आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सबैलाई चकित पार्दै अमेरिकी राष्ट्रपति बाइडेन लिए यस्तो निर्णय

प्रकाशित
410
SHARES

काठमाडौ। विश्वलाई चकित पार्दै राष्ट्रपति जो बाइडेनले अनौठो निर्णय लिएका छन्। बाइडेनको निर्णयले रुस झन् चिढीएको छ।अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार पोलिश–युक्रेनी सीमा नजिकैको एक शहरको यात्रा गर्नेछन्।

एयर फोर्स वनले पूर्वी पोल्याण्डको रजेस्जो शहरमा उडान भर्दै अमेरिकी राष्ट्रपतिलाई युद्धग्रस्त राष्ट्रबाट ८० किलोमिटर ५० माइल भन्दा कम दूरीमा पुर्याउने छ। नेटो देशहरुको बैठकमा सरिक भएपछि बाइडेनले लिएको निर्णयले सबैलाई चकित पारेको छ।

यो यात्रा नेटो सहयोगीहरूको रक्षा गर्न वाशिङ्गटनको सक्रियतालाई पुष्टि गर्न महत्त्वपूर्ण मानिएको छ। युक्रेनमा एक महिनादेखि जारी युद्ध जसलाई राष्ट्रपति बाइडेनले तेस्रो विश्वयुद्धको सन्त्रासको रूपमा याख्या गर्दै आएका छन्।

तेस्तै, अमेरिकी राष्ट्रपति जो बाइडेनले नेटोमा हाल जति एकजुटता छ, त्यो यसअघि कहिल्यै नदिएको बताउँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई यसको अलिकति पनि भनक नभएको बताए ।

ब्रसेल्समा नेटोको शिखर सम्मेलनमा मिडियालाई सम्बोधन गर्दै बाइडेनले भने, ‘नेटोमा आज जति एकता छ त्यो यसअघि कहिल्यै देखिएको थिएन तर रुसी राष्ट्रपति भ्लादिमिरि पुटिनलाई यसको अन्दाज थिएन, नेटो सदस्य युद्धमा बाँडिनेछन् भन्ने उनले सोचेका थिए ।

अमेरिकाले बिहिबार नेटो शिखर सम्मेलनमा ४०० व्यक्ति र कम्पनीमाथि प्रतिबन्ध लगाउने घोषणा गरे जसमा ३०० जना ड्युमा रुसी संसदको तल्लो सदनका सदस्य हुन्, केही ओलिगारेक्स हुन् र रक्षासँग जोडिएका केही कम्पनी समावेश छन् ।

आफ्नो पत्रकार सम्मेलनमा बाइडेनले भने, ‘यदि रुसले रासायनिक हतियारको प्रयोग गर्छ भने अमेरिका यसको जवाफ दिनेछ र यो जवाफ प्रयोग गरिएका हतियारको प्रकृतिमा निर्भर हुनेछ ।

बाइडेनका अनुसार उनले चिनियाँ राष्ट्रपति शी जिनपिङलाई ‘यदि उनले रुसलाई मद्दत गर्छन् भने यसले अमेरिका र युरोपेली संघसँग चीनको आर्थिक सम्बन्धमा महत्व खतरा निम्तिने’ स्पष्ट पारिसकेको बताएका छन्।

जी २० को कुरा गर्दै बाइडेनले भनेका छन्, ‘म रुस जी–२० बाट हटेको हेर्न चाहन्छु तर यदि यो सम्भव छैन भने युक्रेनले यसमा एक पर्यवेक्षकको रुपमा भाग लिनुपर्छ । यस्तो समयमा पश्चिमी देश संगठित भएर बस्नुपर्ने कुरामा बाइडेनले जोड दिए।

उनले भने, ‘रुसमाथि प्रतिबन्धको ठूलो असर परोस् भन्ने कुराको सुनिश्चित गर्नका लागि हामी लामो समयसम्म यसलाई जारी राख्नेछौ। आज हामी जे गरिरहेका छौँ, त्यसलाई एक महिनापछि पनि जारी राख्नेछौँ । यसैले उनलाई पुटिन रोक्नेछ।

सबैभन्दा महत्वपूर्ण कुरा यो हो कि हामी एकजुट रहनुपर्छ र संसारले यो कुरामा ध्यान दिनुपर्छ कि पुटिन कति क्रुर छन्। तेस्तै,युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले युरोपेली नेतालाई सम्बोधन गर्दै उनीहरूले रुसलाई रोक्नका लागि असाध्यै ढिलो गरी काम सुरु गरेको बताए ।

जेलेन्स्कीले ब्रसेल्समा युरोपेली परिषद्को शिखर सम्मेलनलाई सम्बोधन गर्ने बेला यस्तो भनेका हुन् ।सम्बोधनका बेला उनले आफ्ना स्पष्टवादी शैलीमा भने, ‘युरोपेली नेताहरूले रुसलाई रोक्नका लागि असाध्यै ढिलो गरी काम सुरु गरे ।

उनले थपे, ‘तपाईँहरूले प्रतिबन्ध लगाउनुभयो। हामी त्यसका लागि आभारी छौँ । यो शक्तिशाली कदम हो । तर यसमा थोरै ढिलो भयो । पहिला यस्तो गर्ने मौका थियो ।’यदि प्रतिबन्ध पहिला लगाएको भए सायद युद्ध नै हुने थिएन कि भनेर उनले आशा व्यक्त गरे ।

रुसले आफ्नो देशमा कति विघ्न विध्वंस निम्ताएको छ भनेर पनि बताए। साथै उनले युक्रेनको समर्थनमा एकजुट भएकोमा युरोपेली देशलाई धन्यवाद पनि दिए । उनले नर्ड स्ट्रिम २ ग्यास पाइपलाइन तिर पनि इशारा गर्दै भने।

यदि यसलाई पहिला नै ब्लक गरिएको भए रुसले ग्यासको सङ्कट पैदा गर्ने थिएन। जेलेन्स्कीले त्यसपछि छिमेकी देशसँग युक्रेनलाई युरोपेली सङ्घमा समावेश गर्नका लागि अनुरोध गरे ।उनले भने, ‘म तपाईँलाई भन्छु – ढिला नगर्नुहोस्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ