आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कानुन नै परिवर्तन गरेर रुस-युक्रेन युद्धमा जर्मन घुस्यो, के गर्लान पुटिन ?

प्रकाशित
890
SHARES

एजेन्सी।  जर्मनीले युक्रेनमा हतियार र एन्टी एयरक्राफ्ट मिसाइल सहयोग गरेको छ। जर्मन प्रेस एजेन्सीबाट युक्रेनी सरकारका अधिकारीलाई उदृत गर्दै जनाइए अनुसार जर्मनीबाट १ हजार ५ सय स्ट्रेला एन्टी–एयरक्राफ्ट मिसाइल र १ सय एमजी३ मेसिन गनको एक खेप युक्रेन पुगेको हो।

जर्मनीका विदेश मन्त्री एनालिना बारबकले यस अघि बुधबार युक्रेनमा सामान पुग्न ढिला भएको बताए। तर उनले युक्रेनको सहयोगका लागि स्ट्रेला मिसाइल पठाइरहिएको बताएका छन्।

जर्मनीको विदेश नीति अनुसार उसले संघर्ष भएको क्षेत्रमा या इसमा सहभागी देशलाई हतिराय दिँदैन। तर युक्रेनमाथि रूसको हमलापछि उसले अफ्नो विदेश नीतिमा परिवर्तन गरेको छ।

यस्तै बेलायतले युक्रेनलाई दुई मिलियन पाउण्डको अत्यावश्यक खाद्यान्न सहयोग गर्न लागेको बेलायतको विदेश मन्त्रालयले शनिबार एक विज्ञप्तिमार्फत जनाएको छ।

‘बेलायतले रुसी सेनाले घेरिएको युक्रेनका द्वन्द्वग्रस्त क्षेत्रहरूका लागि अत्यावश्यक खाद्यान्न आपूर्तिका लागि दुई मिलियन उपलब्ध गराउने तयारी गरेको विदेशमन्त्री ट्रसले जनाएका छन्।

मन्त्रालयका अनुसार हाल युक्रेनमा १२ मिलियन भन्दा बढी मानिसहरूलाई मानवीय सहायताको खाँचो देखिएको छ यो वास्तविक संख्या अझ बढी हुन सक्छ।

‘पोल्याण्ड र स्लोभाकियाका गोदामहरू अर्को हप्ताको शुरुदेखि युक्रेन सरकारलाई यी सामानहरू आपूर्ति गर्न तयार छन्। त्यसपछि लगभग २५ ट्रक लोडहरू सडक र रेलमार्फत स्थानीय युक्रेनी समुदायहरूमा ढुवानी गरिनेछ।’

विज्ञप्तिमा जनाइएको छ ।गत फेब्रुअरी २४ मा डोनेट्स्क र लुहान्स्कका टुक्रिएका गणतन्त्रहरूले युक्रेनी उत्तेजनाहरू विरुद्ध आफूलाई बचाउन मद्दतको लागि अपील गरेपछि रुसले युक्रेनमा सैन्य कारबाही शुरु गरेको हो ।

रुसको कारवाहीको जवाफमा पश्चिमी देशहरूले मस्को विरुद्ध व्यापक प्रतिबन्ध अभियान चलाएका छन्। तेस्तै,युक्रेनले रुसी रक्षामन्त्री सर्गेई शोइगुलाई हृदयाघात भएको दाबी गरेको छ।

युक्रेनको गृहमन्त्रीका सल्लाहकारले शुक्रबार यस्तो दाबी गरेका हुन्।शोइगु गत मार्च ११ यता सार्वजनिक रुपमा देखिएका छैनन्। यद्यपि मार्च २४ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सार्वजनिक गरेको भिडियोमा उनी पनि सँगै देखिएका थिए।

सामाजिक सञ्जाल फेसबुकमा युक्रेनका गृहमन्त्रीका सल्लाहकारले लेखेका छन्, ‘युक्रेनमाथि रुसी आक्रमणको असफलताबारे पुटिनको आरोपपछि रुसी रक्षामन्त्रीलाई हृदयाघात भएको छ।

उनका अनुसार अहिले शुइगु अस्पतालमा उपचार गराइरहेका छन्। यद्यपि रुसले भने युक्रेनको दाबीबारे कुनै प्रतिक्रिया दिएको छैन।यसअघि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि रुसी रक्षामन्त्री हराएको उल्लेख गरेका थिए।

जेलेन्स्कीले रुसी सेनामाथि युक्रेनी सेनाले बहादुरीपूर्वक प्रहार गरेको र यसले रुसी सेनालाई ठूलो नोक्सानी भएको उल्लेख गरेका छन्। यता रुसले युक्रेनमाथि आक्रमणको पहिलो चरणको कारबाही सफल भएको दाबी गरेको छ।

रुसी सेनाका जनरल सर्गेई रुड्सकोयले शुक्रबार यस्तो बताएका हुन्। उनले यो आक्रमणमा रुसको सुरुवाती उद्देश्य पनि पूरा भएको उल्लेख गरेका छन्। पछिल्लो समय युक्रेनी सेनाले लड्ने क्षमता पनि उल्लेख्य रुपमा घटेको उनको भनाइ छ।

उनले रुसले पूर्वी युक्रेनलाई लक्षित गरी आगामी दिनमा सैन्य आक्रमण अघि बढाउने संकेत पनि गरेका छन्। उनले डोनाबासलाई स्वतन्त्र बनाउनु आफूहरुको उद्देश्य रहेको बताएका छन्।

रुसी सेनाले फेब्रुअरी २४ यता निरन्तर युक्रेनका सहरहरुमा बमबारी गर्दै आएको छ। यद्यपि उसले अहिलेसम्म युक्रेनको कुनै पनि प्रमुख सहरलाई नियन्त्रणमा भने लिन सकेको छैन।

यस्तोमा पछिल्लो केही समययता युक्रेनमा रुसी सेना अघि बढ्न पनि सकेको छैन। पछिल्लो समय युक्रेनी सेनाले रुसी सेनामाथिको आक्रमण पनि सुरु गरेको छ।

त्यसैले पनि रुसले नयाँ योजना चालेको हुन सक्ने विश्लेषकहरुले बताएका छन्। यस्तोमा रुसले आगामी दिनमा युक्रेनमाथिको आक्रमणको रणनीति परिवर्तन गर्न सक्ने पश्चिमा मिडियाहरुले उल्लेख गरेका छन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ