आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चर्चितअभिनेता सलमान खानबारे आयो नमिठो खबर

प्रकाशित
407
SHARES

काठमाडौ। सलमान खान आफ्ना फिल्मका साथै विवादका कारण पनि बेलाबेला चर्चामा आइरहन्छन्। सलमानले विभिन्न मामिलामा जेलसम्मको चक्कर काटिसकेका छनत्।

अब हालै सलमानविरुद्ध मुम्बईको अंधेरी कोर्टले ३ वर्ष पुरानो मामिलामा अदालतमा उपस्थित हुन आदेश दिएको छ। सलमानमाथि अशोक श्यमाल पाण्डे नामका पत्रकारमाथि कुटपिट गरेको आरोप लागेको छ।

५ अप्रिलमा पेश हुनुपर्नेः मुम्बईको अंधेरी मजिस्ट्रेट कोर्टले सलमान खान र उनका बडिगार्डलाई अप्रिल महिनाको ५ तारिखमा अदालत पेश हुन आदेश दिएको छ। ती पत्रकारले भनेका थिए।

सलमानले ममाथि कुटपिट गरेका थिए र मेरो फोृन पनि खोसेका थिए। उनले सलमानविरुद्ध गरिएको उजुरीमाथि कारवाही नगरेको भन्दै प्रहरीमाथि पनि आरोप लगाएका थिए।

के हो घटना ? घटना तीन वर्ष पुरानो हो जब पत्रकार अशोक पाण्डेले सलमानले साइकल चलाउँदै गरेको भिडियो सुट गर्न कोसिस गरेका थिए। त्यतिबेला सलमान र उनका बडिगार्डले अशोकमाथि दुर्व्यवहार गरेका थिए र उनको फोन पनि खोसेका थिए।

अशोकले सलमानमाथि कुटपिटको आरोप पनि लगाएका छन्। तेस्तै,भारत झैँ नेपालमा पनि उत्तिकै फ्यान फ्लोअर्स भएका बलिउड अभिनेता सलमान खान नेपाल आउने चर्चा बेलाबखतमा हुने गरेको छ।

अर्को आरोप : बलिउड फिल्म अभिनेता तथा समीक्षक कमाल राशिद खान केआरकेले आफ्नो ज्यान खतरामा भएको बताएका छन् । धेरैजसो विवादमा रहने केआरकेले एक यस्ता अभिनेतामाथि आरोप लगाएका छन् जसको नाम सुनेर सबैजना चकित परेका छन् ।

केआरकेले एकपटक पुनः सलमान खानमाथि आक्रमण गरेका छन् । उनले सलमानलाई आफ्नो ज्यानको खतरा बताएका छन् ।केआरकेले थुप्रै ट्वीट गरेर यसबारे बताएका छन् । दिल्ली प्रहरी र मुम्बई प्रहरीलाई ट्याग गर्दै उनले ट्वीट गर्दै भनेका छन्, ‘

आफूलाई मन्त्रीको पिए बताउने एकजना व्यक्तिले मलाई फोन गरेर सूचनाका लागि उनलाई फोन गर्न भने । उनले दिएको नम्बरमा फोन गर्दा उनले मलाई अर्को ह्वाट्सएप नम्बर दिए । उनले मेरोबारे रेकर्डिङ भएको बताए ।’

ती व्यक्तिले मलाई सलमान खानले मुम्बई र दिल्ली प्रहरीलाई ५० करोड भारु दिएको सुपारीको रुपमा दिएको बताए । उनले यसमा धेरै मन्त्रीहरु पनि संलग्न भएको बताए । त्यसैले म भारत जाने बित्तिकै म मारिनेछु ।

उनले सलमान खान, थुप्र्रै राजनीतिज्ञ र प्रहरी अधिकारीको रेकर्डिङसमेत भएको बताए ।अब केआरकेको कुरामा कत्ति धेरै वास्तविका छ, यसबारे भने थाहा छैन। तर सलमान खानको नाम लिएर केआरकेले पुनः अर्को विवाद निम्त्याउने मौका मिलेको छ।
He told me that Salman khan has given my Supari to Mumbai and Delhi police for ₹50Cr. He said that Many ministers are also involved. So I will be killed, whenever I will go to India. He claimed to have recordings of Salman khan and many politicians and police officers.

— KRK (@kamaalrkhan) March 24, 2022

<script>नेपाल आउदै सलमान खान: सलमानको एक सांगीतिक टुर नेपालमा हुने भनिए पनि अन्तिम समयमा रोकिएको थियो। साथै, आइफा अवार्डमा आउने भनिए पनि सो अवार्डप्रति तीव्र विरोध भएका कारण नेपालमा भएन।

यस्तै कारणले गर्दा नेपाल आउन नसकेका सलमान अब आगामी मेमा नेपाल आउने चर्चा चलेको छ। उनको प्रतीक्षित फिल्म ‘टाइगर ३’ को केही दृश्य छायांकनका लागि सलमान नेपाल आउने चर्चा बढेको छ।

उनले नेपालमा कन्सर्ट गर्ने भनिएको समयकै आसपास पारेर फिल्मको छायांकन हुनसक्ने बताइएको छ। यद्यपि यसबारे आधिकारिक रूपमा सम्बन्धित पक्षले केही बताएको छैन।

यस अगाडि पनि अक्षय कुमार, अनुपम खेरलगायतका कलाकारहरूको फिल्म छायांकनको अनुमति अन्तिम समयमा लिएको हुनाले सलमानको हकमा पनि त्यही हुनसक्ने बताइएको छ।

फिल्ममा सलमानले स्पाई एजेन्ट टाइगर अर्थात् अभिनाशसिंह राठौरको भूमिका निर्वाह गरेका छन्। उनको फिल्मको छायांकन धेरै देशमा गरिएको छ। यसैले गर्दा केही दृश्य नेपालको पनि छायांकन गर्नसक्ने बुझिएको छ।

बलिउड अभिनेता सोहेल खान आगामी महिना नेपाल आउने भएका छन्। उनी १३ अप्रिलमा नेपाल आउने भएका हुन्। १४ जेठमा सलमान खान कन्सर्टका लागि नेपाल आउने भएपछि त्यसको तयारी बुझ्न सोहेल पहिलै नेपाल आउन लागेका हुन्।

उनले नेपाल आएर सलमानको सम्पूर्ण कार्यक्रम तय गर्नेछन्। सलमानको ‘द दबङ रिलोडेड टुर’ को स्क्रिप्ट र इभेन्टसमेत सोहेलको कम्पनीले हेर्दै आइरहेको छ। सोहेलजी इभेन्टसँग जोडिनु भएकाले उहाँले आएर तयारी बुझ्नु हुनेछ।

हामी उहाँ आएपछि १४ अप्रिलमा पत्रकार सम्मेलन गरेर तयारीबारे जानकारी दिनेछौँ, ओडीसी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सिमान्त गुरुङले भने।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले र बलिउड अभिनेता सलमान खानसँग भएको भर्चुअल संवादपछि सोहेल खान आउने बताइएको थियो।

१४ जेठमा दशरथ रंगशालामा हुने सलमानको ‘दबङ रिलोडेड टुर’ र ‘पर्यटन प्रवद्र्धन’ बारे भर्चुअल संवाद भएको हो। सलमानले आफू नेपाल आउन उत्साहित रहेको बताएका थिए। मन्त्री आलेले सलमानलाई नेपालमा स्वागत गर्न आतुर रहेको बताएका थिए।

मन्त्री आलेले हिन्दी भाषामै सलमानसँग कुरा गर्दै भने, आपका फ्यान नेपालमे बहुत है। हम आपको स्वागत करने के लिए आतुर है। उनले सलमानलाई नेपालको पर्यटन प्रवद्र्धन गर्न पनि आग्रह गरे।

आलेले आफू सलमानको ठूलो फ्यान भएको र पहिलो फिल्म ‘बिबी होतो एसी’ देखि तेरे नाम’ समेत हेरेको प्रतिक्रिया दिए। दशरथ रंगशालामा हुने दबङ रिलोडेड टुर’ का लागि ओडीसी इन्टरटेनमेन्टले सलमानलाई नेपाल ल्याउन लागेको हो।

ओडीसीका सिमान्त गुरुङले कार्यक्रममा ३० हजार दर्शक उपस्थित हुने बताए। कार्यक्रमका लागि पाँच हजार, १० हजार, १५ हजार र २५ हजार दरको टिकट मूल्य तोकिएको छ।

बलिउड अभिनेता सलमान खान र पर्यटनमन्त्री प्रेम आलेबीच भिडियो संवाद भएको छ। बुधबार मन्त्री आले र अभिनेता खानबीच भर्चुअल संवाद भएको हो। अभिनेता खान नेपालमा आउन लागेको भन्दै मन्त्री आलेले खुशी व्यक्त गरे।

हिन्दीमा बोल्दै मन्त्री आलेले भने, ‘सलमानजी आप से मिलके हम बहुत खुस हुआ। हम आपको स्वागत करनेके लिए आतुर हे। सलमानले पनि आलेसँग कुरा गर्न पाउँदा निकै खुसी लागेको बताए।

आफूलाई नेपाल निकै मन पर्ने भन्दै उनले चाँडै नेपाल आउन लागेको बताए। भिडियो कुराकानीका क्रममा मन्त्री आलेले अभिनेता खानलाई विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नका साथै नेपालको पर्यटन प्रवद्र्धन गरिदिन आग्रह गरे।

जवाफमा सलमानले समय मिलाएर आफू सगरमाथा चढ्ने बताए। तपाईलाई म विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि आउनु आग्रह गर्दछु। यदि तपाईको समय मिल्यो भने म तपाईलाई हेलिकप्टरमार्फत सगरमाथाको आरोहण गराउन चाहन्छु।

त्यसमा तपाईले सहयोग गर्नुपर्‍यो’ मन्त्री आलेले भने। नेपाल भ्रमणका क्रममा अन्य क्षेत्रको पनि भ्रमण गर्न मन्त्री आलेले सलमानलाई निम्तो दिएका छन्। करिब १० मिनेट भएको भिडियो कुराकानीमा मन्त्री आलेले आफू खानको ठूलो फ्यान भएको र प्रायः अधिकांश फिल्म हेरेको पनि बताए।

नेपालमा स्वागत गर्न नेपाली जनता र सरकार तयार रहेको उनको भनाइ थियो। सलमान खानसँगको भिडियो संवादपछि मन्त्री आलेले सञ्चारकर्मीहरुसँग भारतीय सेलिब्रेटी नेपाल आउन लागेको बिषयलाई बढी प्रचार गर्न सकिए भारतबाट नेपाल आउने पर्यटकको संख्यामा बृद्धि हुने दाबी गरे।

ओडिसी इन्टरटेनमेन्टले आयोजना गर्न लागेको कार्यक्रमका लागि खान नेपाल आउन लागेका हुन। अभिनेता खान आगामी जेठ १४ गते नेपाल आउँदैछन्। सलमानको कार्यक्रम ‘दबङ लाइभ इन नेपाल’ दशरथ रंगशालामा हुने छ।

दुई वर्षअघि नै अभिनेता खानको नेपाल आउने कार्यक्रम तय भएको थियो। तर कोरोनाको जोखिमका कारण रोकिएको उनको कार्यक्रम पुनः हुन लागेको हो।

प्रतिक्रिया

आजको ट्रेन्डिङ