आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कतारको डिफेन्स शोमा इरान समावेश भएपछि भड्कियो अमेरिका

प्रकाशित
387
SHARES

काठमाडौ। कतारमा आयोजित एक डिफेन्स शोमा इरानी सैनिक अधिकारीले भाग लिएपछि अमेरिकी विदेश विभागले प्रतिबन्ध लगाउने चेतावनी दिएको छ। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले भने।

कतारमा आयोजित दोहा डिफेन्स शोमा इरानका सैनिक अधिकारी र इस्लामिक रिभोल्यूशनरी गार्ड कर्प्सका अधिकारीको उपस्थितिका लागि हामी असाध्यै निराश र तनावमा छौ।

इरानलाई खाडी क्षेत्रको सामुद्रिक सुरक्षाका लागि सबैभन्दा ठुलो खतरा बताउँदै नेड प्राइसले भने, हामी रक्षा शो र उनीहरूको नौसेना उपकरण प्रदर्शनमा उनको उपस्थितिको पूर्ण रूपमा अस्वीकार गर्छौँ।

इरानले दोहा डिफेन्स शोमा आफ्नो विमान, मिसाइल र अन्य सैनिक उपकरण देखाउनका लागि राखेको छ। यो प्रदर्शनीमा संसारका थुप्रै देशले आफ्नो नौसैनिक जहाजलाई समावेश गरेको छ।

समाचार एजेन्सी एएफपीको रिपोर्ट अनुसार कतार अमेरिकाको नजिकको सहयोगी हो तर अल–उदेद एयरबेसमा जुन डिफेन्स भइरहेको छ, त्यहाँ अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको सेन्ट्रल कमान्डको क्षेत्रीय मुख्यालय हो।

अमेरिका खाडी क्षेत्रमा यूएस नेवीको जहाजको आवागमनमाथि निगरानी राख्छ। अमेरिकाले इरानको सेनासँग कुनै पनि प्रकारको सम्बन्ध राख्दा कडा प्रतिबन्ध लगाउने गरेको छ। विशेष गरी रिभोल्यूशनरी गार्डस्लाई अमेरिकाको एक चरम पन्थी सङ्गठन बताउने गर्छ।

We are deeply disappointed and troubled by the presence of Iran and reported IRCG officers at the Doha Defense Show in Qatar. We utterly reject Iran’s presence at the maritime exhibit, as Iran is the biggest threat to the Gulf region’s maritime stability. https://t.co/gLLPTlTiR8

प्रतिक्रिया

आजको ट्रेन्डिङ