आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

रुस-युक्रेन युद्धमा अमेरिका र जर्मन पनि सामेल, विश्वभर तरङ्ग

प्रकाशित
1K
SHARES

एजेन्सी। विश्वलाई चकित पार्दै राष्ट्रपति जो बाइडेनले अनौठो निर्णय लिएका छन्का नुन नै परिबर्तन गरेर जर्मन र अमेरिका सामेल हुने संकेत गरेका छन्। अमेरिकाले १२ हजार सेना पठाएर रुस घेराउ गर्न पठाएको छ भने थप ४ नेटो देशहरुमा ४ हजार सैनिक तैनाथ गर्ने घोषणा गरेको छ।

यो यात्रा नेटो सहयोगीहरूको रक्षा गर्न वाशिङ्गटनको सक्रियतालाई पुष्टि गर्न महत्त्वपूर्ण मानिएको छ। युक्रेनमा एक महिनादेखि जारी युद्ध जसलाई राष्ट्रपति बाइडेनले तेस्रो विश्वयुद्धको सन्त्रासको रूपमा याख्या गर्दै आएका छन्।

जर्मनीले युक्रेनमा हतियार र एन्टी एयरक्राफ्ट मिसाइल सहयोग गरेको छ। जर्मन प्रेस एजेन्सीबाट युक्रेनी सरकारका अधिकारीलाई उदृत गर्दै जनाइए अनुसार जर्मनीबाट १ हजार ५ सय स्ट्रेला एन्टी–एयरक्राफ्ट मिसाइल र १ सय एमजी३ मेसिन गनको एक खेप युक्रेन पुगेको हो।

जर्मनीका विदेश मन्त्री एनालिना बारबकले यस अघि बुधबार युक्रेनमा सामान पुग्न ढिला भएको बताए। तर उनले युक्रेनको सहयोगका लागि स्ट्रेला मिसाइल पठाइरहिएको बताएका छन्।

जर्मनीको विदेश नीति अनुसार उसले संघर्ष भएको क्षेत्रमा या इसमा सहभागी देशलाई हतिराय दिँदैन। तर युक्रेनमाथि रूसको हमलापछि उसले अफ्नो विदेश नीतिमा परिवर्तन गरेको छ।

यस्तै बेलायतले युक्रेनलाई दुई मिलियन पाउण्डको अत्यावश्यक खाद्यान्न सहयोग गर्न लागेको बेलायतको विदेश मन्त्रालयले शनिबार एक विज्ञप्तिमार्फत जनाएको छ।

‘बेलायतले रुसी सेनाले घेरिएको युक्रेनका द्वन्द्वग्रस्त क्षेत्रहरूका लागि अत्यावश्यक खाद्यान्न आपूर्तिका लागि दुई मिलियन उपलब्ध गराउने तयारी गरेको विदेशमन्त्री ट्रसले जनाएका छन्।

मन्त्रालयका अनुसार हाल युक्रेनमा १२ मिलियन भन्दा बढी मानिसहरूलाई मानवीय सहायताको खाँचो देखिएको छ यो वास्तविक संख्या अझ बढी हुन सक्छ।

‘पोल्याण्ड र स्लोभाकियाका गोदामहरू अर्को हप्ताको शुरुदेखि युक्रेन सरकारलाई यी सामानहरू आपूर्ति गर्न तयार छन्। त्यसपछि लगभग २५ ट्रक लोडहरू सडक र रेलमार्फत स्थानीय युक्रेनी समुदायहरूमा ढुवानी गरिनेछ।’

विज्ञप्तिमा जनाइएको छ ।गत फेब्रुअरी २४ मा डोनेट्स्क र लुहान्स्कका टुक्रिएका गणतन्त्रहरूले युक्रेनी उत्तेजनाहरू विरुद्ध आफूलाई बचाउन मद्दतको लागि अपील गरेपछि रुसले युक्रेनमा सैन्य कारबाही शुरु गरेको हो ।

रुसको कारवाहीको जवाफमा पश्चिमी देशहरूले मस्को विरुद्ध व्यापक प्रतिबन्ध अभियान चलाएका छन्। तेस्तै,युक्रेनले रुसी रक्षामन्त्री सर्गेई शोइगुलाई हृदयाघात भएको दाबी गरेको छ।

युक्रेनको गृहमन्त्रीका सल्लाहकारले शुक्रबार यस्तो दाबी गरेका हुन्।शोइगु गत मार्च ११ यता सार्वजनिक रुपमा देखिएका छैनन्। यद्यपि मार्च २४ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सार्वजनिक गरेको भिडियोमा उनी पनि सँगै देखिएका थिए।

सामाजिक सञ्जाल फेसबुकमा युक्रेनका गृहमन्त्रीका सल्लाहकारले लेखेका छन्, ‘युक्रेनमाथि रुसी आक्रमणको असफलताबारे पुटिनको आरोपपछि रुसी रक्षामन्त्रीलाई हृदयाघात भएको छ।

उनका अनुसार अहिले शुइगु अस्पतालमा उपचार गराइरहेका छन्। यद्यपि रुसले भने युक्रेनको दाबीबारे कुनै प्रतिक्रिया दिएको छैन।यसअघि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि रुसी रक्षामन्त्री हराएको उल्लेख गरेका थिए।

जेलेन्स्कीले रुसी सेनामाथि युक्रेनी सेनाले बहादुरीपूर्वक प्रहार गरेको र यसले रुसी सेनालाई ठूलो नोक्सानी भएको उल्लेख गरेका छन्। यता रुसले युक्रेनमाथि आक्रमणको पहिलो चरणको कारबाही सफल भएको दाबी गरेको छ।

रुसी सेनाका जनरल सर्गेई रुड्सकोयले शुक्रबार यस्तो बताएका हुन्। उनले यो आक्रमणमा रुसको सुरुवाती उद्देश्य पनि पूरा भएको उल्लेख गरेका छन्। पछिल्लो समय युक्रेनी सेनाले लड्ने क्षमता पनि उल्लेख्य रुपमा घटेको उनको भनाइ छ।

उनले रुसले पूर्वी युक्रेनलाई लक्षित गरी आगामी दिनमा सैन्य आक्रमण अघि बढाउने संकेत पनि गरेका छन्। उनले डोनाबासलाई स्वतन्त्र बनाउनु आफूहरुको उद्देश्य रहेको बताएका छन्।

रुसी सेनाले फेब्रुअरी २४ यता निरन्तर युक्रेनका सहरहरुमा बमबारी गर्दै आएको छ। यद्यपि उसले अहिलेसम्म युक्रेनको कुनै पनि प्रमुख सहरलाई नियन्त्रणमा भने लिन सकेको छैन।

यस्तोमा पछिल्लो केही समययता युक्रेनमा रुसी सेना अघि बढ्न पनि सकेको छैन। पछिल्लो समय युक्रेनी सेनाले रुसी सेनामाथिको आक्रमण पनि सुरु गरेको छ।

त्यसैले पनि रुसले नयाँ योजना चालेको हुन सक्ने विश्लेषकहरुले बताएका छन्। यस्तोमा रुसले आगामी दिनमा युक्रेनमाथिको आक्रमणको रणनीति परिवर्तन गर्न सक्ने पश्चिमा मिडियाहरुले उल्लेख गरेका छन्।

विश्वलाई चकित पार्दै राष्ट्रपति जो बाइडेनले अनौठो निर्णय लिएका छन्। बाइडेनको निर्णयले रुस झन् चिढीएको छ।अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार पोलिश–युक्रेनी सीमा नजिकैको एक शहरको यात्रा गर्नेछन्।

एयर फोर्स वनले पूर्वी पोल्याण्डको रजेस्जो शहरमा उडान भर्दै अमेरिकी राष्ट्रपतिलाई युद्धग्रस्त राष्ट्रबाट ८० किलोमिटर ५० माइल भन्दा कम दूरीमा पुर्याउने छ। नेटो देशहरुको बैठकमा सरिक भएपछि बाइडेनले लिएको निर्णयले सबैलाई चकित पारेको छ।

यो यात्रा नेटो सहयोगीहरूको रक्षा गर्न वाशिङ्गटनको सक्रियतालाई पुष्टि गर्न महत्त्वपूर्ण मानिएको छ। युक्रेनमा एक महिनादेखि जारी युद्ध जसलाई राष्ट्रपति बाइडेनले तेस्रो विश्वयुद्धको सन्त्रासको रूपमा याख्या गर्दै आएका छन्।

तेस्तै, अमेरिकी राष्ट्रपति जो बाइडेनले नेटोमा हाल जति एकजुटता छ, त्यो यसअघि कहिल्यै नदिएको बताउँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई यसको अलिकति पनि भनक नभएको बताए ।

ब्रसेल्समा नेटोको शिखर सम्मेलनमा मिडियालाई सम्बोधन गर्दै बाइडेनले भने, ‘नेटोमा आज जति एकता छ त्यो यसअघि कहिल्यै देखिएको थिएन तर रुसी राष्ट्रपति भ्लादिमिरि पुटिनलाई यसको अन्दाज थिएन, नेटो सदस्य युद्धमा बाँडिनेछन् भन्ने उनले सोचेका थिए ।

अमेरिकाले बिहिबार नेटो शिखर सम्मेलनमा ४०० व्यक्ति र कम्पनीमाथि प्रतिबन्ध लगाउने घोषणा गरे जसमा ३०० जना ड्युमा रुसी संसदको तल्लो सदनका सदस्य हुन्, केही ओलिगारेक्स हुन् र रक्षासँग जोडिएका केही कम्पनी समावेश छन् ।

आफ्नो पत्रकार सम्मेलनमा बाइडेनले भने, ‘यदि रुसले रासायनिक हतियारको प्रयोग गर्छ भने अमेरिका यसको जवाफ दिनेछ र यो जवाफ प्रयोग गरिएका हतियारको प्रकृतिमा निर्भर हुनेछ ।

बाइडेनका अनुसार उनले चिनियाँ राष्ट्रपति शी जिनपिङलाई ‘यदि उनले रुसलाई मद्दत गर्छन् भने यसले अमेरिका र युरोपेली संघसँग चीनको आर्थिक सम्बन्धमा महत्व खतरा निम्तिने’ स्पष्ट पारिसकेको बताएका छन्।

जी २० को कुरा गर्दै बाइडेनले भनेका छन्, ‘म रुस जी–२० बाट हटेको हेर्न चाहन्छु तर यदि यो सम्भव छैन भने युक्रेनले यसमा एक पर्यवेक्षकको रुपमा भाग लिनुपर्छ । यस्तो समयमा पश्चिमी देश संगठित भएर बस्नुपर्ने कुरामा बाइडेनले जोड दिए।

उनले भने, ‘रुसमाथि प्रतिबन्धको ठूलो असर परोस् भन्ने कुराको सुनिश्चित गर्नका लागि हामी लामो समयसम्म यसलाई जारी राख्नेछौ। आज हामी जे गरिरहेका छौँ, त्यसलाई एक महिनापछि पनि जारी राख्नेछौँ । यसैले उनलाई पुटिन रोक्नेछ।

सबैभन्दा महत्वपूर्ण कुरा यो हो कि हामी एकजुट रहनुपर्छ र संसारले यो कुरामा ध्यान दिनुपर्छ कि पुटिन कति क्रुर छन्। तेस्तै,युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले युरोपेली नेतालाई सम्बोधन गर्दै उनीहरूले रुसलाई रोक्नका लागि असाध्यै ढिलो गरी काम सुरु गरेको बताए ।

जेलेन्स्कीले ब्रसेल्समा युरोपेली परिषद्को शिखर सम्मेलनलाई सम्बोधन गर्ने बेला यस्तो भनेका हुन् ।सम्बोधनका बेला उनले आफ्ना स्पष्टवादी शैलीमा भने, ‘युरोपेली नेताहरूले रुसलाई रोक्नका लागि असाध्यै ढिलो गरी काम सुरु गरे ।

उनले थपे, ‘तपाईँहरूले प्रतिबन्ध लगाउनुभयो। हामी त्यसका लागि आभारी छौँ । यो शक्तिशाली कदम हो । तर यसमा थोरै ढिलो भयो । पहिला यस्तो गर्ने मौका थियो ।’यदि प्रतिबन्ध पहिला लगाएको भए सायद युद्ध नै हुने थिएन कि भनेर उनले आशा व्यक्त गरे ।

रुसले आफ्नो देशमा कति विघ्न विध्वंस निम्ताएको छ भनेर पनि बताए। साथै उनले युक्रेनको समर्थनमा एकजुट भएकोमा युरोपेली देशलाई धन्यवाद पनि दिए । उनले नर्ड स्ट्रिम २ ग्यास पाइपलाइन तिर पनि इशारा गर्दै भने।

यदि यसलाई पहिला नै ब्लक गरिएको भए रुसले ग्यासको सङ्कट पैदा गर्ने थिएन। जेलेन्स्कीले त्यसपछि छिमेकी देशसँग युक्रेनलाई युरोपेली सङ्घमा समावेश गर्नका लागि अनुरोध गरे ।उनले भने, ‘म तपाईँलाई भन्छु – ढिला नगर्नुहोस्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ