प्रतिक्रिया

आजको ट्रेन्डिङ